भक्तपुरमा ग्यास अभाव कायमै सिलिन्डर खोज्दै उपभोक्ता
- कार्तिक २०, २०८३
भक्तपुर, १३ जेठ । नेपाल क्रान्तिकारी यातायात मजदुर सङ्घ जिल्ला समिति भक्तपुरको शनिबार एक समारोहबिच सम्मेलनबाट निर्वाचित पदाधिकारीहरूको पदस्थापन तथा प्रशिक्षण कार्यक्रम भयो ।
कार्यक्रममा नेमकिपाका सचिव एवं सांसद प्रेम सुवालले देशको वर्तमान राजनीतिक परिस्थितिबारे चर्चा गर्र्दै मजदुरहरूले देश विदेशको मजदुर आन्दोलनबारे अध्ययन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
सङ्घमा अनुशासित भएर इमानदारीपूर्वक काम गर्नुपर्नेमा जोड दिँदै उहाँले नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने अपराधी र मानव तस्करहरूलाई कडा कारबाही गर्नुपर्छ भन्नुभयो ।
आयोजक समितिका अध्यक्ष राजेश बुयोको सभापतित्वमा भएको सो कार्यक्रममा नेपाल क्रान्तिकारी मजदुर सङ्घ जिल्ला समिति भक्तपुरका अध्यक्ष उपेन्द्र सुवाल, मिनिबस यातायात प्रालिका अध्यक्ष ज्ञानेन्द्र महर्जन, भक्तपुर ट्रक व्यवसायी प्रा.लि.का अध्यक्ष लक्ष्मीप्रसाद गोरा, नेपाल क्रान्तिकारी यातायात मजदुर सङ्घ भक्तपुरका निवर्तमान अध्यक्ष शिव सितिखु, ख्वप मिनिबस यातायात प्रालिका पूर्वप्रबन्धक रामकाजी भुजुलगायतले बोल्नुभएको थियो ।
सम्मेलनबाट निर्वाचित पदाधिकारीहरूको पदस्थापन कार्यक्रममा अध्यक्ष राजेश बुयो, उपाध्यक्षमा तुल्सीराम प्रजापति, सचिवमा सत्यनारायण बासुकला, सहसचिवमा लक्ष्मीनारायण सुलु, कोषाध्यक्षमा राजु मारिखु र सहकोषाध्यक्षमा राजाराम बासुकला रहनुभएको छ ।
सो सङ्घको सम्मेलनले राजेश बुयोको अध्यक्षतामा गत पुस ३० गते १७ सदस्यीय नयाँ कार्य समिति गठन गरेको थियो ।
Leave a Reply