भर्खरै :

नेमकिपा देश र जनताको हितको निम्ति सङ्घर्षरत

नेमकिपा देश र जनताको हितको निम्ति सङ्घर्षरत

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाललाई संसद् परिसरमा एक सांसदले भनेका थिए, “तपाईँहरूलाई लोभ पनि छैन, डर पनि छैन । हो, नेमकिपालाई देशी तथा विदेशी कुनै पनि शक्तिको लोभ छैन, डर पनि छैन । त्यसो गर्न दलले आत्मसात गरेको विचार तथा सिद्धान्तले दिँदैन, सिकाउँदैन । सांसद प्रेम सुवालले एक्लै भए पनि राष्ट्रिय र अन्तर्राष्ट्रिय विषयमा गौरवका साथ राखेको विचार र अडानबाट प्रभावित भएर उनले उपर्युक्त भनाइ राखेकोमा शङ्का छैन । नेमकिपा एउटा निश्चित विचार र सिद्धान्तलाई शिरमा राखेर निरन्तर देश र जनताको निःस्वार्थ सेवामा अगाडि बढिरहेको पार्टी भएको सबैले देखिरहेकै छन् ।
हो, नेमकिपाका नेता तथा कार्यकर्ताहरू माक्र्सवाद, लेनिनवाद र माओ विचारधारलाई छातीमा राखेर देश र जनताको सेवामा निरन्तर अगाडि बढिरहेका छन् । संसद्मा विगतदेखि नेमकिपाका सांसदहरूले प्रखर प्रतिपक्ष भएर देश र जनताको हितमा, अन्तर्राष्ट्रिय मामिला र विषयमा स्पष्ट विचार राख्न पछि परेनन् । ठूला भनिएका दलका नेता, सांसदहरू देशी, विदेशी शक्तिको विष पोतेको गुलियो चास्नीमा डुबिसकेको हुँदा लोभ र सुविधामा, आइसी र डलरमा फसेको हुँदा देशको स्वतन्त्रता र हितमा केही काम गर्न सक्नेछैनन् । उनीहरू झन्झन् लोभमा फस्दै जाने सम्भावना छ । त्यसैले उनीहरूमा मालिकको अगाडि पालेको कुकुरले पुच्छर हल्लाएर बसेजस्तै डर पनि छ । उनीहरू लगाम अर्कैको हातमा परेको घोडाजस्तै भएका छन् । उनीहरुले कहिले एक आपसमा भुक्न लगाउने, कहिले एकआपसमा जुताउने, भिडाउने, फुटाउने गर्दै आएको पत्रपत्रिकामा आएकै हो । उनीहरू विचार र सिद्धान्तलाई शिरमा नराख्दा, जसरी पनि पद र सुविधा पाउन खोज्दा त्यस्तै कसैको गोटी बनेका हुन् ।
सत्तासीन दलका नेताहरू जिम्मेवार नहुँदा देशको भाग्य निर्माणसँग जोडिएको, देशको भविष्यसँग जोडिएको महत्वपूर्ण विषयमा पनि हुन्छ, हुँदैन भनी निर्णय गर्छन् र निर्णय गराउँछन् । यदि सबै दल नेमकिपाजस्तो भइदिएको भए, यदि सबै सांसदहरू नेमकिपाका जस्ता सांसदहरू भइदिएका भए आज नेपाल र नेपाली जनताको अवस्था अहिलेको जस्तो दयनीय हुने थिएन । देश स्वतन्त्र, स्वाधीन तथा सार्वभौम देश हुने थियो । कसैको अगाडि नझुक्ने देश हुने थियो । देशघाती कोसी सम्झौता, गण्डक सम्झौता हुने थिएन । देशघाती एमसीसी सम्झौता हुने थिएन । भ्रष्टाचार हुने थिएन । कारखाना, उद्योग, नदी नालाहरू बेच्ने थिएन । आफ्नै देशका जनतालाई नक्कली भुटानी शरणार्थी बनाएर बेच्ने थिएन । देश आफ्नै पौरख र पसिनाले बनाउने प्रयास हुन्थ्यो । देश आफ्नै खुट्टामा उभेर निरन्तर अगाडि बढिरहेको हुन्थ्यो । चीन तथा कोरियाका जनताजस्तै, क्युवा र भियतनामका जनताजस्तै नेपाली जनता पनि सबै एक भएर नेपाल र नेपाली जनता बनाउन लागिरहेका हुन्थे ।
हो, नेमकिपालाई लोभ पनि छैन, डर पनि छैन । स्वदेशी तथा विदेशी शक्तिको विष पोतेको गुलियो चास्नीमा नेमकिपा डुबेको छैन । नेमकिपाले एनजीओ तथा आईएनजीओको हिलो पोखरीमा पौडी खेलेको पनि छैन । नेमकिपा त्यसमा सचेत र सजग छ । नेमकिपालाई यस्ता एनजीओ र आईएनजीओलाई हतियार बनाएर साम्राज्यवादी, उपनिवेशवादी र विस्तारवादीहरूले विश्वका कैयौँ देशहरू सिध्याएको इतिहास छ । गलत काममा देश र जनतालाई घात हुने, नोक्सान हुने काम कसैले गर्न खोज्दा चाहे देशी होस् या विदेशी, त्यसलाई बेलैमा रोक्न वा बचाउने प्रयासमा नेमकिपा कहिल्यै पछि परेन ।
किसानको आँसु पुछ्ने प्रचण्डको सरकारले कृषिप्रधान देशका किसानहरूलाई मल दिइरहेको सहुलियत रोकेपछि नेमकिपाले राजधानीमा विरोध जुलुस र सभा राखेर सरकारको ध्यानाकर्षण ग¥यो । असार सुरु भयो तर कृषिप्रधान देशमा मल छैन । सरकार कृषकहरूप्रति बेवास्ता गर्छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई खुसी पार्न आफू र आफ्नो पद तथा सुविधा जोगाउन हत्तारहत्तारमा प्रम दाहालले देशघाती नागरिकता विधेयक चढाए । राष्ट्रपति रामचन्द्र पौडेलले पनि हत्तपत्त सही गरे । त्यसको विरोधमा नेमकिपाले जेठ २१ गते काठमाडौँको माइतीघर र कोटेश्वरबाट संसद् भवनअगाडि बानेश्वरमा विरोध ¥याली तथा सभा गरेर प्रचण्ड सरकार र शासक दलहरूलाई खबरदारी ग¥यो र सचेत गरायो । त्यसअनुसार संसद् पनि चल्न सकेन र स्थगित भयो । सर्वाेच्च अदालतले त्यसलाई परमादेश दिएर रोक्ने काम ग¥यो । यसलाई खारेजै गर्नुपर्छ भनेर देशभरका देशभक्त जनताले आवाज उठाइरहेका छन् ।
अमेरिकी साम्राज्यवादको हतियार एसियाघाती एमसीसी सम्झौताको विरोधमा नेमकिपाले बेलैमा विरोध ¥याली तथा सभा गरेर सरकार र शासक दलहरूलाई सचेत पार्दै चेतावनी दिएको थियो । तर, सत्तासीन दलहरूले तीन करोड नेपाली जनतालाई संसद् र सडकमा नाटक मञ्चन गरेर एमसीसी पास गरेका थिए । सायद उनीहरूलाई अमेरिकी साम्राज्यवादको धम्की र डरलाग्दो हो । त्यसबेला संसद्मा नेमकिपाका सांसद प्रेम सुवाल एक्लै एमसीसीको विरोधमा आवाज बुलन्द गरिरहेका थिए । त्यतिखेर नेमकिपाका जस्ता सांसदहरू अरू भइदिएका भए, अरू सांसदहरू लोभलालचमा नफसेका भए एमसीसी सजिलै पास हुने थिएन ।
नेमकिपा देश र जनताको हितको निम्ति लड्दै आएको पार्टी हो । नेमकिपाले व्यक्तिगत स्वार्थभन्दा देश र जनताको निःस्वार्थ सेवा गर्दै आएको छ । नेमकिपाको विचार, व्यवहार र क्रियाकलापको जनताले मूल्याङ्कन गर्दै आएका छन् । उनीहरूदेखि खराब विचार, सोच र कामका भ्रष्टाचारी, देशघाती, साम्राज्यवादीहरू सबै डराउँछन् । हामीकहाँ भीमसेन थापा, शुक्रराज शास्त्री, गङ्गालाल श्रेष्ठजस्ता देशका वीर योद्धाहरू पनि छन् । संसारको अगाडि माक्र्स, लेनिन, स्तालिन, माओ त्सेतुङ, किम इल सङ, फिडेल क्यास्ट्रो, चे ग्वेभारा, अब्राह्म लिङ्कन, प्याट्रिस लुम्बुवा, क्रिसहानी, नेल्सन मण्डेला, सद्दाम हुस्सेन, मुहम्मद गद्दाफी, यासेर आराफाट, होचि मिन्हजस्ता कैयौँ नेताहरू छन् । साँच्चै देशमा नेपाल र नेपाली बनाउन त्यागी तथा निडर दलका नेता र सांसद बन्न कुनै गलत तागत, देशी विदेशी शक्तिको लोभ र धम्कीको अगाडि नझुक्ने नेमकिपाजस्तो पार्टीको आवश्यकता छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *