जाँचबुझ आयोगमा सरोकारवालाहरूको बयानको सार सङ्क्षेप – ५१
- असार २६, २०८३
एउटा प्रचलित उखान छ, ‘बगेको पानी बासी हुँदैन, ढोकाको कब्जा कीराले खाँदैन ।’ दलका राजनीतिक कार्यकर्ताहरू निरन्तर खटिरहनुपर्छ । निरन्तर खटिरहेमा दिमागमा खिया लाग्दैन, अल्छी हुँदैन । निरन्तरको गतिले दिमाग सुसूचित भइरहन्छ । कुनै काम सफल या असफल के भइरहेको छ नियमितरूपले जाँचबुझ भइरहनुपर्छ । कम्युनिस्टहरू आलोचना र आत्मालोचनदेखि डराउनु हुँदैन । आफूसँग भएका ज्ञान, गुण र सीप या कला अरूलाई बाड्नुपर्छ । चिनियाँ भनाइ छ, ‘जाने जति कुरा नलुकाइकन भन’, ‘भूल गरेको भए या सुधार नगरेको भए त्यसबाट जोगिएर बस ।’ यसको अर्थ हाम्रो मानव जीवनमा विभिन्न प्रकारका राजनीतिक कीटाणुबाट जोगाउनुपर्छ । भविष्यमा गल्तीबाट जोगिन बितेका गल्तीहरूबाट सिक्नुपर्छ । यही यो, शुद्धीकरण आन्दोलन । के हामीले आफ्नो सफा अनुहारमा राजनीतिक धुलो र मयल पर्न नदिने प्रयास गर्नु राम्रो होइन ?
चिनियाँ लेखक समा छ्येनले भनेका थिए, कसैको मृत्यु थाएसान पहाडभन्दा ग¥हुँगो हुन्छ, कसैको मृत्यु प्वाँखभन्दा हलुङ्गो हुन्छ । जनताको सेवा गर्दागर्दै मृत्यु हुनु पक्कै पनि पहाडभन्दा ग¥हुँगो हुन्छ । फासीवादी, विस्तारवादी, साम्राज्यवादी, प्रतिक्रियावादी, पुँँजीवादीहरूको पक्षमा काम गर्नु, शोषक र उत्पीडकहरूको निम्ति सेवा गरेर मर्नु प्वाँखभन्दा हलुङ्गो हुन्छ । कम्युनिस्टहरू सत्यको पक्षमा डटेर अघि बढ्नुपर्छ । कम्युनिस्टहरू आलोचनादेखि डराउँदैनन्, उनीहरू आफ्नो गल्ती सच्याउन पनि तयार हुनुपर्छ । एउटा गल्ती छोप्न अर्को गल्ती गर्ने होइन । हरेक सवाललाई विश्लेषणात्मक ढङ्गले हेर्नुपर्छ । हरेक कुराको गहिरो अध्ययन नगरी नकार्ने या नसुन्ने गर्नु हुँदैन । लेनिनले ठोस परिस्थितिको ठोस विश्लेषण गर्नुपर्छ भनेका थिए । ठोस परिस्थितिको ठोस विश्लेषण नहुँदा, नगर्दा समयमा काम पूरा नहुन सक्छ । यसबाट गलत विश्लेषण हुन जान्छ र अनि काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर हुन्छ ।
आफूलाई कम्युनिस्ट भनिने सत्तासीन दलका नेताहरू सत्तामुखी राजनीति गर्छन्; लोभलाभको राजनीति गर्छन्; झूटको खेती गर्छन्; सिद्धान्त र विचारभन्दा एकले अर्काेलाई हिलो छ्याप्छन् । उनीहरू इज्जत बेइज्जतको ख्याल गर्दैनन्; जनताको दुःख सुखको मतलब राख्दैनन्; भन्न हुने नहुनेको ख्याल राख्दैनन् । कम्युनिस्ट आन्दोलन कसरी अघि बढाउने, कम्युनिस्ट पार्टी कसरी बलियो बनाउने र आमूल परिवर्तनको निम्ति जनतालाई सचेत र सङ्गठित गर्नेबारे ध्यान दिँदैनन् । कम्युनिस्टको वर्गीय शत्रु विस्तारवादी भारत र साम्राज्यवादी अमेरिकाको पक्षपोषण गर्ने, उनीहरूको पछि लाग्ने नेपालका सत्तासीन कम्युनिस्टहरूले बहुमत जनताको सेवामा लाग्छन् भन्ने कसरी विश्वास गर्ने ?
Leave a Reply