इरानद्वारा अमेरिका–इजरायललाई चेतावनी
- भाद्र १२, २०८३
जुन महिनाको ७ तारिखको दिन चीनको राजधानी पेइचिङमा चीन, पाकिस्तान र इरानका अधिकारीहरूबिच आतङ्कवादको प्रतिरोध गर्ने विषयमा बैठक भएको थियो । यस्तो खालको यो अहिलेसम्मकै पहिलो बैठक थियो । चीनको लागि भने यो बैठक एउटा अर्को महत्वपूर्ण कूटनीतिक पहलकदमी बनेको छ । सो त्रिदेशीय सुरक्षा बैठकमा सुरक्षाका साझा चासोका विषय र एसियामा आतङ्कवादको प्रतिरोध गर्ने विषयमा कुराकानी भएको थियो । बैठकमा भएको गहन छलफलमा आतङ्कवादविरोधी क्षेत्रीय अग्रसरता, अन्तरसीमा आतङ्कवादी गतिविधिमा नियन्त्रणलगायत विषयमा कुराकानी भएको थियो ।
चीन कुनै पनि प्रकारको आतङ्कवादको कडा विरोध र भत्र्सना गर्छ । आतङ्कवादलाई चीनले ‘मानव जातिको साझा शत्रु’ मानेको छ । त्यसकारण, चीनले आतङ्कवादी शक्तिको सशक्त प्रतिरोध गर्न पाकिस्तान, इरान र अन्य देशसँग नजिकबाट सहकार्य गर्दै ती देशका राष्ट्रिय हितको रक्षा र क्षेत्रीय सुरक्षाको चुनौतीको सामना गर्दै आएको छ । चीनले हालैका महिनाहरुमा गर्दै आएका उल्लेखनीय कूटनीतिक प्रयासअन्तर्गत जुन ७ को बैठक अर्को शिलशिला हो । पाकिस्तान, इरान र सो क्षेत्रका अन्य देशका हितमा आँच पार्ने र क्षेत्रीय सुरक्षालाई खतरामा पार्ने आतङ्कवादी शक्तिविरुद्ध निर्णायक कदम चाल्न ती देशहरूसँग चीनले सहकार्य गर्न चाहेको छ ।
ती देशहरूले आतङ्कवादको विरोध र सुरक्षाबारे त्रिपक्षीय वार्तालाई संस्थागत गर्ने निधो गरेका छन् । यसलाई विश्व सुरक्षा पहल (ग्लोबल सेक्युरिटी इनिसिएटिभ–जीएसआई) को कार्यान्वयन र क्षेत्रीय सुरक्षा एवम् स्थायित्व प्रवद्र्धन गर्ने सफल प्रयासको रूपमा लिइएको छ । तीन देशबिच दीर्घकालीन आतङ्कवादविरोधी सहकार्यको निम्ति अझ बलियो खालको संस्थागत संयन्त्रको खाँचो छ । जून ७ को बैठकले सुरक्षाका अन्य क्षेत्रमा पनि भविष्यमा सहकार्यको लागि महत्वपूर्ण आधार बनाएको छ ।
अन्तरदेशीय आतङ्कवादको चुनौतीले ती देशहरूलाई वर्षाँै वर्षदेखि सताइरहेको छ । केही आतङ्कवादी सञ्जाल अझै बलिया छन् र शान्ति तथा स्थायित्वलाई बिथोल्ने सामथ्र्य राख्छन् । आतङ्कवादका यस्ता चुनौतीले पाकिस्तान, इरान र चीनलगायत सबै देशको हितलाई गम्भीर खतरामा पु¥याउँछ । बैठकमा बलुचिस्तान क्षेत्रमा पाकिस्तान–इरान सिमानाको अवस्थालगायत विविध विषयमा छलफल भएको बताइएको छ । साथै अफगानिस्तानभित्र र वरपरको सुरक्षा अवस्थाबारे पनि छलफल भएको थियो । अफगानिस्तानको सुरक्षा अवस्था आज क्षेत्रीय र अन्तर्राष्ट्रिय चासोको विषय बनिरहेको छ ।

पाकिस्तानको कराँचीस्थित कराँची विश्वविद्यालयभित्र रहेको कन्फुसियस इन्स्टिच्युटनजिक रोकिएको भ्यानमा भएको आत्मघाती हमलापछिको घटनास्थल । सन् २०२२ को अप्रिल २७ मा सो घटना भएको थियो ।
छिमेकी देशहरू हुनुको नाताले अफगानिस्तानमा आतङ्कवादसँग जोडिएका गम्भीर सुरक्षा अवस्थाबारे छलफल गर्न पाकिस्तान, चीन र इरानको लागि अपरिहार्य भइसकेको छ । पूर्वी तुर्किस्तान इस्लामिक आन्दोलन (ईटीआइएम) र तेहरिक–इ–तालिवान पाकिस्तान (टीटीपी) जस्ता क्षेत्रीय र विश्वको सुरक्षाको निम्ति गम्भीर खतरा बनेका आतङ्कवादी सङ्गठनहरूले फैलाउने आतङ्कविरुद्ध एकीकृत मोर्चा बनाउन आतङ्कवादविरोधी सहकार्य बलियो बनाउन जरुरी छ । अफगानिस्तानको शान्ति पाकिस्तान, इरान र सम्पूर्ण क्षेत्रको शान्ति र सुरक्षासँग जोडिएको हुन्छ । आतङ्कवादसँग जोडिएका खतरा सामना गर्न बलियो सहकार्यसहितको सञ्जाल बनाउन जरुरी छ ।
त्यसका साथै चीनले अघि सारेको जीएसआईलाई बिना कामको ‘ठुला कुरा’ वा अहिले विद्यमान सुरक्षा संरचनालाई नै ‘नयाँ जलप लगाइएको’ भन्दै गरिएको तर्कमाथि विचार पु¥याउनु आवश्यक छ । जीएसआइको उद्देश्य सुरक्षामा नयाँ अवधारणा स्थापित गर्नु, द्वन्द्वको सट्टा वार्ता र संवादको महत्वमा जोड दिनु, मोर्चाबन्दीभन्दा साझेदारीलाई प्राथमिकता दिनु र शून्य उपलब्धिको खेल खेल्नुभन्दा सबैको लाभ हुने परिणामको निम्ति काम गर्नु हो । सबै राज्यका सुरक्षा र विकास आजको युगमा एक अर्कासँग जोडिएको हुन्छ । त्यसकारण, जीएसआइले सुरक्षा समस्या समाधान गर्नुका साथै शान्तिपूर्ण र सद्भावपूर्ण समुदायको विकास गर्न काम गर्छ ।
आतङ्कवादविरुद्ध प्रमुख कूटनीतिक प्रयास र संवादका अतिरिक्त जीएसआइले क्षेत्रीय शक्तिको आयाम र शक्ति संरचनामा उल्लेखनीय परिवर्तनमा जोड दिन्छ । आज संसारभर बढ्दो धु्रवीकरणको परिस्थितिमा आपसी हित मिलेका देशहरू स्वाभाविक साझेदार हुनु आश्चर्यको विषय होइन । चीनले अग्रसरता लिनेबित्तिकै आज क्षेत्रीय साझेदार देशहरूबिच आपसी सम्बन्धमा परिवर्तन आएको छ ।
चीन विशुद्ध सहजकर्ता हो । क्षेत्रीय शान्तिको निम्ति चीनले आफ्नो प्रभाव पार्न सामथ्र्य राख्छ । पाकिस्तान र इरानबिच सीमा समस्या हुँदा पनि जून ७ को बैठकले चीनले ती दुवै देशलाई एकै ठाउँमा ल्याउन सक्ने सन्देश प्रवाह गरेको छ । यसले नयाँ क्षेत्रीय परिस्थिति र विकासलाई पनि सङ्केत गरेको छ । चीनले हालै साउदी अरब र इरानबिच महत्वपूर्ण सहमति गर्न अहम् भूमिका खेलेको थियो । साउदी अरब र इरानबिच मेलमिलापको कारण आज दुई देशबिच कूटनीतिक सम्बन्ध पुनःस्थापना भएको छ ।
इतिहासकै पहिलोपटक भएको चीन, पाकिस्तान र इरानबिचको आतङ्कवादविरोधी वार्ता शान्ति, क्षेत्रीय विकास तथा आपसी सम्बन्धतिरको सकारात्मक कदम हो । निःसन्देह चीन, पाकिस्तान र इरानको आतङ्कवादविरोधी वार्ता जीएसआइको कार्यान्वयन र क्षेत्रीय सुरक्षा एवम् स्थायित्वको लागि अत्यावश्यक र सफल कदम हो । यस्ता प्रयासबाट पाकिस्तान र इरानले आतङ्कवादी सङ्गठनको संयुक्त पहिचान र अन्तरसीमा आतङ्कवादको प्रतिरोधको लागि सहकार्य प्रवद्र्धन गर्नेलगायत आतङ्कवादविरोधी साझा भूमि पहिल्याउन सम्भव तुल्याउन सक्छ ।
प्रगति र आपसी सम्बन्धको निम्ति जहाँसुकै शान्तिको खाँचो पर्छ । शान्ति र स्थायित्वबिना प्रभावशाली र दिगो विकास सम्भव हुँदैन । चीन, इरान र पाकिस्तानले लिएको पहलकदमी शान्ति, सद्भाव, क्षेत्रीय विकास र आपसी सम्बन्धतर्फको सकारात्मक प्रयास हो । अब आतङ्कवादको प्रतिरोध र क्षेत्रीय सुरक्षाको लागि यस्ता वार्ता र सहकार्य अन्य देशहरूबिच पनि हुन जरुरी छ ।
(लेखक सीजीटीएनको लागि सामयिक मामिलाका विशेष टिप्पणीकार तथा द्वन्द्व अध्ययन र सैनिक मनोविज्ञानको क्षेत्रमा स्वतन्त्र अनुसन्धानकर्ता हुन् । उनी पाकिस्तानको इस्लामावादमा बस्छन् ।)
स्रोतः सीजीटीएन
नेपाली अनुवादः नीरज
Leave a Reply