‘भान्छाघर नै औषधालय’ विषयक अभिमुखीकरण कार्यक्रम
- असार २५, २०८३
भक्तपुर, १४ असार । भक्तपुर नगरपालिकाको आयोजनामा कक्षा १–३ को एकीकृत पाठ्यक्रमबारे दुईदिने पुनर्ताजगी कार्यक्रम बिहीबारबाट सुरू भएको छ । कार्यक्रमको उद्घाटन सत्रमा नगर प्रमुख सुनिल प्रजापतिले तालिमका राम्रा शिष्य नै विद्यालयका राम्रा शिक्षक हुने र त्यस्तै शिक्षकले मात्रै देशको लागि असल र योग्य जनशक्ति उत्पादनमा योगदान पु¥याउनसक्ने विचार व्यक्त गर्नुभयो ।
भक्तपुर नगरपालिकाले देशकै निम्ति कलेजहरू उदाहरणीय रूपमा सञ्चालन गरिरहेकोमा अब विद्यालयको जगलाई विशेष ध्यान दिएको चर्चा गर्दै उहाँले देशबाट योग्य र दक्ष जनशक्ति विदेश पलायन हुनु चिन्ताको विषय हुँदा सानै उमेरदेखि देशभक्तिको पाठ विद्यार्थीलाई सिकाउनुपर्नेमा जोड दिनुभयो ।
देशलाई समृद्ध बनाउने मूल आधार नै अनुशासन हो भन्दै उहाँले शिक्षकहरू अनुशासित भए विद्यार्थीहरू अनुशासित हुने हुँदा विद्यार्थीलाई ‘सपनाको देश’ कुनै विदेश नभई आफ्नै देश बनाउन उत्प्रेरित गर्नुपर्ने बताउनुभयो ।
देशको आवश्यकता अनुसन्धानले पुष्टि गर्ने हुँदा चीन–अमेरिका जस्ता देशहरूले अनुसन्धानमा धेरै लगानी गरिरहेको चर्चा गर्दै उहाँले अब भक्तपुर नपाले पनि अनुसन्धान केन्द्र बनाई काम अगाडि बढाउन लागेको जानकारी दिनुभयो ।
भक्तपुरलाई ज्ञानविज्ञानको केन्द्र बनाउने ध्येयले ख्वप विश्वविद्यालय बनाउन चाहेको उल्लेख गर्दै उहाँले ख्वप विश्वविद्यालय सञ्चालन गर्न पाएको भए सस्तोमा स्तरीय चिकित्सालगायत उच्च शिक्षा प्रदान गर्ने बताउनुभयो ।
सङ्घीय र प्रदेश सरकारले ऐनले दिनुपर्ने रकमसमेत नदिई भक्तपुर नगरपालिकालाई विभेद गरेकोमा आक्रोश पोख्दै नगर प्रमुख प्रजापतिले भक्तपुर नगरपालिका आत्मनिर्भर भएर अगाडि बढ्छ, कसैको अगाडि झुक्दैन भन्नुभयो ।
आदर्श आजाद माविका प्रअ श्रीकृष्ण किसीको सभापतित्वमा भएको उक्त कार्यक्रममा भनपाको विद्यालय अनुगमन समितिका संयोजक एवं वडा नं. ५ का वडाध्यक्ष योगेन्द्रमान बिजुक्छेँले वर्षे बिदाको सदुपयोग गर्दै तालिम चलाएको बताउनुभयो ।
ज्ञानलाई अद्यावधिक गर्न पनि पुनर्ताजगी तालिम आवश्यक भएको उहाँले उल्लेख गर्नुभयो ।
कार्यक्रममा नगर शिक्षा शाखा प्रमुख कृष्णप्रसाद कर्माचार्यले स्वागत मन्तव्य राख्नुभएको थियो ।
तालिममा नगरभरिका सामुदायिक र संस्थागत विद्यालयका ९५ जना शिक्षकहरूको सहभागिता रहेको छ ।
तीन समूहमा विभाजन गरी दिइएको उक्त तालिममा प्रशिक्षकहरू हरि निरौला, रोहित फुँयाल र सानुकाजी महतले कक्षा १–३ को एकीकृत पाठ्यक्रम, पाठ्यपुस्तकको प्रयोग, शिक्षण सामग्रीको निर्माणलगायतका विषयहरूमा तालिम दिनुभएको थियो । तालिम शुक्रबार पनि चालु रहनेछ ।
Leave a Reply