भर्खरै :

संरा अमेरिकी हस्तक्षेप अस्वीकार गर्दै दक्षिण अमेरिकी शिखर सम्मेलन सम्पन्न

संरा अमेरिकी हस्तक्षेप अस्वीकार गर्दै दक्षिण अमेरिकी शिखर सम्मेलन सम्पन्न

ब्राशिलिया, १७ जेठ (टेलेसुर) दक्षिण अमेरिकी शिखर सम्मेलनमा भाग लिने दक्षिण अमेरिकी देशका राष्ट्राध्यक्षहरूले सहयोगका पहलहरूको प्रगति समीक्षा गर्न र चाल्नुपर्ने अर्को कदमहरू निर्धारण गर्न निर्धारित मिति र स्थानमा फेरि भेट्न सहमत भएका छन् ।
दक्षिण अमेरिकी राष्ट्र प्रमुखहरूको शिखर सम्मेलन मङ्गलबार ब्राजिलको राजधानी ब्राशिलियामा सम्पन्न भयो । बैठकको अन्तिम घोषणा गरिएको ब्राशिलिया सहमतिमा क्षेत्रीय सङ्घको लागि सर्वसम्मत निर्णय भएको उल्लेख छ ।
सम्मेलनले दक्षिण अमेरिकी मामिलामा संरा अमेरिकी हस्तक्षेपलाई अस्वीकार गर्ने स्पष्ट सन्देश दिएको छ ।
ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले यस क्षेत्रमा बृहत् सहयोग र एकीकरणको खोजीमा विचार र दृष्टिकोण आदानप्रदान गर्न दक्षिण अमेरिकी राष्ट्रका राष्ट्रपतिहरूलाई बोलाउनुभएको थियो ।
बैठकमा, “दक्षिण अमेरिकी एकीकरण संयन्त्रको अनुभवको मूल्याङ्कन गर्न र दक्षिण अमेरिकाको एकीकरणको लागि मार्गचित्रको विस्तारको लागि परराष्ट्र मन्त्रीहरूको नेतृत्वमा एउटा सम्पर्क समूह स्थापना गर्ने निर्णय गरियो । उक्त सम्पर्क समूहले राज्य प्रमुखहरूको विचार र आवश्यक सबै दस्तावेजको अध्ययन गर्नेछ ।
यसले दक्षिण अमेरिकालाई संवादमा आधारित ‘शान्ति र सहयोगको क्षेत्र’ र ‘लोकतन्त्र र मानवअधिकार, दिगो विकास र सामाजिक न्याय, कानुनको शासन र संस्थागत स्थायित्व, सार्वभौमसत्ता र आन्तरिक मामिलामा गैर–हस्तक्षेपप्रति प्रतिबद्ध रहेको’ पनि पुष्टि गरेको छ ।
दक्षिण अमेरिकी राष्ट्रपतिहरूले ब्राशिलिया सहमतिमा हस्ताक्षर गर्नुभएको छ, जुन सहमतिले छिमेकी देशहरूबिचको सहयोगलाई बलियो बनाउने लक्ष्य राखेको छ । मङ्गलबार इटामाराटी दरबारमा भएको दक्षिण अमेरिकी नेताहरूको शिखर सम्मेलनको अन्त्यमा उक्त घोषणा पत्रमा हस्ताक्षर भएको हो । उक्त बैठकमा ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले यस क्षेत्रको शान्ति, एकता र प्रगतिलाई प्रवद्र्धन गर्नका लागि देशहरूबिचको सम्बन्धलाई सुदृढ पार्ने आह्वान गर्नुभएको थियो ।
नेताहरूले ‘जलवायु सङ्कट, अन्तर्राष्ट्रिय शान्ति र सुरक्षाका लागि खतराहरू, खाद्य र ऊर्जा श्रृङ्खलाहरूमा दबाब, नयाँ महामारीको जोखिम, बढ्दो सामाजिक असमानता र संस्थागत र लोकतान्त्रिक स्थायित्वका लागि खतराहरू’ जस्ता धेरै साझा चुनौतीहरू छन् भनी स्वीकार गर्नुभएको थियो ।
यस सम्बन्धमा उहाँहरूले लोकतन्त्रलाई सुदृढ गर्ने, आर्थिक तथा सामाजिक विकासको प्रवद्र्धन, गरिबी, भोकमरी र असमानताविरुद्ध लड्ने, लैङ्गिक समानताको प्रवद्र्धन र बसाइँसराइको व्यवस्थित र सुरक्षित व्यवस्थापनको आवश्यकतामा सहमति जनाउनुभएको छ ।
ती राष्ट्र तथा सरकार प्रमुखहरूले जलवायु परिवर्तनलाई अभिनव वित्तीय संयन्त्रमार्फत सम्बोधन गर्ने वाचा गर्नुभयो । यस क्षेत्रका देशहरूबिचको व्यापार बढाउन, पूर्वाधार र रसद सुधार गर्न, क्षेत्रीय मूल्य शृङ्खलाहरू बलियो बनाउन र वित्तीय एकीकरणलाई सहज बनाउन काम गर्न सहमत हुनुभयो ।
उहाँहरूले “असमानताहरू हटाउने, एकपक्षीय प्रतिबन्धहरू हटाउने र प्रभावकारी दक्षिण अमेरिकी मुक्त व्यापार क्षेत्रको लक्ष्यका साथ ब्ीब्म्क्ष् (ल्याटिन अमेरिकी एकीकरण सङ्घ) को रूपरेखासहित आर्थिक पूरक सम्झौताहरूको सञ्जालमार्फत बजारहरूमा पहुँच विस्तार गर्ने सहमति पनि गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *