‘भक्तपुर काण्ड’ बारे नयाँ पुस्तालाई जानकारी दिँदै जानुपर्ने
- भाद्र १७, २०८३
भक्तपुर, २७ जेठ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा भक्तपुर नपा वडा नं. ७ को आयोजनामा भएको ४ दिने प्राङ्गारिक कृषि खेती तालिमको समापन तथा सहभागी प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण कार्यक्रम शनिबार एक कार्यक्रमबिच सम्पन्न भयो ।
कार्यक्रममा नगर प्रमुख प्रजापतिले भक्तपुरको १० वटै वडाहरूमा प्राङ्गारिक कृषि खेती तालिम सञ्चालनले नगरका किसानहरू लाभान्वित भएको बताउँदै जनताको माग र आवश्यकताअनुसार भक्तपुर नपाले योजना छनोट र नीति निर्माणमा जोड दिँदै आएको बताउनुभयो ।
उहाँले कम्पोष्ट मलको प्रयोगले स्वास्थ्यलाई कुनै हानि नहुने हुँदा प्राङ्गारिक मल प्रयोगलाई व्यापकता दिँदै लानुपर्ने बताउँदै समाज निर्माणमा सबैको एकता आवश्यक हुने बताउनुभयो । जनताको रायसुझावलाई अङ्गीकार गर्दै भक्तपुर नपा जनतासँगसँगै अगाडि बढिरहेको बताउँदै उहाँले सङ्कटलाई अवसरको रूपमा प्रयोग गर्नुपर्ने र असफलता नै सफलताको शुत्र भएको बताउनुभयो ।
समाजवादी देश क्युवामा कृषि विकास र अर्थतन्त्रले त्यसको विकासमा तीव्रता ल्याएको बताउँदै देशलाई आत्मनिर्भर बनाउन जनताहरू आफै जागरुक हुन जरुरी रहेको बताउनुभयो ।
भक्तपुर नपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले नगरलाई आत्मनिर्भर बनाउने उद्देश्यले कृषिसम्बन्धी विभिन्न तालिम उपयोगी हुने बताउँदै नयाँ पुस्तालाई कृषिमा आकर्षण गर्ने उद्देश्यले भक्तपुर नपाले विभिन्न कृषिसम्बन्धी तालिमलाई अगाडि ल्याएको बताउनुभयो ।
भनपा कृषि समितिका अध्यक्ष एवम् भक्तपुर नपा वडा नं. ३ का वडाध्यक्ष राजकृष्ण गोराले तालिम सञ्चालनको उद्देश्यमाथि प्रस्ट पार्दै किसानलाई सचेत पार्न सके प्राङ्गारिक कृषि खेती निकै नै फलदायी हुने बताउनुभयो ।
चारदिने तालिमका प्रशिक्षक प्रविन सिन्ताकलले कृषियोग्य जमिनमा रासायनिक मलको अत्यधिक प्रयोगले माटोको उर्वराशक्ति कमजोर हुँदै गएको बताउँदै प्राङ्गारिक कृषि खेती प्रवद्र्धन गर्न तालिमले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
कार्यक्रममा पूर्व वडाध्यक्ष कृष्णगोविन्द खाइजु, ७ नं. वडा कृषि समितिका संयोजक हेरा ख्याजु, कोषाध्यक्ष शुभद्रा दुमरु र प्रशिक्षार्थीको तर्फबाट रुकेट खायमलीले पनि बोल्नुभएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि प्रजापतिले सहभागी प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र र कम्पोष्ट बिन वितरण गर्नुभएको थियो ।
Leave a Reply