भर्खरै :

राष्ट्राध्यक्ष सी चिन फिङद्वारा भित्री मङ्गोलिया स्वायत्त प्रदेशको बायन्नुर सहरको भ्रमण

राष्ट्राध्यक्ष सी चिन फिङद्वारा भित्री मङ्गोलिया स्वायत्त प्रदेशको बायन्नुर सहरको भ्रमण

पेइचिङ, २४ जेठ (सीआरआई) । हालै चीनका राष्ट्राध्यक्ष सी चिन फिङले भित्री मङ्गोलिया स्वायत्त प्रदेशको बायन्नुर शहरको भ्रमण गर्नुका साथै मरुभूमि रोकथाम तथा नियन्त्रणसम्बन्धी गोष्ठीको अध्यक्षता गर्नुभएको छ । उहाँले कठिनाइलाई जितेर उत्तरी चीनमा हजारौँ किलोमिटर लामो हरियो पर्खाल निर्माण तथा मरुभूमि रोकथाम तथा नियन्त्रण कार्यमा नयाँ प्रगति खोज्न जोड दिनुभएको छ ।
मरुभूमिकरण एक विश्वव्यापी मुख्य पर्यावरणीय समस्या हो यसले मानव अस्तित्व र विकासलाई प्रभाव पारेको छ । ४० वर्षभन्दा बढीको प्रयासको कारणले मरुभूमि क्षेत्रको आर्थिक तथा सामाजिक विकास र पारिस्थितिकीय वातावरणमा ठूलो परिवर्तन भएको देखिन्छ ।
राष्ट्राध्यक्ष सी चिनफिङले सधैँ पर्यावरणीय निर्माणमा ठूलो महत्व दिनुभएको छ । उहाँले सर्वप्रथम हिमाल, पानी, वन, खेत, ताल, घाँस र बालुवाको एकीकृतरूपमा संरक्षण र व्यवस्थित व्यवस्थापन बनाउनुपर्ने र वायु तथा बालुवाको प्रकोपई वैज्ञानिकरूपमा नियन्त्रण गर्नुपर्ने प्रस्ताव पनि प्रस्तुत गर्नुभयो ।
जून ६ तारिख चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले भित्री मङ्गोलिया स्वायत्त प्रदेशको पा यान नाउ अर शहरको लिनह क्षेत्रको सिन् व्हा नामक सरकारी स्वामित्वयुक्त वृक्ष फार्मको निरीक्षण गर्नुभयो ।
लिनह क्षेत्रको सिन् व्हा नामक सरकारी स्वामित्वयुक्त वृक्ष फार्मको सन् १९६० मा निर्माण गरिएको हो । त्यहाँ जमीनको क्षेत्रफल ५२ हजार मू अर्थात्् ३४६६.६७ हेक्टर छ । त्यस अवधिमा हावा र बालुवामात्र थियो । मरुभूमिकरण समस्याको समाधान गर्नका लागि वृक्षारोपण परियोजनाको कार्यान्वयन गरियो । हाल वृक्ष फार्मको वनस्पति ढाकिने दर ६५ प्रतिशत पुगेको छ ।
जून ५ को दिउँसो, चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङको भित्री मङ्गोलिया स्वायत्त प्रदेशको निरीक्षण सुरु भयो । भ्रमणमा उहाँले पहाड, नदी, जंगल, खेत, ताल, घाँसेमैदान र बालुवाको एकीकृत संरक्षण र प्रणालीबद्ध व्यवस्थापन, पर्यावरणीय पुनःस्थापनाको प्रवद्र्धन एवम् ऊल्याङसु तालको प्राकृतिक अवस्था र वरपरको पर्यावरणीय अवस्थाको बारेमा जानकारी लिनुभयो ।
ऊल्याङसु तालको पानीले ढाकिने क्षेत्रफल २९३ वर्ग किलोमिटर छ । जुन पहेँलो नदी क्षेत्रमा सबैभन्दा ठूलो उपयोगी सिमसार क्षेत्र हो र विश्वभरमा मरुभूमि र अर्ध–मरुभूमि क्षेत्रमा कम भेटिने ठूलो घाँसे मैदान ताल हो । यस ताल पहेंलो नदीको पर्यावरणीय सुरक्षाको लागि ‘प्रकृतिको मिर्गाैला’ को रूपमा चिनिन्छ ।
२० औँ शताब्दीको ९० दशकदेखि, ऊल्याङसु तालको क्षेत्रमा पानीको प्राकृतिक पुनर्भरणको कमी, शहरी औद्योगिक फोहोर पानीको प्रदूषण र पर्यावरणीय कार्यात्मक भूमिकाको ¥हासलगायतका समस्याहरू देखा परेका थिए । बितेका वर्षहरूमा, यसै ताल वरपरको क्षेत्रको व्यवस्थापन कार्यमा चरणबद्ध उपलब्धिहरू प्राप्त भएका छन् ।
जून ५ को अपराह्न चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका महासचिव एवम् राष्ट्राध्यक्ष सी चिनफिङले भित्री मङ्गोलिया स्वायत्त प्रदेशको ऊल्याङसु तालको दक्षिणस्थित आधुनिक कृषि नमुना क्षेत्रको निरीक्षण गर्दै उच्च मापदण्डको खेतीयोग्य जमीनको निर्माण अवस्थाबारे जानकारी लिनुभयो ।
ऊल्याङसु तालको दक्षिणस्थित आधुनिक कृषि नमूना क्षेत्र ‘उद्योग–व्यवसायका साथै आधार क्षेत्र जोड वैज्ञानिक अनुसन्धान विद्यालयको साथै सामाजिक सेवा’को ढाँचाबमोजिम सञ्चालन भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *