भर्खरै :

देशघाती नागरिकता विधेयक प्रमाणीकरण गर्नु अक्षम्य अपराध

देशघाती नागरिकता विधेयक प्रमाणीकरण गर्नु अक्षम्य अपराध

हेटौँडा, १८ जेठ । वाग्मती प्रदेशसभाको बैठक बिहीबार पनि जारी रह्यो । बैठकमा प्रदेश सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि छलफल भयो । छलफलमा नागरिकता विधेयक, प्रम दाहालको भारत भ्रमण तथा भारतले सार्वजनिक गरेको नक्साबारे बहस चल्यो ।
छलफलमा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं वाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले नागरिकता कागजको टुक्रा नभई देशको सार्वभौमिकता नागरिकतामा अडेको हुन्छ भन्नुभयो ।
उहाँले भन्नुभयो, “भारतीय एकाधिकार पुँजी र भारतीय विस्तारवादको प्रभावमा परेर देशको दीर्घकालीन हितविपरीत नागरिकता विधेयक प्रमाणित हुनु देशको भविष्यसँग खेलबाड भयो । आज आफ्नै शासकबाट नेपाली जनता पराजित भएको छ, एक दिन नेपाली जनताले त्यसको जरूर बदला लिनेछन् ।”
“राष्ट्रपतिबाट देशघाती नागरिकता विधेयक प्रमाणीकरण गर्नु अक्षम्य अपराध होे । यसको विरोधमा वाग्मती प्रदेशसभाले निरन्तर विरोध गर्दै जानेछ”, उहाँले भन्नुभयो ।
कमजोर र शारीरिक रूपमा अशक्त व्यक्तिलाई राष्ट्रपतिमा ल्याउनुको कारण खुल्दै गएको र अझै खुल्दै जाने धारणा राख्दै उहाँले भन्नुभयो, “देश रह्यो भने नीति तथा कार्यक्रम धेरै बनाउन सकिन्छ तर देशै नरहे के गर्ने ? यो अहम् सवाल हो ।”
“साम्राज्यवाद र उपनिवेशवाद पराजित हुँदै फर्कनु प¥यो, बेलायती उपनिवेशवाद एक कुनामा सीमित हुनपुग्यो, कोरिया, भियतनाम, युगोस्लाति र अफगानिस्तानबाट अमेरिका साम्राज्यवाद भाग्नुप¥यो । भारतीय विस्तारवादको पनि एक दिन त्यही हालत हुनेछ”, उहाँले सतर्क गराउनुभयो ।
“नेहरू डक्ट्रिन’ को डोबमा आज भारतीय विस्तारवाद अघि बढ्दै छ, हामी त्यसको निरन्तर प्रतिकार गर्छौँ, एक जना नेपाली जिउँदो रहेसम्म भारतीय विस्तारवाद र एकाधिकार पुँजीको विरोध गर्दै देशको अस्तित्व बचाउन सङ्घर्ष गर्नेछ,” उहाँले भन्नुभयो ।
नेमकिपाका सदस्य एवं वाग्मती प्रदेशसभा सदस्य सृजना सैंजूले राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणीकरण हुनु देश र जनतामाथि ठूलो धोखा भएको चर्चा गर्दै प्रधानमन्त्री भारत भ्रमण जाने दिन पारेर प्रमाणीकरण हुनु काकताली मात्र हो या दक्षिण भ्रमणको प्रवेशपत्र ? जनता प्रश्न गर्दै छन् भन्नुभयो ।
उहाँले भन्नुभयो, “नेपाली शासकहरूले पालैपालो देशको नदीनाला बेची खाए । नक्कली भुटानी शरणार्थीको नाममा नेपाली नागरिक बेच्न समेत पछि हटेनन् । आज देशको भविष्य भारतीय विस्तारवाद र एकाधिकार पुँजीलाई सुम्पने तयारी राष्ट्रपतिबाट प्रमाणीकरण भएको छ । देशलाई अर्को सिक्किम र फिजी बनाउन जनता तयार छैनन् । भारतीय नागरिकलाई सजिलै नागरिकता प्रदान गर्ने प्रपञ्चको विरोध आवश्यक छ । देशको स्वतन्त्रता, सार्वभौमिकता र भूअखण्डताको पक्षमा उभिनु प्रदेशको पहिलो प्राथमिकता हुनुपर्दछ ।”
उहाँले भन्नुभयो, “महिलालाई श्रमशक्तिको रूपमा विकास गर्नु जरूरी छ । आधा आकाश ढाकेको महिला जबसम्म श्रमशक्तिको रूपमा तयार या विकास गरिँदैन तबसम्म देशको कुनै पनि क्षेत्र सबल हुँदैन । त्यसको लागि हरेक पालिकामा शिशु स्याहार केन्द्र तथा बालोद्यान र ज्येष्ठ नागरिकहरूका लागि आदर निकेतनको बन्दोबस्त जरूरी छ । समाजको तल्लो वर्ग पढ्ने सामुदायिक स्कूल र कलेजहरूको अवस्थामा आमूल परिवर्तन नल्याई देश अगाडि बढ्न सम्भव नै छैन ।”
नेमकिपाका प्रदेशसभा सदस्य गीता काफ्लेले वाग्मती प्रदेश र प्रदेशवासी मजदुर किसानको हितमा नेमकिपाले वाग्मती प्रदेशसभा संसदीय दलको तर्पmबाट प्रदेश सरकारसमक्ष ५३ बुँदा सुझावको बुझाएकोमा ती महत्वपूर्ण सुझावलाई सरकारले बेवास्ता गरेको हुँदा नेमकिपाले यो नीति तथा कार्यक्रमको विरोध गरेको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *