घातक बाढीपछि चीनमा टाइफुनको खतरा
- असार २६, २०८३
चीनका राष्ट्राध्यक्ष सी चिन फिङले हालै विश्वव्यापी मानवअधिकार सुशासन मञ्चलाई बधाई पत्र पठाउनुभएको छ । चीनले सुरक्षाको माध्यमबाट मानवअधिकारको संरक्षण गर्ने कुरामा जोड दिँदै सीले मानव अधिकारको कार्यान्वयनका लागि सबै देशको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको सम्मान गर्ने, शान्तिपूर्ण विकासको मार्गमा संयुक्त रूपमा अघि बढ्ने, ग्लोबल सेक्युरिटी इनिसिएटिभ (जीएसआई) मा काम गर्ने र सुरक्षित र शान्तिपूर्ण वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो ।
सीको भनाइले सुरक्षा र मानवअधिकारबीचको सम्बन्धलाई गहिरो रूपमा व्याख्या ग¥यो र मानवअधिकारको संरक्षणका लागि सुरक्षित वातावरण कायम गर्न चिनियाँ योजना प्रस्ताव गर्दै मानवअधिकारको कार्यान्वयनका लागि जीएसआईमा काम गर्नुको महत्वलाई जोड दियो ।
मानवअधिकारको विश्वव्यापी घोषणापत्रमा सबैलाई बाँच्न पाउने, स्वतन्त्रता र व्यक्तिको सुरक्षाको अधिकार छ । शान्ति र सुरक्षा मानव अधिकारको प्रवद्र्धन र संरक्षणको लागि आधारभूत शर्त हो । शान्ति र सुरक्षाबिना अरु कुनै पनि मानव अधिकारहरू प्राप्त गर्न सकिँदैन ।
आज विश्वव्यापी मानवअधिकार शासनले विश्व शान्ति र सुरक्षाको विरुद्धमा उदीयमान खतराहरूको विशेषताका रूपमा गम्भीर चुनौतीहरूको सामना गरिरहेको छ । क्षेत्रीय सुरक्षा मामिलाहरू भडकिरहेका छन्, स्थानीय द्वन्द्व र अशान्ति बारम्बार भइरहेका छन् र परम्परागत तथा गैर–परम्परागत सुरक्षा खतराहरू निम्तिरहेका छन् । युद्ध र युद्धले सिर्जना गरेको मानवीय सङ्कटले अफगानिस्तान, सिरिया, लिबिया र अन्य देशलाई अझै सताइरहँदा केही देशहरूले स्वेच्छाचारी रूपमा द्वन्द्व, अन्तरविरोध र युद्धलाई तिव्र बनाएर विश्वका लागि नयाँ सुरक्षा खतराहरू निम्त्यिाइरहेका छन् ।
“विकासको लागि शान्ति र सुरक्षा पूर्व शर्त हो । हामी मानवहरू एक अविभाज्य सुरक्षा समुदायमा बाँचिरहेका छौँ”, सीले बोआओ फोरम फर एसियाको वार्षिक सम्मेलन २०२२ को उद्घाटन समारोहमा मुख्य वक्ताको भाषणमा भन्नुभएको थियो । सम्बोधनमा उहाँले साझा, बृहत्, सहकार्य र दिगो सुरक्षाको दृष्टिकोणमा विश्व प्रतिबद्ध रहनुपर्नेमा जोड दिँदै द्वन्द्वमा वार्ता, गठबन्धनमा साझेदारी र जीतको विशेषतासहितको सुरक्षाको नयाँ मार्ग निर्माण गर्न काम गर्नुपर्नेमा जोड दिँदै विश्व सुरक्षा पहलकदमी –जीएसआईको प्रस्ताव गर्नुभयो । शून्य योगफलको सिद्धान्तलाई त्याग गर्नुहोस् । उहाँले भन्नुभएको कुरालाई अन्तर्राष्ट्रिय समुदायले व्यापक रूपमा मान्यता र समर्थन दिएका छन् ।
यस वर्षको फेब्रुअरीमा, चीनले आधिकारिक रूपमा ग्लोबल सेक्युरिटी इनिसिएटिभ (विश्व सुरक्षा पहलकदमी) जीएसआई अवधारणा पत्र जारी ग¥यो, जसले त्यस पहलकदमीको मूल विचार र सिद्धान्तहरूलाई व्यवस्थित रूपमा व्याख्या गर्दछ र प्राथमिकताहरू, प्लेटफर्महरू र सहयोगका संयन्त्रहरू पहिचान गर्दछ । जीएसआईले विश्वव्यापी सुरक्षा समस्याहरू समाधान गर्ने विचार प्रदान गर्दछ र विश्व शान्ति र स्थिरता कायम गरी विश्वव्यापी मानव अधिकार शासन सुधार गर्न चीनको बुद्धिमत्ता प्रदर्शन गर्दछ ।
मलेसियास्थित थिङ्क ट्याङ्क–सेन्टर फर न्यू इन्क्लुसिभ एसियाका अध्यक्ष ओङ टी कीटले मानवअधिकारको विश्वव्यापी र अभेद्य मूल्य आज विश्वव्यापी शासनमा अनन्त र गम्भीर रूपमा परीक्षण भइरहेको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो – जीएसआईले परम्परागत तथा गैर–परम्परागत सुरक्षा समस्याहरूलाई सम्बोधन गर्दछ र नयाँ सुरक्षा ढाँचा निर्माणको लागि आधार प्रदान गर्छ ।
दिगो विश्व शान्ति हासिल गर्ने चीनको विशिष्ट आकाङ्क्षा हो, जसले गर्दा सबै देशले शान्तिपूर्ण र स्थिर बाह्य वातावरणको आनन्द लिन सकून् र त्यहाँका जनताले आफ्नो अधिकारको पूर्ण सुनिश्चिततासहित सुखी जीवन बिताउन सकून् ।
जीएसआई कार्यान्वयन गर्ने र सन्तुलित, प्रभावकारी र दिगो सुरक्षा संरचना निर्माण गर्ने चीनको प्रयासले विश्वका लागि थप शान्तिपूर्ण र सुरक्षित वातावरण सिर्जना गर्ने र मानव अधिकारको संरक्षण र कार्यान्वयनको लागि यथार्थपरक आधार सुनिश्चित गर्ने अपेक्षा गरिएको छ ।
युक्रेन सङ्कटमा चीन सधैँ शान्तिको पक्षमा उभिएको छ । यसको मूल अडान शान्तिको लागि वार्तालाई सहजीकरण गर्नु हो । यसले क्षेत्रहरूमा मानवीय अवस्थालाई संयुक्त रूपमा सुधार गर्न वकालत गर्दछ र मानवीय सहायताको ब्याचहरू प्रस्ताव गरेको छ । चीनले साउदी अरेबिया र इरानलाई द्विपक्षीय कूटनीतिक सम्बन्ध पुनः सुरु गर्न मद्दत गर्न काम गरेको छ, जसले मध्यपूर्वमा मेलमिलापलाई बढावा दिएको छ र सिरिया, यमन र अन्य देशहरूमा मानवीय सङ्कटलाई कम गर्ने दुर्लभ अवसर प्रदान गरेको छ ।
चीनले अफगानिस्तानको शान्तिपूर्ण पुनर्निर्माणलाई समर्थन गरेको छ, देशको पुनर्निर्माण र विकासको लागि आफ्नो क्षमता अनुसार सहयोग गर्न जारी राखेको छ र अफगानिस्तानको मानवीय र शरणार्थी समस्याहरू समाधान गर्न मद्दत गरेको छ । विश्व शान्ति र स्थायित्व कायम राख्न यी ठोस कार्यहरूले चीन विश्वव्यापी मानवअधिकार शासन सुधार गर्ने जिम्मेवार प्रमुख देश हो भनी सिद्ध गर्छ ।
सबै मानवजातिको साझा हित विश्वमा विभाजित र अस्थिरताको सट्टा एकता र शान्तिपूर्ण स्थिति निर्माण महत्वपूर्ण छ, जसले मानव अधिकारको संरक्षण र प्रवद्र्धन गर्न मद्दत गर्दछ । अन्तर्राष्ट्रिय शान्ति र सुरक्षा कायम गर्न, आर्थिक र सामाजिक उन्नति प्रवद्र्धन गर्न र मानव अधिकारको सम्मानलाई प्रोत्साहित गर्ने संयुक्त राष्ट्र सङ्घको बडापत्रमा तोकिएका तीनवटा मिसनहरू हुन् ।
चीनले सधैं संयुक्त राष्ट्र सङ्घको बडापत्रको उद्देश्य र सिद्धान्तहरूको पालना गर्छ, सबै देशको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको सम्मान गर्छ र अन्य देशको आन्तरिक मामिलामा हस्तक्षेप गर्दैन । यसले सबै देशहरूलाई उनीहरूको राष्ट्रिय अवस्थाअनुरूप मानवअधिकार विकासको लागि स्वतन्त्र रूपमा मार्ग छनौट गर्न समर्थन गर्दछ र अन्य देशहरूविरुद्ध स्वेच्छाचारी नाकाबन्दीहरू, प्रतिबन्धहरू र अन्य आधिपत्यवादी अभ्यासहरूको विरोध गर्दछ ।
मानवअधिकारलाई अन्य देशको आन्तरिक मामिलामा हस्तक्षेप गर्न वा विकासलाई रोक्नको लागि बहानाको रूपमा प्रयोग गर्नुहुँदैन र मानवअधिकारका मुद्दाहरूलाई राजनीतिकरण, हतियार बनाउने वा ज्यावलीकरण गर्नु हुँदैन भन्ने विश्वासमा चीन सधैं अडिग छ । यसले मानव अधिकारको भेषमा विश्व शान्ति र स्थिरतालाई कमजोर पार्ने कुनै पनि अभ्यासको विरोध गर्छ ।
सुरक्षाको मुद्दाले सबै देशका जनताको हित, विश्व शान्ति र विकासको मूल कारण र मानवताको भविष्यलाई जोड दिन्छ । शान्तिपूर्ण विकासको बाटोमा चीन प्रतिबद्ध रहनेछ । जीएसआईलाई पछ्याउन र मानव अधिकारको संरक्षण तथा प्रवद्र्धनमा निरन्तर योगदान गर्दै भयमुक्त र विश्वव्यापी सुरक्षाको आनन्द लिने विश्व निर्माण गर्न अन्तर्राष्ट्रिय समुदायसँग काम गर्न चीन तत्पर छ ।
(पिपुल्स डेली)
जून २०, २०२३
अनुवाद : प्रकाश
Leave a Reply