अमेरिकी आक्रमणको जवाफमा इरानद्वारा जोर्डनस्थित सैन्य अखडा लक्षित प्रहार
- भाद्र १५, २०८३
पेइचिङ, २५ जेठ (सीआरआई) । चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका महासचिव तथा राष्ट्राध्यक्ष, केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिनफिङले हाल भित्री मङ्गोलिया स्वायत्त प्रदेशको निरीक्षण गर्नुभएको छ । निरीक्षणका क्रममा उहाँले उच्च गुणस्तरको विकासको कार्यलाई अगाडि बढाउने, चिनियाँ शैलीको आधुनिकीकरणको भित्री मङ्गोलियाको नयाँ अध्याय रच्ने कुरामा जोड दिनुभएको छ ।
जुन ७ देखि ८ सम्म सी चिनफिङले पा यान नाउ अरको निरीक्षण गर्नुका साथै मरूभूमिकरणको रोकथाम तथा प्रतिरोध र महत्वपूर्ण पर्यावरणीय परियोजनाहरूको निर्माणसम्बन्धी गोष्ठीको अध्यक्षता गर्नुभएपछि हु ह हाउ थ शहर जानुभयो ।
जुन ७ को दिन अपराह्न सी चिनफिङले चुङ व्हान औद्योगिक पार्कको निरीक्षण गर्नुभयो । उहाँले हरित विकास आवश्यक बाटो हो भन्दै हरित ऊर्जा स्रोतको विकास गर्नु र चीनको महत्वपूर्ण ऊर्जा स्रोत आधार क्षेत्रको निर्माण बढाउनु भित्री मङ्गोलियाको विकासमा सबैभन्दा महत्वपूर्ण काम हो, भन्नुभयो ।
जुन ८ का दिन बिहान सी चिनफिङले भित्री मङ्गोलिया स्वायत्त प्रदेशको कार्य प्रतिवेदन सुनुवाइ गर्नुभयो । उहाँले जनतालाई केन्द्रको रूपमा राखेर विकासमा सर्वसाधारणको जीवनको प्रत्याभूति गर्नुपर्ने, रोजगारको प्राथमिकता नीतिलाई चौतर्फी रूपमा व्यवहारमा उतार्नुपर्ने, गरिबी मुक्तिको उपलब्धिलाई विस्तार गर्नुपर्ने बताउनुभयो ।
जुन ७ देखि ८ सम्म चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले भित्री मङ्गोलियाको हू ह हाउ थ शहरमा निरीक्षण गर्नुभएको छ ।
जुन ७ को दिन अपराह्न सी चिनफिङले चुङ व्हान औद्योगिक पार्कको निरीक्षण गर्नुभयो । सी चिनफिङले स्थानीय नयाँ ऊर्जा स्रोत र नयाँ सामग्री व्यवसायको विकास, व्यवसाय बनौटको सामन्जस्यता, हरित तथा काम कार्बनयुक्त विकाससम्बन्धी अवस्थाबारे सुनुवाइ गर्नुभयो । त्यसपछि सी चिनफिङले उत्पादन कार्यशालामा उत्पादित वस्तुको उत्पादन प्रक्रियाको निरीक्षण गर्नुभयो ।
चुङ व्हान औद्योगिक पार्कको सन् २०१९ मा निर्माण हुन सुरू भएको थियो । हालसम्म यो पार्कको लागि ४६ अर्ब चिनियाँ युआनको लगानी पूरा भइसकेको छ ।
Leave a Reply