भर्खरै :

सही ढङ्गले वर्ग विश्लेषण गर्नु आवश्यक

हरेक राजनीतिक दलको सिद्धान्त, विचार, गतिविधि, नेताहरूको अभिव्यक्ति र क्रियाकलापलाई वर्गीय दृष्टिकोणले हेर्नुपर्ने हुन्छ । कसैले गरेको काम र सुधार जनताको पक्षमा जस्तो देखिए पनि उसको आन्तरिक स्वार्थ, विचार, उद्देश्य अर्कै रहेको हुन्छ या उसले पुँजीपति, सामन्त, विस्तारवादी र साम्राज्यवादीहरूको सेवा गरिरहेको हुन्छ । एमसीसी सम्झौताबाट प्राप्त हुने रकम नेपालको सडक र विद्युत् विकासको निम्ति खर्च हुन्छ भने पनि, खर्च नै गरे पनि त्यसभित्र साम्राज्यवादीहरूको अन्य स्वार्थ लुकेको हुन्छ । विकासको लागि आउने रकम हो भने देशविरोधी सर्त किन आवश्यक प¥यो ? त्यो सम्झौता नेपालमा प्रत्यक्ष या अप्रत्यक्षरूपमा गतिविधि गर्ने माध्यम हो । नेपाल पसेर चीनविरोधी राजनीति गर्ने अमेरिकी स्वार्थ पूरा गर्न सत्तारुढ दलहरू नेका, माओवादी र विपक्षी दल एमालेसमेत लागे । यसकारण, जनतालाई वर्गीय राजनीतिकरूपले तयार गर्नुपर्ने हुन्छ ।
राजनीतिलाई सतही ढङ्गले हेर्नु हुँदैन । नेमकिपाका नेताहरू आफ्ना कार्यकर्ताहरूलाई जहिल्यै वर्गीय हिसाबले हेर्न, बुझ्न र अध्ययन गर्न जोड दिन्छन् । कति नाउँ चलेका स्वास्थ्यकर्मी, समाजसेवी, वैज्ञानिक, इतिहासकार, भूगोलविद् या विज्ञहरूको दृष्टिकोण र विचार साम्राज्यवादी, सामन्तवादी, प्रतिक्रियावादी हुन्छ । उनीहरूले शोषक, सामन्त, जमिनदार र पँुजीपतिहरूको पक्षपोषण गरिरहेका हुन्छन् । नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) आफ्ना नेता तथा कार्यकर्ताहरूलाई अध्ययन गर्न, वर्गीय राजनीति गर्न र त्यसबारे जनतालाई बुझाउन प्रशिक्षित गर्छन् । हुन पनि कार्यकर्ताहरूको गहिरो अध्ययन नहुँदा, अध्ययन गरेर पनि नबुझ्दा या बिर्सिदिँदा चालै नपाइकन समाजवादविरोधी, देशविरोधी या देशघाती व्यक्तिहरूको बेलाबखत चर्चा हुन्छ । यसकारण, माक्र्स, एङ्गेल्सका क्रान्तिकारी रचना, लेनिनको १९०५ कोे क्रान्ति, स्तालिनका रचनाहरू, माओ त्सेतुङको चिनियाँ समाजको वर्ग विश्लेषण, हुनान प्रान्तको किसान आन्दोलन, दार्शनिकहरूको रचनाको अध्ययन, छलफल र विश्लेषण गर्नुपर्ने हुन्छ । अरू पार्टीका असैद्धान्तिक, खोटा विचारको खण्डन गर्न र त्यसबारे जनतालाई सुसूचित पार्न राजनीतिक कक्षामा जोड दिइएको छ ।
विरोधी पक्षको गलत नीति र कार्यको मात्र होइन आफ्नै साथीहरूले गरेको गलत कार्यको पनि विरोध या आलोचना गरेर सचेत पार्नुपर्छ या सच्याउने काममा नेमकिपाले जोड दिइरहेको छ । विभिन्न देशका क्रान्तिकारी अनुभवको शिक्षा र माक्र्सवादी–लेनिनवादी साहित्यले हाम्रो देशको क्रान्तिकारी सङ्घर्षमा ठूलो सहयोग पु¥याउनेछ । माक्र्सवादी–लेनिनवादी–साहित्य र अरू देशका क्रान्तिकारी सङ्घर्षको इतिहासको गहिरो अध्ययन र आलोचनात्मक अध्ययनले आफ्नो आजुमा छिट्टै पु¥याउन सहयोग गर्छ । क्रान्तिकारी पार्टी र क्रान्तिकारी सिद्धान्तबिना क्रान्ति सम्भव हुँदैन या परिवर्तन सम्भव हुँदैन । खोटो नीतिको भरमा कार्यकर्ता र जनतालाई उत्साहित बनाएर, देशमा परिस्थिति तयार नभइकन क्रान्ति गरेर सफल हुँदैन । क्रान्ति बलिदानको निम्ति गर्ने होइन, परिवर्तनको निम्ति गर्ने हो, बहुमत जनताको सेवाको निम्ति गर्ने हो ।
दुस्साहसवादी गतिविधिले बलिदानमा टुङ्गेको घटना बगे्रल्ती छन् । परिस्थितिको आवश्यक ज्ञान र तयारीको अभावमा गरिने सङ्घर्ष या आन्दोलन असफल हुनेछ । आत्मबलिदान गर्नु माक्र्सवाद, लेनिनवाद र माओ त्सेतुङ विचारधारा होइन । माओवादीको ‘जनयुद्ध’ आत्मबलिदानमै टुङ्गिएको थियो । माओवादीको त्यही ‘जनयुद्ध’ ले माओवादीले क्रान्तिकारी सिद्धान्त या विचार त्याग्न बाध्य पा¥यो । यसकारण, हरेक गलत निर्णय र कार्यको विरोध गर्नुपर्छ । सही ढङ्गले वर्ग विश्लेषण गरी जनतालाई सुसूचित पार्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *