भ्रष्टाचारविरोधी आन्दोलनको स्मरणमा प्रवचन कार्यक्रम
- असार ३०, २०८३
भक्तपुर, १९ जेठ । भक्तपुर नगरपालिका वडा नं. २ वडा कार्यालय द्वारा आयोजित चार दिने वडागत प्राङ्गारिक कृषि प्रवद्र्धन तालिमको अन्तिम दिन शुक्रबार तालिममा सहभागी प्रशिक्षार्थीहरूलाई कृषि अनुसन्धान परिषद् खुमलटार र गोदावरीका विभिन्न प्रयोगशालाहरूमा अवलोकन भ्रमण गराइयो ।
अवलोकनको क्रममा प्राविधिक प्रगुण सैंजूले माटो परीक्षण विधिबारे जानकारी दिँदै नेपालको कृषि उत्पादन वृद्धिका लागि माटो परीक्षणको महत्वबारे चर्चा गर्नुभयो । बाली रोग अनुसन्धान केन्द्रका प्राविधिक चेतना मानन्धरले विभिन्न बालीरोगबारे जानकारी गराउँदै रोगको पहिचान, कारण र समाधानबारे बताउनुभयो ।
बागबानी अनुसन्धानका प्राविधिक रोशन पक्काले नगदेबालीमा भइरहेको अनुसन्धानबारे जानकारी दिनुभयो ।
पुष्प विकास केन्द्रका बासु साउदले व्यवसायिक पुष्प खेतीबारे जानकारी दिनुभयो ।
Leave a Reply