आजको सङ्कटका कारक शासक दलहरू !
- कार्तिक १७, २०८३
काठमाडौँ, १३ जेठ । प्रतिनिधिसभाको शनिबार बसेको बैठकमा नेपाल मजदुर किसान पार्टीका सचिव एवं सांसद प्रेम सुवालले प्रधानमन्त्री पुष्पकमल दाहालसँग प्रश्न गर्दै भन्नुभयो, “भारत भ्रमणमा सार्क बैठकबारे वार्ता गर्नुपर्दैन र ?; २०५२ सालको माओवादी ज्ञापनपत्रअनुसार सन् १९५० को नेपाल–भारत सन्धि, महाकाली सन्धि, गोर्खा भर्ती खारेज गराउने अनुसूची भारत भ्रमणमा किन नराख्ने ?; नक्कली भुटानी शरणार्थी काण्डको प्रहरी प्रतिवेदन र अदालतको मुद्दा कमजोर पार्न ३२ स्थानको भनी पूर्व प्रधानमन्त्रीहरूबाट दबाब भएको हो कि होइन ?; रोपाइँ सुरू भयो, किसानले अनुदानको रासायनिक मल कहिले पाउने हो ?; आवश्यकता स्कूल, कलेज, अस्पताल, ख्वप विश्वविद्यालय कि सुनको जलहरि ?; युक्रेनमा रूसको प्रत्याक्रमण मात्र भएकोबारे सरकार कसरी स्पष्ट नभएको हो ?”
सांसद सुवालको प्रश्नमा प्रधानमन्त्री दाहालले जवाफ दिँदै भन्नुभयो, “सार्क बैठकबारे छलफल भइरहेको छ । नक्कली भुटानी शरणार्थी काण्डमा ३२ स्थानको भनी दबाबबारे गम्भीररुपमा लिनेछु । ख्वप विश्वविद्यालयको विधेयक पारित गर्नेबारे यस अगाडि पनि यो संसद्मा मैले प्रतिबद्धता गरेको छु ।”
सांसद सुवालले सोध्नुभएको अन्य दुई प्रश्नको उत्तर प्रम दाहालले दिनुभएन ।
यसअघि प्रम दाहालले सरकारको नीति–कार्यक्रमबारे उठेका विषयमा स्पष्ट गर्नुभएको थियो । सांसद सुवालले नीति तथा कार्यक्रममा राख्नुभएको विषयलाई सरकारले सम्बोधन नगरेको हुँदा सांसद सुवालले आफ्नो संशोधन फिर्ता लिनुभएन ।
Leave a Reply