भर्खरै :

अध्यक्ष बिजुक्छेँसँग प्रजग कोरियाका राजदूतको भेट

अध्यक्ष बिजुक्छेँसँग प्रजग कोरियाका राजदूतको भेट

काठमाडौँ, १८ असार । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) सँग प्रजातान्त्रिक जनगणतन्त्र कोरियाका महामहिम राजदूत जो योङ म्यान (Jo Youg Man) ले असार १८ गते भक्तपुरमा भेट गर्नुभयो ।
अध्यक्ष बिजुक्छेँले कुनै अङ्गमा कीराले टोकेमा शरीरलाई थाहा भएजस्तै साम्राज्यवादले जुनसुकै भागमा संयुक्त युद्ध अभ्यास वा नाकाबन्दी वा युद्धको धम्की वा आक्रमण गरेमा संसारका न्यायपे्रमी जनतालाई थाहा हुने र दुखाइ अनुभव गर्ने उल्लेख गर्नुभयो ।
हिन्द–प्रशान्त क्षेत्रमा अमेरिकी साम्राज्यवादको हस्तक्षेपको विरोधमा देशभरि गतिविधि भइरहेको उल्लेख गर्दै अध्यक्ष बिजुक्छेँले प्रजग कोरियाको साम्राज्यवादविरोधी सङ्घर्षलाई संसारका कामदारवर्ग र न्यायपे्रमी जनताको समर्थन रहने स्पष्ट गर्नुभयो ।
महामहिम राजदूत जो योङ म्यानले कोरियाली मजदुर पार्टीको गएको जून महिनाको १६–१८ मा सम्पन्न केन्द्रीय समितिको आठौँ विस्तारित बैठकले शिक्षालाई आधुनिकीकरण गर्ने, पार्टी समितिहरूलाई अनुशासित बनाउने, राष्ट्रिय स्वार्थको रक्षा गर्ने, आर्थिक निर्माणलाई जोड दिएको उल्लेख गर्नुभयो ।
अमेरिकी साम्राज्यवादले दक्षिण कोरियामा बी ५२ युद्धक जहाज र ५० ओटा मिसाइल क्षमताको पनडुबी जहाज थप तैनाथ गरी कोरियाली प्रायद्वीपमा तनावको स्थिति ल्याएको उल्लेख गर्दै महामहिम राजदूत जो योङ म्यानले सन् १९५० को जून २५ मा अमेरिकी साम्राज्यवादले कोरियामा आक्रमण गरेको र सन् १९५३ जुलाई २७ मा कोरियाले अमेरिकी साम्राज्यवादलाई पराजित गरेको ७० वर्ष भएको उल्लेख गर्नुभयो ।
महामहिम राजदूतले प्रजग कोरिया स्थापना सन् १९४८ भएको र यो साल पार्टी स्थापना भएको ७५ वर्ष पुग्ने उल्लेख गर्दै कोरियाली जन सेनाले एक महिनामा किसानलाई आवश्यक ५ हजार कृषि उपकरण निर्माण गरेको बताउनुभयो ।
अध्यक्ष बिजुक्छेँले महामहिम राजदूतलाई पार्टी प्रकाशन उपहार दिनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *