त्रिशुली–३ कोे सुरुङबाट विदेशीसहित २०८ को उद्धार
- भाद्र १३, २०८३
भक्तपुर, ३२ जेठ । भक्तपुर नगरपालिकाका प्रमुख एवम् थन्थु दरबार पुनःनिर्माण निर्देशक समितिका संयोजक सुनिल प्रजापतिको अध्यक्षतामा बिहीबार बैठक बस्यो ।
बैठकमा नगर प्रमुख प्रजापतिले २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त धेरै महत्वपूर्ण सम्पदाहरू पुनःनिर्माण तथा जीर्णोद्धार सम्पन्न भइसकेको उल्लेख गर्दै भक्तपुर नपाले यो वर्ष भक्तपुर नपाको पुरानो नगरपालिका भवन रहेको थन्थु दरबार पुनःनिर्माण कार्य अगाडि बढाउने योजनाअनुरूप बहुवर्षीय योजनाको रूपमा समावेश गरिएको बताउनुभयो ।
थन्थु दरबार उत्खननको क्रममा भेटिएका ऐतिहासिक तथा पुरातात्विक वस्तुहरूको दस्तावेजीकरणमा विशेष ध्यान दिनुपर्नेमा जोड दिँदै उहाँले थन्थु दरबारलाई पुरानै मौलिक शैलीमा पुनःनिर्माण गर्न समिति प्रतिबद्ध रहेको बताउनुभयो ।
बैठकले २०७२ सालको भूकम्पबाट भत्किएको भक्तपुर नगरपालिकाको पुरानो भवन रहेको दरबार क्षेत्रस्थित ऐतिहासिक थन्थु दरबार पुनःनिर्माण गर्ने कार्य स्वीकृत नक्सा डिजाइन अनुसार अगाडि बढाउने निर्णय ग¥यो ।
पुनःनिर्माणको क्रममा भेटिने ऐतिहासिक एवं पुरातात्विक महत्वका संवेदनशील सामग्रीहरूको अभिलेख भक्तपुर नगरपालिका, जिल्ला प्रशासन कार्यालय, भक्तपुर र पुरातत्व विभाग, दरबार हेरचाह तथा स्मारक संरक्षण कार्यालय, भक्तपुरमा सुरक्षित राख्ने बैठकले निर्णय ग¥यो ।
उक्त बैठकले थन्थु दरबार पुनःनिर्माणको क्रममा आवश्यक सुरक्षाको बन्दोबस्त जिल्ला प्रशासन कार्यालय, भक्तपुरमार्पmत गर्ने निर्णय ग¥यो ।
बैठकमा भक्तपुर नपाका उपप्रमुख रजनी जोशी, स्मारक संरक्षण तथा दरबार हेरचाह केन्द्र भक्तपुरका प्रमुख अरूणा नकर्मी, इतिहासविद् पुरुषोत्तमलोचन श्रेष्ठ, प्राध्यापक प्रेमनाथ मास्के, इ. सरोज वैद्यलगायतले थन्थु दरबारको इतिहास, महत्व र योगदानबारे आ–आफ्नो विचार प्रस्तुत गर्नुभयो ।
थन्थु दरबार पुनःनिर्माणका आयोजना प्रमुख विजयराम कोजुले थन्थु दरबारको अहिलेसम्मको अवस्था र आगामी योजनाबारे प्रस्तुतीकरण देखाउनुभएको थियो ।
थन्थु दरबार पुनःनिर्माण निर्देशक समितिमा भक्तपुर नपाका जनप्रतिनिधि, जिल्ला प्रहरी कार्यालय, नेपाली सेना, संस्कृतिविद्लगायतको प्रतिनिधित्व रहेको छ ।
Leave a Reply