इरानद्वारा अमेरिका–इजरायललाई चेतावनी
- भाद्र १२, २०८३
पेइचिङ, ३२ जेठ । जून १४ तारिख दिउँसो चीनका राष्ट्राध्यक्ष सी चिनफिङले जन बृहद् सभा भवनमा चीनको राजकीय भ्रमणमा रहनुभएका प्यालेष्टाइनी राष्ट्रपति महमद अब्बाससँग भेट वार्ता गर्नुभएको छ ।
सी चिन फिङले राष्ट्रपति अब्बासलाई पुनः चीनमा भ्रमण गर्नुभएकोमा स्वागत गर्नुभयो । उहाँले चीन र प्यालेष्टाइन असल मित्र भएको र एकले अर्कालाई विश्वास तथा सहयोग गर्ने असल साझेदारी भएको कुरामा पनि जोड दिनुभयो ।
यस अवसरमा चीनले प्यालेस्टाइनसँग मिलेर विभिन्न क्षेत्रको मैत्रीपूर्ण सहकार्यलाई व्यापकरूपमा प्रवद्र्धन गर्न चीन इच्छुक रहेको कुरा पनि उहाँले व्यक्त गर्नुभयो ।
दुवै देशका राष्ट्रनायकले संयुक्त रूपमा चीन र प्यालेष्टाइनसबिच रणनीतिक साझेदारी सम्बन्ध स्थापना गर्ने घोषणा गर्नुभयो । त्यो घटना दुवै देश सम्बन्धको इतिहासमा रहेको महत्वपूर्ण कोसेढुङगा बन्ने छ ।
वार्ताको क्रममा राष्ट्राध्यक्ष सीले प्यालेष्टाइन समस्याको समाधानका लागि ३ बुँदे प्रस्ताव प्रस्तुत गर्नुभयो । पहिलो, स्वतन्त्र प्यालेष्टाइन राज्यको स्थापना गर्नुपर्छ । दोस्रो, प्यालेष्टाइनको अर्थतन्त्र र जनजीवनको चाहनालाई प्रत्याभूति दिनुपर्छ । र तेस्रो शान्ति वार्ताको सही दिशालाई कायम राख्नुपर्छ ।
Leave a Reply