भर्खरै :

के यो सत्य हो ?

क कानुन व्यवसायी बालकृष्ण न्यौपानेले एउटा सञ्चार माध्यममा खुलासा गरे – माओवादी सशस्त्र द्वन्द्वको बेला योगेश भट्टराईसहित केही मान्छे माओवादी दावी गरी आफ्नो ल फर्ममा आएर एउटा मुद्दा तत्काल मिलापत्र गराउनू नभए कारबाही गर्ने भनी धम्की दिए । मुद्दा तत्कालीन राजदरवार नजिकका मानिसविरूद्धको थियो । योगेशका श्रीमतीकी नातेदारको मुद्दा थियो ।
प्रेम आलेले योगेशलाई हतियार तस्करको आरोप लगाएपछि सो घटना मलाई स्मरण भयो । त्यसबेला योगेशलाई ‘गिँडिजाने, तर्साईमा तर्सने होइन’ भनी आफूले जवाफ दिएँ ।
योगेशको सम्पत्ति छानबिन गरौँ ! उनको बुबाको सम्पत्ति कति छ ?
क माओवादीका माधव सापकोटाले एउटा सञ्चार माध्यममा भने – “सबभन्दा बढी गुण्डागर्दी पैसाको चलखेल, अस्वस्थ गर्ने सिन्धुपाल्चोक गएर हेर्नुभयो भने मोहनबहादुर बस्नेत पनि धेरै गुण्डागर्दी गर्छन् ।
क कोशी प्रदेशमा एमालेको ४०, नेकाको २९, माओवादीको १३, एकीकृत समाजवादीको ४, राप्रपाको ६ र जसपाको १ सदस्य छन् । राप्रपा र एमाले संयुक्त भए ४६ र नेका, माओवादी, एस संयुक्त भए ४६ मत हुन्छ । निर्णायक मत जसपाकी निर्मला लिम्बुको हो । लिम्बुले कोशी प्रदेशलाई किराँत–लिम्बुवान नाममा परिणत गर्न जसले सहयोग गर्छ उसैलाई मत दिने बताइन् । एमाले र नेका कोशी प्रदेशको पक्षमा छन् भने माओवादीले नाम परिवर्तन गर्नेबारे स्पष्ट बोलेको छैन । यतिबेला कोशी प्रदेशमा पुनः चुनाव हुने दाबी पनि सार्वजनिक भइरहेको छ ।
क एक समाचार माध्यममा चर्चा चल्यो – “पशुपतिमा जलहरी भ्रष्टाचारको विषय उठ्ने बित्तिकै एमालेको टाउको किन दुख्छ ? महालेखा परीक्षक र अख्तियारमा प्रश्न उठेको जलहरी काण्डबारे संसद्मा प्रश्न उठ्नु स्वाभाविक हो । एउटा लोककथामा बहुमूल्य वस्तु चोरी भएको पत्ता लगाउन गन्यमान्यको भेला हुँदा चोरका खुट्टा काट् भन्नासाथ एक गण्यमाण्यले खुट्टा उठाएको जस्तै एमालेको स्थिति हो र ?”
क प्रधानमन्त्री पुष्पकमल दाहालले संसद्बाट बजेट पारित गराउन ललिता निवासको सरकारी जग्गा हिनामिनाको फाइल खोलेको र गौर हत्या र दरबार हत्याको खोजी र छिनोफानो गर्ने दाबी गरेको अर्को समाचार माध्यममा चर्चा चलेको हो र ?
क एउटा सञ्चार माध्यममा उल्लेख भयो – “नेपालमा कानुनले काम गरेको भए प्रम र मन्त्री भएका धेरै जेलमा हुन्थे, तर कानुनले काम गरेन ।”
क एउटा सञ्चार माध्यममा सार्वजनिक भयो – पाँचथरको फिदिम नगरपालिकाको मेयर मिनप्रसाद काफ्लेले चुनावमा नेकाको मेयर पदको उम्मेदवारी प्राप्त गर्न आरजु राणालाई २ करोड बुझाएका थिए ।
क पूर्वप्रधानन्यायाधीश रामप्रसाद श्रेष्ठले धोवी खोलाको ४ आना जग्गा हडपेर घर बनाएको र अहिले सो घर जग्गा वरिष्ठ अधिवक्ता सतिशकृष्ण खरेललाई बिक्री गरेको पनि समाचार माध्यममा सार्वजनिक भए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *