भोटेकोसी बाढी र जलवायु परिवर्तनको प्रभाव ?
- भाद्र १५, २०८३
कान्तिपुर दैनिक
२०७९ जेठ १८ मा उपत्यका अपराध अनुसन्धान कार्यालयमा उजुरी दिएलगत्तै केही दिन पुल्चोकस्थित मन्त्री क्वार्टरमा गृहमन्त्री बालकृष्ण खाणलाई भेटेर अमेरिका जान पैसा बुझाउनेहरूका बारेमा अवगत गराएको उनले बताए । “नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने कुरा पनि कतै हुन्छ ? नचाहिने कुरा नगर्नुस्” भनेर सुरुमा खाणले भने पनि उनकै सहयोगी नरेन्द्र केसीको आग्रहमा काङ्ग्रेस अधिवेशनमा ६७ लाख रुपैयाँ सहयोग गरेको बारे आफूले सम्झाएपछि खाण नतमस्तक बनेको बुढाथोकीको भनाइ छ । “अनि मन्त्री खाणले तत्कालै गृह सचिव टेकनारायण पाण्डेलाई फोन गरेर दाङबाट आएका बुढाथोकीजी तपाईँकहाँ आउनेछन्, कुरा के हो सुनिदिनु भनेर पन्छाएका थिए,” बुढाथोकीले सुनाए ।
भेटमा पाण्डेले “बुढाथोकीजी, यस्ता ठगीका थुप्रै मुद्दा गृहमा हुन्छन्, यसका पछि नलाग्नुस् । बरु अमेरिकै गएर आरामसँग बस्नुहोस् भनेर सम्झाउन चाहेको” स्मरण गरे ।
“नेपालीलाई भुटानी बनाएर अमेरिका लैजाने सपनामा सयौँ नेपाली ठगिएको बारे उपत्यका अपराध कार्यालयमा उजुरी दिए पनि सुनुवाइ नभएको भनेर गुनासो राखेको थिएँ,” बुढाथोकी भन्छन् । प्रधानमन्त्री देउवाले आफ्ना सहयोगी भानु देउवातर्फ फर्केर “के भएको हो, तत्कालै बुझिहेर” भनेको र भानुले “गृह सचिव विनोद सिंह बाहिर रहेकाले पछि सम्पर्क गर्नेछु” भनेर उम्किन चाहेको उनले सुनाए ।
सधँैजसो गृह मन्त्रालयको पत्र, यूएनएचसीआरको आश्वासन र मोबाइल मेसेजमा आउने अनेक सूचना यति भरपर्दा थिए कि म पनि यो सरकारकै कार्यक्रम रहेछ भन्नेमा आश्वस्त रहिरहेँ,’ बुढाथोकी भन्छन्, “आफन्तका निम्ति ट्राभल डकुमेन्ट लिन भनेर म दमक, बेलडाँगीको शरणार्थी शिविर पनि पुगेको छु । चितवनदेखि विराटनगरका मेडिकल सेन्टर वा नक्कली फर्म भरिने होटलसम्म गएको छु ।” तर, यो ठगीमा गृहमन्त्री, सचिवदेखिका उच्चपदस्थ संलग्न रहेछन् भन्ने थाहा पाएपछि आफन्तका नजरमा आफू पीडक बनेको उनले बताए ।
“खासमा गृह मन्त्रालयले बनाएको शरणार्थी समस्या समाधान बारेको कार्यदल प्रतिवेदनमार्फत केही वर्षयता छद्म आवरणमा पैसा उठाइएका नेपालीलाई अमेरिका लगिने भनेर अनेक उपाय अपनाइएको रहेछ,” बुढाथोकी भन्छन्, “तर, यसरी नक्कली रूपमा भेला गरिएको नामको अनुसूची कहींकतैबाट सदर हुन नसकेपछि गिरोहका नाइके छटपटिएका रहेछन्, यही बेला म र रेग्मीजीले दिएको उजुरी कार्यान्वयनमा आउन सकेको रहेछ ।”
नागरिक दैनिक
“यदि इन्द्रजित राईको सुझावमा काम भएको हो भने त्यो सुझावअनुसार काम गर्ने कार्यकारी अधिकार प्राप्त व्यक्ति तत्कालीन गृहमन्त्री रामबहादुर थापा र सचिव प्रेमकुमार राईलाई किन मुद्दा नचल्ने ? अनि सुझाव दिनेलाई मात्र मुद्दा चल्ने ?” उनले भने, “मन्त्रालयको कुर्चीमा बसेको भन्दैमा मुद्दा लगाएर थुन्न पाइन्छ र ?”
नयाँ पत्रिका
वरिष्ठ अधिवक्ता ढकालले भने, जति पनि जाहेरी दर्खास्त परेका छन्,त्यसमा मेरो पक्षको नाम छैन ।
शर्मालाई पोल्ने सहअभियक्तको रिसइवि भएका कारण नाम मुछेको उनले दाबी गरे ।
Leave a Reply