भक्तपुरमा ग्यास अभाव कायमै सिलिन्डर खोज्दै उपभोक्ता
- कार्तिक २०, २०८३
ललितपुर, २१ जेठ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सम्पदा बस्ती संरक्षण र संवद्र्धनमा स्थानीय तह र स्थानीय जनताबाटै विशेष पहल हुनु आवश्यक भएको बताउनुभयो ।
ललितपुर महानगरपालिका वडा नं. २१ को आयोजनामा ऐतिहासिक एवम् सांस्कृतिक रूद्रायणी देवीको १२ वर्षे मेलाको सुअवसरमा जात्रापर्व सञ्चालनार्थ द्यो गँःमा नवप्रवेश गर्नुभएका देवगणहरूको स्वागत तथा सम्मानमा आयोजित बृहत दे भ्वय् कार्यक्रममा उहाँले ऐतिहासिक एवम् सांस्कृतिक महत्व बोकेको खोखनालाई सांस्कृतिक क्षेत्र घोषणा गरी पर्यटकीय गन्तव्यस्थलको रूपमा विकास गर्न सकिने सम्भावना भएको बताउनुभयो ।
उहाँले भाषा, संस्कृति, पहिचान भएको हुँदा त्यसको संरक्षण आफँैले गर्नुपर्नेमा जोड दिनुभयो । उपत्यकाका सांस्कृतिक क्षेत्रमाथि तीव्ररूपमा अतिक्रमण भइरहेको बारे स्पष्ट पार्दै प्रमुख प्रजापतिले उपत्यकाका पुराना बस्तीहरूको संरक्षण गरी सांस्कृतिक केन्द्रको रूपमा विकास गर्नु आवश्यक छ भन्नुभयो ।
खोकना र भक्तपुरको सांस्कृतिक सम्बन्धको विकास गरी समन्वयात्मकरूपमा अघि बढाउन सके संस्कृतिको संरक्षणमा मद्दत पुग्ने धारणा उहाँले राख्नुभयो ।
भक्तपुर नपाले पर्यटन शुल्कबाट उठेको रकमबाट भक्तपुरको शिक्षा, स्वास्थ्य र विकास निर्माणमा खर्च गर्दै आएको जानकारी दिँदै भक्तपुर नपाले परम्परागत शैलीमा घर निर्माण गर्ने नगरवासीहरूलाई उचित अनुदानको व्यवस्था गरी प्रोत्साहित गरेको र प्राचीन सहरलाई बचाइराख्ने प्रयत्न गरिरहेको बताउनुभयो ।
राजनीतिबाट कोही व्यक्ति अलग रहन नसक्ने धारणा राख्दै उहाँले नागरिकताप्रति राज्य संवेदनशील हुन जरूरी रहेको बताउनुभयो ।
उहाँले नेपाली नागरिकलाई नागरिकता दिनु कुनै आपत्तिको विषय नभएको बताउँदै विदेशीलाई नेपाली नागरिकता दिनु कुनै पनि हालतमा ठीक नभएको र यसले देश नै नरहने खतरा बढेको बताउनुभयो ।
Leave a Reply