नेपाल–भारत मैत्रीको एक उदाहरणः कोसी योजना
- कार्तिक १९, २०८३
भक्तपुर, २० जेठ । भक्तपुर नगरपालिका वडा नं. ३ को आयोजनामा आ.व. २०८०/८१ को नीति तथा कार्यक्रम एवम् बजेट निर्माणको लागि राय सुझाव सङ्कलन तथा छलफल कार्यक्रम शनिबार सम्पन्न भयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुरको व्यवस्थित विकासको लागि वडा र नगरस्तरीय योजना छनोटको सिलसिलामा भक्तपुर नपाले सुझाव सङ्कलन कार्यलाई निरन्तरता दिँदै आएको बताउँदै नगरवासीहरूको रचनात्मक सुझावलाई अङ्गीकार गरी भक्तपुर नगरपालिका अगाडि बढ्ने बताउनुभयो ।
भक्तपुरको शैक्षिक रूपान्तरण, सरसफाइमा नमुना र विकास निर्माणमा अग्रसरताले आज भक्तपुर ज्ञानविज्ञानको केन्द्र र पर्यटकीय उत्कृष्ट गन्तव्यस्थलको रूपमा अगाडि बढिरहेको बताउँदै उहाँले देशलाई कृषिमा आत्मनिर्भर बनाउनेतर्फ सरकारले ध्यान दिन जरुरी रहेको बताउनुभयो ।
नागरिकता विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भएसँगै नेपाल अब फिजीकरणको बाटोमा पुगेको बताउँदै उहाँले विकास निर्माणको लागि सांसदहरूलाई ५ करोड बाँड्ने योजना उचित नभएको भन्दै सांसद विकास कोष खारेज गर्नुपर्ने बताउनुभयो ।
भक्तपुर नगरपालिकाबाट सञ्चालित शैक्षिक संस्था र ख्वप अस्पतालले सस्तोमा गुणस्तरीय सेवा पु¥याउँदै आएको बताउँदै उहाँले जनताको असीमित आवश्यकता पूरा गर्न भक्तपुर नपाले जनतामैत्री योजनाहरू अगाडि सारिने बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नपा वडा नं. ३ का वडाध्यक्ष राजकृष्ण गोराले वडास्तरीयरूपमा सञ्चालित योजनाहरूको विवरण प्रस्तुत गर्दै स्थानीय जनताको माग सम्बोधन गर्ने उद्देश्यले यो कार्यक्रमको आयोजना भएको बताउनुभयो । जनताको माग र आवश्यकताअनुसारको योजनाहरू छनोट हुने बताउँदै उहाँले वडाका हरेक गतिविधिमा वडावासीहरूको सक्रिय सहभागिताको अपेक्षा गर्नुभयो ।
कार्यक्रममा भक्तपुर नपा वडा नं. ३ का वडा सदस्य सुनिता अवाल, राजकुमार शिल्पकार र कृष्णगोपाल चौगुठीले पनि वडाका विविध पक्षबारे आफ्नो धारणा राख्नुभएको थियो ।
उक्त कार्यक्रममा महेन्द्र विद्याश्रमका प्रअ महेन्द्र मास्के, स्थानीय रामकृष्ण त्वायना, समाजसेवी रामसुन्दर खाताखोलगायलते आ.व. २०८०/८१ मा जनताको मागअनुसारका योजनाहरू छनोट हुने आशा व्यक्त गर्दै आवश्यकताअनुसार वडामा ढुङ्गा छपाइ गर्नुपर्ने, सार्वजनिक शौचालय निर्माण गर्नुपर्ने, मूल र सहायक सडकहरूमा सडक बत्ती व्यवस्था तथा मर्मत सम्भार गर्नुपर्ने, खोला छेउछाउमा वृक्षरोपण कार्यक्रम गर्नुपर्ने, डुबान क्षेत्र सुरक्षित र व्यवस्थित गर्नुपर्नेलगायतका रायसुझाव राख्नुभएको थियो । कार्यक्रममा उपस्थित प्रतिनिधिमूलक वडावासीहरूले नगरको तार व्यवस्थित गर्नुपर्ने, सरसफाइको अनुगमन हुनुपर्ने, महिलालाई रोजगारीको वातावरण सिर्जना गर्नुपर्ने, फुटपाथ व्यवस्थापन, मङ्गलतीर्थको घाट सुधार, वडामा आधारभूत स्वास्थ्य केन्द्र स्थापना गर्नुपर्नेलगायतका सुझाव राखेका थिए ।
Leave a Reply