भर्खरै :

प्राङ्गारिक कृषि खेती तालिम प्रारम्भ

प्राङ्गारिक कृषि खेती तालिम प्रारम्भ

भक्तपुर, २४ जेठ । भनपा वडा नं ५ को आयोजनामा चारदिने प्राङ्गारिक कृषि खेती तालिम बुधबार भयो ।
कार्यक्रममा वडा नं ५ का वडाध्यक्ष योगेन्द्रमान बिजुक्छेँले तालिमका सामग्री प्रशिक्षकलाई हस्तान्तर गर्दै तालिमको उद्घाटन गर्नुभयो ।
उहाँले कृषि र खेतीपातीको सुरुआतसँगै मानव समाज सभ्यताको युगमा पदार्पण गरेकोले आज पनि मानिसको आर्थिक क्रियाकलापको महत्वपूर्ण हिस्सा कृषि नै रहेकोले यससँग सम्बन्धित तालिम महत्वपूर्ण हुने बताउनुभयो ।
उक्त कार्यक्रममा पूर्णगोपाल राजचलले अहिलेको सरकारमा जाने नेताहरू तथा पार्टीहरूको स्वार्थ नै कमिसन खाने भएकोले देशको लागि आवश्यक मल कारखाना खोल्ने र कृषिलाई प्रवद्र्धन गर्ने कार्यमा ध्यान नदिएको बताउनुभयो ।
राजाराम चवालले मानिसले प्रयोग गर्नु हरेक वस्तुको प्राथमिकस्वरुप कृषिकै उपज भएकोले आज कृषि व्यवसायलाई हेला गर्ने राम्रो नभएको बताउनुभयो ।
कार्यक्रमका सभापति तथा वडा नं. ५ कृषि उपसमितिका अध्यक्ष सम्झना लाखेले कृषक एक कलाकार, इन्जिनियर र डिजाइनरसमेत भएकोले कृषक र कृषिको महत्व समाजमा धेरै भएको बताउनुभयो । चारदिने सो तालिममा प्रशिक्षक प्रवीण सिन्ताकल वडा नं ५ का जनप्रतिनिधि नारायणप्रसाद त्वानाबासुले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *