भर्खरै :

भक्तपुरमा माटोको भाँडा बनाउन माटोको अभाव

भक्तपुरमा माटोको भाँडा बनाउन माटोको अभाव

भक्तपुरमा रहेको तालाक्व (पोर्टरी स्क्वायर) मा माटोका विभिन्न भाँडाकँुडा निर्माणमा प्रसिद्ध छ । यहाँका प्रजापति जातिले परापूर्वकालदेखि माटोका भाँडाकुँडा बनाएर जीविका चलाउँदै आएका छन् । सानैदेखि माटाका विभिन्न भाँडाकुँडा बनाउँदै आउनुभएका रोशन प्रजापतिका भनाइअनुसार अहिले भाँडा बनाउने माटो पाउन गा¥हो छ । माटोको अभावले यो परम्परागत पेसा लोप हुने खतरा छ । पहिला भक्तपुर नगरको वरपर नै माटो पाइन्थ्यो । तर, अहिले यहाँ माटो पाउन नसकेर साँखु, दुवाकोटबाट मात्र नभई पश्चिम नेपालको दाङबाट ल्याउनु परेको छ । टाढाबाट माटो ल्याउनुपर्दा २/३ गुणा बढी खर्च हुन्छ । तालाक्वको टोलमा माटोको भाँडा बनाउने काम हातले गर्छ । एक परिवारले दिनमा लगभग ९० के.जी. माटोका भाँडा बनाइन्छ । माटोको भाँडा बनाउन लस्सादार चिल्लो माटो चाहिन्छ । प्रजापतिले भन्नुभयो, “हामी सबै थरीका माटोको भाँडाहरू बनाउँछौँ । हामी खुत्रुके, गमला, कलश आदि बनाउँछौँ । हामी १२ महिना नै यही काम गर्छाैँ । घर खर्च चलाउन यसले पुगिरहेको छ । तर, भोलि माटो नपाउने अवस्थामा के गर्ने हो थाहा छैन ”
यहाँ बनेको धेरैजसो भाँडाहरू काठमाडौँ, पोखरा र धादिङतिर बिक्री हुने गर्दछ । यहाँ धेरैजसो खुत्रुके, पानसलगायत वस्तु किन्न आउने गर्छन् । माटोको अभावको कारण पुख्र्याेली काम रोकिन सक्ने चिन्ता सबै व्यवसायीको रहेको छ । सबै तहका सरकारहरूले समन्वय गरेर माटोका भाँडा बनाउन माटो उपलब्ध गराउनुपर्ने र सीप र पेसा निरन्तर चलाउन प्रोत्साहित गर्नुपर्ने माग उनीहरूको छ ।
प्रशिक्षार्थी

Leave a Reply

Your email address will not be published. Required fields are marked *