भोटेकोसी बाढीः २६१ पर्यटकको उद्धार, ३२० अझै सम्पर्कविहीन
- भाद्र १४, २०८३
भक्तपुर, २५ जेठ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नपा वडा नं. २ इताछेँस्थित नरमल्ला फल्चाको बिहीबार एक कार्यक्रमबिच शिलान्यास गर्नुभयो ।
कार्यक्रममा उहाँले भक्तपुरलाई शिक्षा, स्वास्थ्यको केन्द्रको रूपमा विकास गर्ने उद्देश्यअनुसार नपाले काम गर्दै आएको बताउनुभयो ।
शिक्षामा पछाडि परेको समाज सबै क्षेत्रमा पछाडि पर्ने बताउँदै भक्तपुर नपाले सञ्चालन गरेका कलेजहरूमा देशभरिका विद्यार्थीहरूले सस्तोमा गुणस्तरीय शिक्षा हासिल गरिरहेको बताउनुभयो ।
भक्तपुर नगरपालिकाले लोपोन्मुख सम्पदाहरूलाई संरक्षण गर्दै लोप भइसकेको सम्पदाहरूको प्राप्त प्रमाणहरूको आधारमा उत्खनन् गरी संरक्षित राख्ने काममा जोड दिँदै आएको उहाँले बताउनुभयो ।
भक्तपुर नपा वडा नं. २ का वडाध्यक्ष हरिप्रसाद बासुकलाले वडाका विकास निर्माणका गतिविधिबारे अवगत गराउँदै जनताको माग र आवश्यकताअनुसारका योजनाहरूलाई प्राथमिकताको आधारमा अगाडि बढाउँदै जाने बताउनुभयो । भनपा वडा नं. २ ले आ.व. २०७९÷८० मा ११ वटा सम्पदाहरू निर्माण सम्पन्न गरिसकेको बताउँदै जनताको गुनासो सम्बोधन गर्न क्रियाशीलका साथ अगाडि बढिरहेको बताउनुभयो ।
कार्यक्रममा भनपा २ का पार्टी इन्चार्ज राजन जति, वडा सदस्यद्वय श्यामसुन्दर मातां र मन्जुमैयाँ लाखाजु र नरमल्ला फल्चा पुनःनिर्माण उपभोक्ता समितिका अध्यक्ष गणेशभक्त खर्बुजाले पनि बोल्नुभएको थियो ।
Leave a Reply