भर्खरै :

वागीश्वरीमा नवआगन्तुक विद्यार्थीलाई स्वागत

वागीश्वरीमा नवआगन्तुक विद्यार्थीलाई स्वागत

भक्तपुर, १२ जेठ । वागीश्वरी माध्यमिक विद्यालयमा शैक्षिक वर्ष २०८० मा भर्ना हुन आएका नवआगन्तुक विद्यार्थीको स्वागत कार्यक्रम एवं वार्षिक परीक्षामा उत्कृष्ट विद्यार्थीलाई पुरस्कार वितरण शुक्रबार सम्पन्न भयो ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं ९ नं. वडा अध्यक्ष रवीन्द्र ज्याख्वले विद्यार्थीहरूमा देशभक्तिको भावना जोगाउनु अहिलेको आवश्यकता हो भन्दै देशको माया गर्ने शिक्षक, कवि, कलाकार, साहित्यकार, लेखक, वैज्ञानिक, इन्जिनियर, पत्रकार, वकिल र वीर योद्धाको जीवनी अध्ययन अध्यापन गराई निरन्तर छलफल र अन्तरक्रिया चलाउनु आवश्यक भएको बताउनुभयो ।
कार्यक्रमका सभापति एवं विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद धन्छाले विद्यार्थीहरूले अनुशासित भएर पढ्नुपर्ने र देशभक्तिको भावना जगाउनुपर्ने बताउनुभयो ।
विद्यालयका निमावि इन्चार्ज विश्वराम प्रजापति, शिक्षकहरू धनेशराज राजउपाध्याय, श्रीया पहिजू, प्रावि इन्चार्ज कृष्णमान मलेपति, मीना प्रजापतिलगायतले बोल्नुभएको थियो ।
उत्कृष्ट विद्यार्थीहरूलाई सञ्चालक समितिका अध्यक्ष रवीन्द्र ज्याख्वले पुरस्कार वितरण गर्नुभएको थियो ।
कार्यक्रममा विद्यार्थीहरूले सांस्कृतिक प्रस्तुति देखाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *