भोटेकोसी बाढी र जलवायु परिवर्तनको प्रभाव ?
- भाद्र १५, २०८३
भक्तपुर, २७ जेठ । भनपा वडा नं ५ को आयोजनामा वडा कार्यालयले एक वर्षमा (६ जेठ २०७९ देखि वैशाख ५ सम्म) सम्पन्न गरेका विभिन्न क्रियाकलापहरू तथा आगामी २०८०/८१ का लागि योजना छनोटका बारेमा स्थानीय अगुवाहरूलाई प्रस्तुतीकरण कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा वडाध्यक्ष योगेन्द्रमान बिजुक्छेँले वडामा जनप्रतिनिधिहरूको कार्य विभाजन तथा एक वर्षको समग्र निर्माण, मर्मत, जनजागरणका क्रियाकलापदेखि खेलकुदसम्मको सचित्र प्रस्तुतीकरण गर्नुभयो ।
त्यस्तै, कार्यपालिका सदस्य कृष्णप्यारी भुजुले निर्माण अनुगमनको अवस्था र चुनौतिका बारेमा बोल्नुभयो भने नगर सभासद् नारायणप्रसाद त्वानाबासुले निर्माण कार्यहरूको विवरण तथा आगामी योजनाका बारेमा जानकारी दिनुभयो । अर्का महिला नगर सभासद रीता फसिकवाले आफू सदस्य रहेको बजार अनुगमन समितिले हालसम्म गरेका कार्यहरूको विवरण दिनुभयो ।
कार्यक्रमको दोस्रो चरणमा पार्टीका अग्रज सत्यनारायण दिदिया र राजाराम चवालले वडा कार्यालयले गर्न सक्ने नयाँकार्यहरू तथा निर्वाचन घोषणापत्रमा जनप्रतिनिधिहरू अडिग रहनुपर्छ भन्नेमा सचेत गराउनुभयो । त्यस्तै स्थानीय युवा अगुवा बलराम सिबन्जार तथा पूर्णगोपाल राजचलले वडा कार्यालयले स्थानीय जनतासँग सहकार्य गरेर अगाडि बढे कार्यहरू प्रभावकारी हुने तथा विवाद रहित हुने बताउनुभयो । कार्यक्रममा युवा, विद्यार्थी, किसान, मजदुर, महिला र शिक्षक प्रतिनिधिहरूको पनि सहभागिता थियो ।
Leave a Reply