इरानद्वारा अमेरिका–इजरायललाई चेतावनी
- भाद्र १२, २०८३
“दुई सत्रहरू” मा राष्ट्रपति सी चिन फिङको सन्देश
चिनियाँ कम्युनिस्ट पार्टीको २० औँ महाधिवेशनपश्चात् भएका राष्ट्रिय विधि निर्माताहरू र राजनीतिक सल्लाहकारहरूसँगका भेटघाटले सर्वसाधारणको ध्यान तान्यो । अन्तर्राष्ट्रिय विश्लेषकहरूले यी कार्यक्रमहरूमा उठाइएका नीति तथा लक्ष्यहरू र चीनको नेतृत्वका मन्तव्यहरूमार्फत चीनको विकासको दिशा र कसरी यसले बाँकी विश्वसँग व्यवहार गर्छ भन्ने कुरा बुझ्ने आशा गरेका थिए । मार्च १३ मा भएको १४ औँ राष्ट्रिय जनकङ्ग्रेसको पहिलो सत्रको समापन समारोहमा सम्बोधन गर्ने क्रममा चिकपा केन्द्रीय समितिका महासचिव, जनवादी गणतन्त्र चीनका सर्वसम्मत निर्वाचित राष्ट्रपति तथा केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिन फिङले घोषणा गरे, “अगाडिकोे नयाँ यात्रामा चीनले उच्च–गुणस्तरको विकासलाई दृढतापूर्वक अगाडि बढाउनेछ ।”
चीनको आधुनिकीकरण अभियानको ‘प्रथम र प्रमुख’ मानिएको उच्च गुणस्तरको विकास यस वर्षका ‘दुई सत्रहरू’ मा राष्ट्रपति सी र कानुन निर्माताहरू तथा राजनीतिक सल्लाहकारहरूबिचको छलफलको प्रमुख विषयवस्तु बन्यो ।
उच्च गुणस्तरको विकासको निम्ति नयाँ नयाँ आविष्कार
मार्च ५ मा भएको १४ औँ राष्ट्रिय जनकङ्ग्रेसको पहिलो सत्रको विचार–विमर्श कार्यक्रममा विकासको नयाँ दर्शनलाई सबै मोर्चाहरूमा पूर्णरूपमा र विश्वासीलो ढङ्गमा कार्यान्वयन गर्ने प्रयासहरू गरिनुपर्छ र आर्थिक विकासमा गुणस्तरमा प्रभावकारी सुधार र परिमाणमा उपयुक्त विस्तारको संयोजन हुनुपर्छ भनी राष्ट्रपति सीले चियाङ्सु प्रान्तको प्रतिनिधिमण्डलका प्रतिनिधिहरूबिच भनेका थिए । राष्ट्रपति सीले अक्टोबर २०१५ मा पहिलो पटक प्रस्ताव गरेको नयाँ विकास अवधारणा हरियो, खुला र साझा हुनेछ । त्यसले आविष्कार र समन्वयात्मक विकासलाई जोड दिन्छ ।
उच्च गुणस्तरको विकासको रूपरेखाको निर्माणको क्रममा नेता सीले भने, “उच्च गुणस्तरको विकासलाई अगाडि बढाउन चीनले विज्ञान र प्रविधिमा अझ ठुलो आत्मनिर्भरता र बल प्राप्त गर्नका लागि प्रयासहरू छिटो गर्न आवश्यक छ ।”
हरेक वर्ष १०.४ प्रतिशतको आर्थिक वृद्धि र सात वर्षसम्म लगातार दोहोरो अङ्कको वृद्धिलाई कायम राख्दै सन् २०२२ मा अनुसन्धान र विकासमा चीनको जम्मा खर्च ३.१ ट्रिलियन आरएमबी पुग्यो । विज्ञान र प्रविधिको नवीनताले चीनको उच्च गुणस्तरको विकास र आधुनिकीकरण अभियानमा सबैभन्दा महत्वपूर्ण भूमिका खेलिरहेको छ ।
सन् २०२३ को सरकारको प्रतिवेदनले चीनले पछिल्लो पाँच वर्षमा पूर्णरूपमा नवीकरणीय विकासको रणनीतिलाई कार्यान्वयन गरेको छ र औद्योगिक संरचनाको पनि अझ सुधार तथा स्तरोन्नति गरेको छ । राष्ट्रिय तथ्याङ्क केन्द्रले सन् २०२२ मा चीनको तोकिएको आकारभन्दा माथिको उच्च प्रविधि उद्योगको थपिएको मूल्य गत वर्षको तुलनामा ७.५ प्रतिशतले बढेको र उच्च प्रविधि उद्योगहरूमा १८.९ प्रतिशतले लगानी बढेको देखाउँछ ।
विश्वव्यापी कडा प्रतिस्पर्धाको प्रकाशमा, चीनले नै विकासका नयाँ क्षेत्र तथा मार्गहरू खोल्नुपर्छ र नयाँ तागत र विकासतर्फ लम्कने कार्यहरू थाल्नुपर्छ । यी सारा कुराहरू मुख्यतः विज्ञान र प्रविधिको नवीकरणमा नै निर्भर छन् भनी नेता सीले भने ।
मानवयुक्त अन्तरिक्ष उडान, चन्द्रमा र मङ्गलग्रहको अन्वेषणदेखि भित्री समुद्र र भित्री पृथ्वीको अन्वेषणसम्म उपग्रह यात्रादेखि क्वान्टमको जानकारसीम्म, विज्ञान र प्रविधिको नवीकरणको चम्किलो बाटोले विश्वलाई चकित पार्ने कार्य जारी राख्दै छ । चिनियाँ आधुनिकीकरणको मुख्य प्रोत्साहनको रूपमा विज्ञान र प्रविधिले चीनको उच्चगुणस्तरको विकासलाई सशक्त बनाउनेछ । २०२३ को सरकारको कार्यप्रतिवेदनका अनुसार देशको आर्थिक विकासमा वैज्ञानिक र प्राविधिक प्रगतिको योगदान ६० प्रतिशतभन्दा बढी छ । विज्ञान र प्रविधिमा आत्मनिर्भरताले चिनियाँ उच्च प्राविधिक संस्थाहरूको प्रमुख प्रतिस्पर्धात्मकतालाई आकार दिएको छ र यसले तिनीहरूलाई विश्व औद्योगिक समुदायको आवश्यक घटक बनाएको छ । पूर्वी चीनको फुचियान प्रान्तको निङ्गदेका ब्याट्री उत्पादक, कन्टेम्पोरेरी एमपेरेक्स टेक्नोलोजी कम्पनी लिमिटेड (CATL) ले संसारभरिका मोटरगाडी उत्पादकहरूलाई आफ्ना निला ब्याट्रीहरू निर्यात गर्छ र त्यसमा बी.एम.डब्लु, टेस्ला, मर्सीडिज बेन्ज, भोल्सवेगन र भोल्भो पनि पर्दछन् । सन् २०११ मा स्थापित यस कम्पनीको पावर ब्याट्री प्रणालीले निरन्तर छ वर्षसम्म विश्वमै प्रथम श्रेणीमा परेको छ । सी.ए.टी.एलले जर्मनीको थुरिङ्गिया र हङ्गेरीको डेब्रिकनमा पावर ब्याट्री उत्पादन गर्ने कारखाना बनाएको छ ।
विश्वव्यापी व्यापारको सुस्त वैश्विक वृद्धि प्रवृत्तिलाई उछिँदै सन् २०२२ मा चीनको विद्युतीय गाडीको निर्यात १३१.८ प्रतिशतले बढ्यो जसमा फोटो–भोल्ट्यायिक उत्पादनहरूको निर्यात ६७.८ प्रतिशतले बढ्यो र लिथियम ब्याट्रीको निर्यात ८६.७ प्रतिशतले बढ्यो । चिनियाँ फोटो–भोल्ट्यायिक औद्योगिक सङ्घका अनुुसार, सन् २०११ मा पी.भी पोलिसीलिकोन, लिथियम ब्याट्री सेल र मोड्युलहरूको चीनको विश्वबजारको हिस्सा ७० प्रतिशतभन्दा बढी थियो । विभिन्न अवसरहरूमा राष्ट्रपति सीले मानव सभ्यताको प्रगतिमा ताजा र ठुला योगदानको निमित्त अन्तर्राष्ट्रिय विज्ञान र प्रविधिको समुदायमा परिष्कृत खुलापन, विश्वास र सहयोगको आह्वान गरेका छन् ।
चीनले १६० वटाभन्दा धेरै देश र क्षेत्रहरूसँग विज्ञान र प्रविधिको सहयोगी सम्बन्ध स्थापना गरेको छ । ११६ वटा अन्तरसरकारी सहयोगको सम्झौता गरेको छ । चीनले मानवयुक्त अन्तरिक्षयानको लागि फ्रान्स, जर्मनी, इटाली, रुस र पाकिस्तानका साथै अन्य थुप्रै अन्तर्राष्ट्रिय अन्तरिक्ष एजेन्सी र सङ्गठनहरूसँग सम्झौतामा हस्ताक्षर गरेको छ र सहयोग परियोजनाहरू पूरा गरेको छ । यस देशको तियाङगोङ अन्तरिक्ष स्टेसन त्यस्ता स्टेसनहरूमध्ये प्रथम हो जुन संयुक्त राष्ट्रसङ्घका सम्पूर्ण सदस्य देशहरूको लागि खुला गरिएको छ । त्यसमाथि देशको ५०० मिटर एपर्चर भएको स्फेरिकल रेडियो टेलिस्कोप अप्रिल १, सन् २०२१ देखि वैज्ञानिकहरूको निमित्त उपलब्ध गराइएको छ ।
उत्पादन गर्ने उद्योगहरूको स्तरोन्नति गरिँदै
राष्ट्रपति सीले संयुक्त छलफलमा चियाङसुका आफ्ना सह–प्रतिनिधिहरूसँग उच्च गुणस्तरको विकासमा साँचो अर्थव्यवस्थाको प्रमुख भूमिकामा पनि जोड दिए । उनले अगाडि बढ्दै गरेको नयाँ औद्योगिकीकरण, उत्पादनको क्षेत्रलाई स्मार्ट, हरियो र अझ विकसीत बनाउने काम र डिजिटल अर्थव्यवस्थाको विकासलाई द्रुतगतिमा अगाडि लाने काममा विशेष जोड दिए ।
सीन्ह्वाको प्रतिवेदनअनुसार, राष्ट्रिय जनकङ्ग्रेशका उपप्रमुख तथा सुझोउ कन्स्ट्रक्सन मसीनरी ग्रुप (XCMG) का प्रमुख इन्जिनियर शान जेनघाईले सामूहिक छलफलमा यसो भने, “त्यस २२० टनको सबै भूभागमा चल्ने क्रेन जुन तपाईंको २०१७ को (XCMG) को निरीक्षण भ्रमणको क्रममा चलाइएको नमुना विगतमा ७१ प्रतिशतमात्र स्वदेशमा उत्पादन हुनेमा अब शतप्रतिशत स्वदेशमै उत्पादन गर्न सकिन्छ ।”
“क्रेनमा प्रयोग हुने चिप्सहरू चाहिँ ? के तिनीहरूको उत्पादन पनि स्वदेशमा नै हुने गर्दछ ?” यसको उत्तर सकरात्मक थियो ।
शानले अहिले (XCMG) ले आफ्ना उत्पादनका कच्चा सामान ९१ प्रतिशतसम्म उत्पादन गर्नसक्ने बताए जुन पहिले ६२ प्रतिशत मात्र थियो । नेता सीले विश्वस्तरीय इन्जिनियरिङ यन्त्र उत्पादन गर्नुमा त्यस कम्पनीको उपलब्धिको प्रशंसा गरे ।
“अहिलेको अवस्थामा चीनको उत्पादन उद्योगले क्षेत्र र कोटाहरूको पूर्ण दायरामा गौरव गर्छ ।”, सीले भने । “यही क्रममा हामीले मध्यमस्तर तथा उच्चस्तरको उत्पादनको स्तरोन्नति गर्न पनि आवश्यक छ । यो उच्च गुणस्तरको विकासको विशेषता हो ।”
नेता सीले उत्पादन उद्योग अहिले र जहिल्यै चीनको लागि अपरिहार्य क्षेत्र भएको कुरालाई औँल्याए । उनले १ अर्ब ४० करोडभन्दा बढी जनसङ्ख्या भएको देश सम्भावित जस्तोसुकै चुनौतीको पनि सामना गर्न सक्ने तथा आत्मनिर्भर हुनुपर्ने कुरा थपे । उत्पादनको क्षेत्रलाई अझ विकसीत, तीव्र र हरियालीले भरिपूर्ण बनाउनको लागि देशले नयाँ खालको औद्योगिकीकरण अगाडि बढाउनुपर्छ । देशको औद्योगिक जगलाई पुनःनिर्माणको लागि प्रयासहरू तीव्र पारिनुपर्छ । ठुला प्रविधि र उपकरणहरूसँग सम्बन्धित प्रमुख विषयहरूलाई सुल्झाउनुपर्छ ।
उत्पादन क्षेत्रको स्तरोन्नति धेरै समयदेखि चीनको विकासको कार्यसूचीको शीर्ष स्थानमा रहँदै आएको छ । तसर्थ, चीनको उत्पादन क्षेत्रको उच्च गुणस्तरको विकासको प्रमुख प्राविधिक बाटो बौद्धिक उत्पादन भएको छ । नगरपालिका उद्योग र सूचना तथा प्रविधि ब्युरोको अनुुसार तोकिएको आकारभन्दा माथिका शेनजेनका औद्योगिक उद्योगहरू सन् २०२५ भित्र डिजिटल विधिमा रूपान्तरणको अपेक्षा राख्छन् । उद्योग र सुचना प्रविधि मन्त्रालयको तथ्याङ्कले चीनको तीव्र उत्पादन गर्ने उपकरणको मात्रा आर.एम.बी ३ ट्रिलियनको नजिक रहेको छ जसमा प्रणाली समाधान प्रदायकहरू ६ हजार पुगेका छन् ।
एक तीव्र उत्पादन विकास योजनाको अनुसार, सन् २०२५ भित्र चीनले आफ्नो प्रमुख उत्पादन संस्थाहरूमध्येको ७० प्रतिशत मूल रूपमा डिजिटलाइज्ड र नेटवर्कयुक्त भएको देख्ने छ र ५ सत्न्दा धेरै उद्योगको नेतृत्व गर्ने र तीव्र–उत्पादन गर्ने नमुना कारखानाहरूको निर्माण भइसकेको हुनेछ । सन् २०३५ भित्र चीनका तोकिएको आकारभन्दा माथिका सम्पूर्ण उत्पादनका संस्थाहरू डिजिटलाइज्ड र नेटवर्कयुक्त हुनेछन् । रोबोटद्वारा सञ्चालित गोदाम र केलाउने प्रणाली धन्यवादका पात्र हुन् किनकि तिनीहरूले गर्दा शेनजेन LCSC इलेक्ट्रोनिक्स टेक्नोलोजी कम्पनी लिमिटेड शेनजेनमा रहेका साना साना पसलहरूले भरेको विश्वको सबैभन्दा ठुला विद्युतीय सामग्रीको बजार हुवाछियानबेइमा रहेको विद्युतीय सामानको इ–कमर्स मञ्चमा हरेक दिन झन्डै १० हजारभन्दा धेरै मागलाई सम्हाल्छन् । यस मञ्चमा विश्वभरिका जम्माजम्मी २५ लाख दर्ता गरिएका प्रयोगकर्ताहरू छन् । ह्वाइट पेपर अन रोबोट इण्डस्ट्री डेभलप्मेन्टका अनुसार २०२१ मा देशको उत्पादन केन्द« शेनजेनमा रोबोट उद्योगको कुल निर्गम मूल्य आर.एम.बी १५८.२ बिलियन पुगेको थियो जसमा रोबोटिक्सका उद्योग ९४५ बढेको थियो ।
त्यसैगरी अर्को उत्पादनको प्रमुख केन्द्र झेजियाङ प्रान्तमा अहिले ५०० भन्दा धेरै उद्योगहरू बनेका छन् । स्थानीय तथ्याङ्कअनुसार सन् २०१९ देखि २०२१ सम्ममा तिनीहरूको औसत उत्पादन दक्षता ५४ प्रतिशतले बढ्यो जब खर्च १९ प्रतिशतले घट्यो ।
यसै क्रममा उद्योग तथा सूचना प्रविधिको तथ्याङ्कले चीनको उत्पादन क्षेत्रको थपिएको मूल्य सन् २०१२ मा आर.एम.बी १६.९८ ट्रिलियनबाट सन् २०२१ मा आर.एम.बी ३१.४ ट्रिलियन भई बढेको छ ।
निजी क्षेत्रलाई उत्प्रेरित गर्दै
चीन राष्ट्रिय गणतान्त्रिक निर्माण सङ्घका राष्ट्रिय राजनीतिक सल्लाहकार र चीनभरिका उद्योग र वाणिज्यका महासङ्घको संयुक्त सामुहिक बैठकमा संलग्न भइसकेपछि राष्ट्रपति सीले निजी संस्थाहरूले उच्चगुणस्तरको विकासको लागि पहल गर्नुपर्ने कुरा बताए । उनले प्रमुख राज्य परियोजना र प्रमुख औद्योगिक र आपूर्ति श्रृङ्खला परियोजनाहरूमा निजी लगानीलाई ऊर्जावान, प्रोत्साहित र प्रवद्र्धन गर्नुपर्ने कुरा थपे । चीनको आर्थिक विकासमा निजी क्षेत्रले महत्वपूर्ण भूमिका निभाएको छ । यसले ५० प्रतिशत अथवा त्योभन्दा धेरै कर राजस्व, कुल गार्हस्थ उत्पादनको ६० प्रतिशतभन्दा धेरै र प्राविधिक नवीकरणहरूमा ७० प्रतिशतभन्दा धेरै योगदान दिएको औपचारिक तथ्याङ्कले देखाउँछ । यसले सहरी रोजगारीको ८० प्रतिशत प्रदान गर्दछ र लगभग ९० प्रतिशतभन्दा धेरै चीनको बजार निकायहरूको जिम्मा लिन्छ ।
नेता सीले निजी उद्यम विकासको निमित्त वातावरण अनुकूलन गर्ने प्रयासहरूको लागि आह्वान गरेका छन् ः बजारको प्रतिस्पर्धामा निष्पक्षरूपमा तिनीहरूको सहभागितालाई अवरोध गर्ने संस्थागत अवरोधहरू हटाउन, सम्पत्तिको अधिकारका साथसाथै कानुनबमोजिम व्यवसायीहरूको अधिकार र चासोलाई बचाउन र निजी उद्यमहरू र राज्यको स्वामित्वमा रहेका उद्यमहरूको समान व्यवहार निश्चित गर्नको लागि ।
निजी कम्पनीहरूको लागि चीनको समर्थनले व्यवसायीहरूको व्यापार सञ्चालन र प्राविधिक नवीकरणमा सफलता खोज्न पर्याप्त आत्मबल बढाइदिएको छ । चीनको अग्रणी घरेलु उपकरणहरूका उत्पादक, मिदिया ग्रुपका अध्यक्ष फाङ बोले ग्लोबल टाइम्सलाई दिएकोे एक अन्तर्वार्तामा उनको कम्पनीले जम्मा आर.एम.बी २५ बिलियनभन्दा धेरै लगानी गरिसकेको कुरा बताए । उक्त मिडिया कम्पनी भविष्यको प्रतिस्पर्धामा आफ्नो स्थान पाउन अहिले आफ्नो सीप र प्रविधिको लगानीमा भर परिरहेको छ ।
ANTA स्पोटर््स ऊ योङहुवाका कार्यकारी बोर्ड निर्देशकलाई चाइना डेलीको एक लेखमा यसरी उद्धृत गरिएको छ, “धेरै समयदेखि सबै तहका सरकारले अनुसन्धान र विकासलाई महत्व दिने उद्यमहरूलाई सर्मथन गर्ने कर प्रोत्साहनजस्ता धेरै नीतिहरू ल्याएको छ । हामी नवीकरणीय प्रविधिमा ध्यान दिइरहनेछौँ र साँचो अर्थव्यवस्थाको विकासलाई अगाडि बढाउन प्रतिबद्ध छौँ ।” उनले अझ बजारको मूल्यको आधारमा विश्वमा ३ नम्बरमा परेको खेलकुदमा प्रयोग हुने कपडाको कम्पनी ANTA ले अहिलेसम्म २००० भन्दा धेरै राष्ट्रिय पेटेन्टको निमित्त आवेदन दिएको बताए ।
“सन् २०२३ मा मेरो सबैभन्दा ठुलो चासोको विषय डिजिटल अर्थव्यवस्थाका प्रमुख योजनाहरू हुन् जसकोे तत्काल प्रभाव आर्थिक वृद्धि स्थिर गर्नुमा रहनेछ ।” चिनियाँ साइबर सेक्युरिटी कम्पनी छि–आनसीन टेक्नोलोजी ग्रुपका अध्यक्ष साथै सारा चीनको उद्योग र वाणिज्यको महासङ्घको उपप्रमुख, छि सीयाङडोङले बताए । देशभरिका प्रमुख स्थानहरूमा तथ्याङ्क केन्द्रहरूको निर्माणमा संलग्न चीनको इस्ट–डाटा–वेस्ट–कम्प्युटिङ योजनाले ठुला अवसरहरू ल्याउने र साइबर सुरक्षा सेवाको मागलाई बढाउने छिले बताए । उनको कम्पनीले यस उच्च माग पूरा गर्नको लागि आफ्नो अनुसन्धान र विकासको क्षमतालाई बढाउँदै छ । राष्ट्रिय विकास तथा सुधार आयोगले १४ औँ पाँच वर्षे योजना (२०१५–२५) को क्रममा ठुला तथ्याङ्क केन्द्रहरूमा चीनको लगानी वार्षिकरूपमा २० प्रतिशतले भन्दा बढ्ने प्रक्षेपण गर्छ । त्यसैगरी सम्बन्धित क्षेत्रहरूमा लगानी आर.एम.बी ३ ट्रिलियन भन्दा बढ्ने प्रक्षेपण गरिएको छ ।
आफ्ना रणनीतिक योजनाहरू बनाउने क्रममा नेता सीले सन् २०२३ को लागि प्रमुख एजेन्डाको रूपमा ‘दुई योजनाहरू’ अगाडि ल्याए । लगभग ५ प्रतिशतको आर्थिक वृद्धि प्राप्त गर्ने लक्ष्य राखेको चीनले उच्च गुणस्तरको विकासलाई तिव्रता दिँदै छ ।
High Quality Development “First and Foremost”
CHINA TODAY, April 2023
बाट अनुवाद – ममता श्रेष्ठ
Leave a Reply