जुम्लामा भक्तपुर काण्डको विरोधमा जुलुस र कोणसभा
- भाद्र ९, २०८३
विज्ञान र प्रविधिको युगसँगै देश विकास हुँदै जानुपर्ने हो, देशको लागि आधारभूत आवश्यकता पूर्ति गर्दै जानुपर्ने हो । देशको आवश्यकताअनुसार कलकारखाना, उद्योगधन्दा खोलेर रोजगारी दिनुपर्ने हो, गरिबी निवारण गर्दै देशलाई आत्मनिर्भर बनाउनुपर्ने तर्फ पाइला चाल्नुपर्ने हो । देशको विकाससँगै सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई पनि संस्थागत गर्दै गणतन्त्र स्थापनाको अनुभूति दिलाउन सरकारले जनतालाई राहत प्रदान गर्नुपर्ने हो । तर, यो गणतन्त्रात्मक देशले पनि भ्रष्टाचार नियन्त्रण गर्न सकेन, आर्थिक अनियमितता र आर्थिक चुहावत रोक्न सकेन । भ्रष्टाचार बढ्यो । देश भ्रष्टाचारको सूचीमा प¥यो । अपराधीहरू बढे । अपराधीहरूमाथि कारबाही गरिएन । उनीहरूलाई शासक र ठूला पार्टीका नेताहरूले पार्टीमा हुल्याएर समान गरे । हत्या हिंसाका घटनाहरू दोहोरिरहेका छन् । राजनीति र प्रजातन्त्रलाई जीवनपद्वतिको रुपमा विकास नगर्दा या राजनीतिलाई जसरी भए पनि कमाउने धन्दामा परिणत गर्दा यो समस्या देखिएको हो ।
विस्तारवादी भारत र साम्राज्यवादी अमेरिकालाई खुसी पार्न कहिले नागरिकता विधेयक पारित गर्ने त कहिले असंलग्न परराष्ट्र नीतिविपरीत रुस र युक्रेनको युद्धमा युक्रेनको पक्ष लिएर मत हाल्ने शासकहरू किन विदेशीको गोटी बनेका हुन् ? नेपालीलाई नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दा टुङ्गो नलाग्दै अपराधीहरूलाई सरकारको सिफारिसमा राष्ट्रपतिले सफाइ दिए । यसरी देश राष्ट्रिय र अन्तर्राष्ट्रिय जगतमा बदनाम भइरहेको छ । ठगी र राज्यविरुद्धको नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दा पनि कसैको दबाब र प्रभाव या सत्ताको चलखेलले त्यतिकै सेलाउने हो कि भने आशङ्का पनि गरिन थालेको छ । अपराधीहरूलाई कारबाही गरेरै छोड्ने दम सरकारी नेता तथा मन्त्रीहरूमा घट्दै गएको आभास पनि बुद्धिजीवीहरूले गर्न थालेका छन् ।
हरेक पटक नयाँ बनेको सरकारले देशलाई दूरगामी असर पार्ने एउटा न एउटा काण्ड मच् चाएको देखिन्छ । यस काण्डभित्र धेरै असमान सन्धि र सम्झौताहरू परे । धेरै भ्रष्टाचार प्रकरणका मुद्दाहरू उठे । तर, देशघाती काम गर्ने र भ्रष्टाचारमा फसेका मानिसहरू खासै कारबाहीमा परेनन् । कारबाही गर्ने निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोग पनि एक समय सक्रिय भएको जस्तो देखाउने त्यसपछि सुषुप्त भएको देखिन्छ । दलगत राजनीतिक भागबन्डाले पनि कति भ्रष्टाचारका प्रकरणहरू भित्रभित्रै गायब पारिएको देखिन्छ । भ्रष्टाचारी प्रकरणमा मुछ्ने र मुछिएका व्यक्तिहरू अधिकांश सरकारमै रहेका दलका नेता, मन्त्री, सांसद, जनप्रतिनिधि र कर्मचारीहरू हुन्छन् । कारबाहीमा पर्ला भनेरै एकले अर्काको गल्ती छोप्छन् या लुकाउँछन् ।
प्रजातन्त्र र स्वतन्त्रताको भजन गाएर पद र पैसाको निम्ति तँछाडमछाड गर्ने सत्तासीन दलका नेताहरू गणतन्त्रलाई बन्धक बनाउन पनि पछि पर्दैनन् । अराजक गतिविधि गरेर गणतन्त्रको बदनाम गर्ने शासकहरू प्रतिक्रियावादीलाई गतिविधि गर्ने मौका दिँदै छन् । शासकहरूको ध्यान जसरी भए पनि सरकारको नेतृत्व गर्ने र विदेशी शक्ति राष्ट्रलाई खुसी पार्नु रहेको छ । शासकहरूले आम जनतालाई अहिले पनि खुसी पार्न सकेनन् । उनीहरू जनताको चाहना र आवश्यकता परिपूर्ति गर्न होइन व्यक्तिगत, दलगत र गुटगत स्वार्थमा अल्झिछन् र त्यसैमा लिप्त हुन्छन् । उनीहरू कहिले पदको दुरुपयोग गरी एक्लै झ्वाइँ पार्छन् न कहिले मिलेर झ्वाइँ पार्छन् । ठूला दलहरूको समान चरित्र भनेकै सत्ता प्राप्त गर्ने र त्यसलाई मञ्च बनाएर राजस्व दाइँ गर्ने हो, अपराध र अपराधीको पक्षपोषण गर्ने हो । अनि उनीहरू नै आफूलाई प्रजातन्त्रवादी, गणतन्त्रवादी र समाजवादी हुन्छन् । देशलाई बर्बाद पार्र्ने काममा शासकहरू नै दोषी छन् ।
Leave a Reply