जलवायु परिवर्तनका कारण विश्वका नदीहरूमा अक्सिजन तीव्र रूपमा घट्दै : अध्ययन
- जेष्ठ ३, २०८३
रुस युक्रेन युद्धकै बिचमा यो हप्ता रुसमा सैनिक विद्रोह भएको समाचार पश्चिमी मिडियाले विश्वभरि तरङ्ग ल्याउन खुब प्रयास गरे । युक्रेनलाई हतियार दिएर युद्ध मच्चाउँदा मच्चाउँदा शिथिल भइसकेको अवस्थामा अमेरिकाको अनुहार एकाएक हँसिलो भएको थियो । वाग्नर समूहलाई प्रतिबन्ध लगाउने भनेर चिच्याइरहेको अमेरिका यो घटनालगत्तै प्रतिबन्धको कुरा हरायो भने अर्कोतिर नाटोको हतियारले हराउन नसकेको रुसलाई यही ‘प्रिगोजिन’ नामको हतियारले हराउन सकिन्छ भनेर ‘रुसमा सैनिक विद्रोह’ भनेर पश्चिमी मिडियाबाट खुबै हल्ला चलाए तर २४ घण्टा नबित्दै विद्रोहरूपी बेलुनको हावा फुस्केपछि अमेरिकाको अनुहारमा फेरि पुरानै निराशा देखिएको छ ।
घटनाको वास्तविकता
सफलता प्राप्त हुँदै जाँदा मान्छेमा महत्वाकाङ्क्षा बढ्दै जाने स्वभावअनुसार सोलेडार र बाक्मुट दुई सहर युक्रेन सेनाबाट रुसी सेनाको सहयोगमा प्रिगोजिनको नेतृत्वको ‘वागनर समूह’ ले मुक्त गरेपछि प्रिगोजिनमा सायद अति महत्वाकाङ्क्षा बढेको हुनुपर्छ । उनले एउटा अन्तर्वार्तामा युक्रेन कब्जा गरेपछि त्यहाँको राष्ट्रपति बन्ने भनेर बच्चपना कुरा गरेका थिए । उनले खुलमखुला वागनर समूहमा भर्नाको लागि रुसी युवाहरूलाई आह्वान गरे । यस्तो गर्नु रुसी कानुनअनुसार अवैधानिक थियो । त्यसैगरी, वागनर समूहलाई पर्याप्त हतियार उपलब्ध नगराएको भनेर रुसी रक्षा मन्त्रीको खुलमखुला गाली गरेको भिडियो सामाजिक सञ्जालमा पोष्ट भयो । यसबाट रुसी सेनामा पनि असन्तुष्टि बढेको हुनुपर्छ । यहीबाट रुसी सेना र वागनर समूहबिच पछिल्लो समय मनमुटाव बढ्दै गयो । समाचारअनुसार वागनर समूहमाथि रुसी सेनाको मिसाइल हमलाबाट केही वागनर लडाकुको मृत्युको समाचार पनि बाहिर आयो । त्यसको बदलामा वागनर लडाकुले रुसी हेलिकोप्टरमाथि गोली हाने । यहीबाट भुसको आगोसरि पुटिन सरकार हटाउन वागनर समूहले मस्को घेरा हालेकोे समाचार फैलियो ।
रुसी सेना र वागनर समूहबिचको द्वन्द्व समाधानको लागि रुसको अनुमतिमा बेलारूसी राष्ट्रपति लुकासेन्कोले वाग्नर र रूसी सेनाबिचको झगडालाई मिलाउन सहजकर्ताको भूमिकामा प्रिगोजिनसँग वार्ता गरेका थिए । दुई पक्षबिचको सम्झौताअनुसार वाग्नर समूहलाई विद्रोहमा उनको भूमिकाको लागि कुनै द्वन्द्व दिइने छैन र बरु बेलारुस सुरक्षित बहिर्गमन हुने रुसी सरकारले प्रत्याभूति दिए । परिणामस्वरूप तिनीहरू रूसी भूमिमा रक्तपातपूर्ण लडाइँ सुरु नगर्ने सहमतिमा आए । विद्रोहमा भाग नलिने वागनर सेनाले रूसी रक्षा मन्त्रालयसँग सम्झौतामा हस्ताक्षर गर्ने छन् र रुसी सेनामा सामेल हुन बाटो खुल्ला हुने भएको छ ।
को हुन् यगेनिभ प्रिगोजिन ?
सुरुमा प्रिगोजिन सडक पेटीमा सामान बेच्थे । व्यापार फस्टाएपछि उनले रेष्टुरेन्ट चलाए । उक्त रेष्टुरेन्टमा पुटिन खाना खान जान्थे । प्रिगोजिन आफैँ पुटिनको प्लेट पुछ्थे । एकपटक पुटिनको निम्ति खाना ल्याएको फोटो पनि पत्रिका छापिएको थियो । त्यतिबेलादेखि प्रिगोजिनलाई पुटिनको भान्छे भन्न थालेको हो । यसरी पुटिनसँग नजिकिँदै गएपछि यसको व्यवसाय बढ्दै गयो र कालान्तरमा ठुलो ठेकेदार बन्न पुगे । हामीकहाँ निजी सुरक्षा गार्डको कम्पनी रहेजस्तै प्रिगोजिनले निजी सेनाको कम्पनी स्थापना गरे । पुँजीवादको विशेषताअनुसार समाजमा सेना पनि भाडामा पाउनु स्वाभाविक हो ।
के हो वागनर समूह ?
वागनर समूह रूसस्थित प्रिगोजिनको निजी सैन्य कम्पनी हो । वागनर समूह मुख्यतया एक निजी सैन्य कम्पनीको रूपमा सैन्य अपरेसनको लागि परिचित छ । यसका गतिविधिहरू, लडाइँ अपरेसनहरू, सुरक्षा सेवाहरू, प्रशिक्षण र परामर्श र खानी उत्खननजस्ता क्षेत्रमा रहेका छन् । वागनर समूह पहिलो पटक सन् २०१४ मा पूर्वी युक्रेनमा भएको द्वन्द्वको बेला चर्चामा आएको थियो, जहाँ यसले रुस समर्थक पृथकतावादी सेनासँग मिलेर युक्रेनविरुद्ध युद्ध सञ्चालन गरेको थियो । यो सिरियामा पनि सक्रिय छ, जहाँ यसले विपक्षी समूहहरूविरुद्धको लडाइँमा सिरियाली सरकारी सेनाहरूलाई समर्थन गरेको छ ।
वागनर समूहले धेरै उच्च–प्रोफाइल घटनाहरूमा कथित संलग्नताको कारण विश्वको ध्यान केन्द्रित भएको छ । यसका गतिविधिहरूको बाबजुद रूसी सरकारले आधिकारिकरूपमा वाग्नर समूहको अस्तित्व वा विदेशमा द्वन्द्वहरूमा संलग्नतालाई स्वीकार गरेको छैन । यस समूहलाई यसको अनौपचारिक स्थितिको कारण प्रायः ‘छाया सेना’ भनिन्छ ।
यस समूहले युक्रेन र सिरियालगायतका विभिन्न क्षेत्रहरूमा सशस्त्र द्वन्द्वमा भाग लिएको छ । यी द्वन्द्वहरूमा, वागनर समूहका भाडाका सैनिकहरू प्रत्यक्ष लडाइँमा संलग्न छन् । त्यसैगरी व्यक्तिहरू, कम्पनीहरू र सरकारहरूलाई पनि सुरक्षा सेवाहरू प्रदान गर्दछ । यसले सम्पत्ति, पूर्वाधार वा उच्च जोखिम वातावरणमा कर्मचारीहरूको सुरक्षा गर्छ । सैन्य रणनीति, सुरक्षा र अन्य सम्बन्धित क्षेत्रहरूमा प्रशिक्षण र परामर्श सेवाहरू प्रदान गर्दछ । वागनर समूहले द्वन्द्व क्षेत्रहरूमा स्थानीय सेनाहरूलाई तालिम र सल्लाह पनि दिने गरिएको छ ।
वागनर समूह विभिन्न देशहरूमा संलग्न रहेका छन् । यसको सञ्चालनको सही सङ्ख्या र सीमा सार्वजनिकरूपमा खुलाउने गरिएको छैन । सुडानमा वागनर समूह कथितरूपमा सुरक्षा र प्रशिक्षण सेवाहरू प्रदान गरेको भनिन्छ । लिबियामा चलिरहेको द्वन्द्वमा विभिन्न गुटहरूलाई समर्थन गर्दै सञ्चालन गरेको आरोप वागनर समूहलाई लगाइएको छ । वागनर समूहका सेन्ट्रल अफ्रिकी रिपब्लिकमा विद्रोही समूहविरुद्धको लडाइँमा सरकारलाई समर्थन गरिरहेका छन् । मोजाम्बिकको काबो डेलगाडो प्रान्तको द्वन्द्वमा वागनर समूहको संलग्नता रहेको विश्वास गरिन्छ । यी केही उदाहरणहरू हुन् । तर, वागनर समूहका गतिविधिहरू प्रायः गोप्य हुन्छन् र केही देशहरूमा यसको उपस्थिति सार्वजनिकरूपमा पुष्टि हुन गा¥हो छ ।
२० औँ हजार लडाकुलाई कसरी निजी क्षेत्रबाट व्यवस्थापन गर्छ भनेर सबैलाई लाग्छ । वागनर समूहले आधिकारिकरूपमा कहाँबाट खर्च जुटाउँछ भन्ने प्रस्ट नभए पनि खानी र तेल उत्खननजस्ता कार्यमा संलग्न रहेर आम्दानी गर्ने गरेको विश्वास गरिन्छ । यी गतिविधिहरू वागनर समूहको वित्तीय आधार रहेको हुन्छ । वागनर समूह विभिन्न ग्राहकहरूलाई भाडा सेवाहरू प्रदान गर्नेको रूपमा पनि चिनिन्छ । सम्भवतः यी सम्झौताहरूले समूहको लागि आयस्रोतको रूपमा पनि काम गर्दछ । वागनर समूहको गोप्य प्रकृति र रूसी सरकारद्वारा यसको अस्तित्वको आधिकारिक मान्यताको कमीको कारण यसको वित्तीय व्यवस्थाको सही विवरण सार्वजनिकरूपमा उपलब्ध छैन ।
‘अवसरवादी साथी हुनुभन्दा आलोचक मित्र राम्रो हुन्छ’ भन्ने कथनलाई मनन गर्दा पुटिनले चकचके अति महत्वाकाङ्क्षी प्रिगोजिनलाई चाहिनेभन्दा बढी विश्वास गरेको देखिन्छ । यो घटना आफ्नो मालिकको नाकमा भन्केको झिँगा धपाउँदा बाँदरले मालिकको नाकै काटेको नेपाली कथाजस्तो पनि लाग्छ ।
Leave a Reply