आजको सङ्कटका कारक शासक दलहरू !
- कार्तिक १७, २०८३
भक्तपुर, १७ जेठ । जनवादी गणतन्त्र चीनको सिचुवान प्रान्तका जनकङ्ग्रेसका स्थायी कमिटी अध्यक्ष एवम् पार्टी सचिव वाङ स्याओहुईलगायतको प्रतिनिधिमण्डलले बुधबार भक्तपुर नगरपालिकाको स्थलगत अवलोकन गरेको छ । टोलीलाई भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, उपप्रमुख रजनी जोशीलगायत जनप्रतिनिधिको टोलीले दरबार क्षेत्रको प्रवेशद्वारमा पुष्पगुच्छा, खादा र भादगाउँले टोपीले स्वागत ग¥यो ।
टोलीले २०७२ सालको भूकम्पपश्चात् पुनःनिर्माण भएका भक्तपुर दरबार क्षेत्रका सांस्कृतिक सम्पदाहरू बत्सला मन्दिर, न्ह्येक झ्य दरबार, पचपन्न झ्याल दरबार, फसिदेग, पाँचतले मन्दिर, भैरवनाथ मन्दिरलगायतको अभिरुचिपूर्वक स्थलगत अवलोकन ग¥यो ।
टोलीमा चिनियाँ राजदूतावासका वाङ छिन, सिचुवान प्रान्तीय कमिटीका उपसचिव झाङ ताओपिङ, सिचुवान प्रान्त परराष्ट्र मामिलाका महानिर्देशक झाङ ताओ, विकास तथा सुधार आयोगका महानिर्देशक ताई योङबो, वाणिज्य विभागका महानिर्देशक यु इछिन, सीपीसी सिचुवान प्रान्तका उपमहानिर्देशक याङ झाङयु, परराष्ट्र मामिलाका उपमहानिर्देशक लिउ मिन, अनुवादक डा. सर्वोत्तम श्रेष्ठलगायत दूतावासका कर्मचारीहरूको उपस्थिति थियो ।
सोही क्रममा प्रमुख प्रजापतिले पार्टी सचिव स्याओहुईलाई नपाका प्रकाशन र मयुरको झ्याल मायाको चिनोको रूपमा प्रदान गर्नुभयो ।
Leave a Reply