साम्राज्यवादीहरू भियतनामबाट पुच्छर लुकाएर भागे
- जेष्ठ ४, २०८३
सरकार अहिले ठूलठूला २ वटा मुद्दामा फसेको छ । एउटा मुद्दा हो नक्कली भुटानी शरणार्थी र अर्को हो ललिता निवास जग्गा प्रकरण । यी मुद्दा अत्यन्त पेचिला छन् । भुटानी नक्कली शरणार्थी प्रकरण सरोकारवाला अङ्गले जिल्ला अदालतमा मुद्दा दायर गरेको छ । सो मुद्दा अत्यन्त जटिल छ । मुद्दामा ठूला पार्टीका ठूला नेताविरूद्ध सरकार कस्सिएर मुद्दा लगाएको छ । सो मुद्दामा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण र एकजना पूर्वसचिव पनि थुनामा छन् । त्यस्तो अरू धेरै जनालाई थुनामा राखी पुर्पक्ष भइरहेको छ । पूर्वगृहमन्त्री खाणले पक्राउ परिसकेपछि प्रहरीको हातबाट एउटा सरोकारवाला महत्वपूर्ण कागत अकस्मात् खोसी मुखमा हाली निलिदिए । अनुमान गरिँदै छ त्यो कागत आफ्नै श्रीमती खाणसँग भएर देउवा पत्नी आरजु राणा देउवासम्म गहिरो सरोकार राख्ने अनुमान गरिएको छ । तर, त्यो लिखत पाइएको भए मुद्दाले अर्कै रूप लिने थियो । तर, पूर्वगृहमन्त्री खाणले बडो चलाखीपूर्वक कागत खोसी चपाए र अकस्मात् निलिदिए । अब यसरी प्रमाण नष्ट पारेकोले मुद्दा लुलो हुनसक्छ । जित्नेले हार्न सक्छ हार्नेले जित्न सक्छ । यो कुरा अदालतबाट भोग्नेहरूलाई छ्याङै थाहा हुन्छ । अब अर्को पुरानो मुद्दाको पनि सरकारले धुलो टकटक्याएर सरकार साखुल्ले हुन त खोज्दै छ । यस्ता अपराधपूर्ण काम चर्को अर्को अपराधपूर्ण कामबाट भाग्न खोज्दै छ ।
यी दुवै काण्डले कतिलाई बगाउँछ ?
सरकारभित्र अनेकानेक रङ्गीविरङ्गी अपराध ओझेलमा पार्ने काम हुने गर्छ । यस्ता काममा सङ्गीन अपराध गर्ने, नामुद अपराध गर्नेहरूको ठूलो हात हुने गर्दछ । प्रत्यक्ष अपराधमा मुछिएकाहरू कानुनी छिद्र खोजी अपराधी चोखो हुने र निरपराधी अपराधी साबित हुने कैयौँ उदाहरण भेटिन्छन् तर खोज्ने धैर्य भने हुनुपर्छ । मुद्दाको भित्री तहमा पस्न सक्नुपर्ने हुन्छ । भुटानी नक्कली शरणार्थी कम चलाख छैनन् । ठूलठूलो खामका कारोवार हुने यस्ता मुद्दाको जरामा पुगी कालोको कालो सेताको सेतो दसी पत्ता लगाई मुद्दा लगाई मुद्दा दूधको दूध पानीको पानी भएन भने गम्भीर बदमासी हुनसक्छ । ललिता निवासको जग्गा हिनामिना भएको १४३ रोपनी जग्गाको प्रश्न सानो होइन । प्रमाण नष्ट गर्न कानुनी–गैरकानुनी अनेक झन्झट खडा गरिन्छन् । यस्ता काम कुन–कुन कताबाट प्रायोजित हुन्छन् कसैले भन्न सक्दैन । त्यत्रो सरकारी जग्गा त्यो पनि हिजो–आजको जग्गाउपरको केरकार गर्ने । एकथरी टाठाबाठाको पेसा नै यस्तै हुन्छ । यस्ता काम गरेर टन्न कमाउने र पुस्तौँ पुस्तामा त्यही पैसाको तातो सपना कतिपयले देखिराखेका छन् । सरकार यो तकियाको खेल खेल्छ । यी दुई काण्ड नक्कली भुटानी शरणार्थी काण्ड र ललिता निवास जग्गा काण्डले कतिलाई जगाउँछ, कतिलाई बिर्सिन्छ अहिल्यै कसैले किटान गरी भन्नै सक्दैन ।
मन हुँडल्छ यदाकदा ?
नेपालको अपराधको इतिहासमा यस्ता पूर्ण अपराधका काण्डमा कति अपराधीले जिते, कति अपराधी पराजित भए त्यो अभिलेख पाइँदैन होला ! पाइए कति ठूलो काम हुन्थ्यो होला तर त्यस्तो दुर्लभ घटना पाइँदैनन् । कसरी सकेको होला यस्ता सरासर राज्यको झूटा कामको पक्षमा लागेको होला । यस्ता काममा जम्मैका जम्मै काम झूटो कि सद्दे ? यस्ता कामको कतै पढाइ सिकाइ पनि हुन्छ कि हुँदैन होला ? अन्यथा कसरी सफल हुनु ? ललिता निवासको १४३ रोपनी जग्गा ठट्टा हो र ? तपाईंले सरकारी ढुकुटीबाट त्यत्रा बदमासी गर्न कसरी सकेको होला । यस्तो दुर्बुद्धि कसरी टुसायो होला ? कसरी पलायो होला म त कल्पना पनि गर्न सक्दिनँ । अपराधको सीमा हुन्छ होला कि हुँदैन होला ? यदि अपराधको सीमा हुने भए त्यो कसरी नाप्ने होला, जोख्ने होला । त्यतिका कमाएर पनि नपुग्ने ? कति कमाए पुग्ला ? कैयौँ अपराधी कहाँ गएर अपराधको प्रतिफल के भोग्छ होला ? पशुपतिका परेवाले अपराधको फल खालान् कि नखालान् ? के होला एउटा तर्क ? लौन, त्यस्तो अपराधको फल थाहा नपाई खाइयो भने त्यसको सजाय भोग्न पर्ला नपर्ला ? यस्ता पनि परिकल्पना आउँछन् बेला बेला ? तर त्यसको खास अन्तर भने आउँदैन । मलाई मात्र त्यस्तो कि तपाईंलाई पनि त्यस्तो प्रश्नले मन हुँडल्छ कि हुँडल्दैन ?
एउटा जिज्ञासा मात्र ?
यस्ता मुद्दामा दलाल मुद्दा गाँसियो भने अनर्थ हुन्छ । अपराधी उम्कन्छ र निरपराधी दण्डित हुन्छ । सजाय अपराधीले पाउनुपर्छ, निरपराधीले सजाय पायो भने अनर्थ हुन्छ । यी दुवै मुद्दामा स–साना रकम कलमको हानथाप हुँदैन । यस्ता नकामबाट कमाउने रकम करोडौँ करोड घटी त हुँदै हुँदैन । बरू अरबौँ अरब पुग्ला । यी र यस्ता कतिवटा मुद्दा खेपिसके, कति वटा मुद्दा त पचाइसके होलान् । के टोपबहादुर रायमाझीको यस्ता सङ्गीन मुद्दा यो नै पहिलो होला कि दोस्रो, तेस्रो होला ? किन हो यस्तो जान्ने जिज्ञासा हुँदोरहेछ मान्छेको । त्यस्तै बालकृष्ण खाणको पनि ? पूर्वगृहमन्त्री रामबहादुर थापा (बादल) लाई सुराकी नै नदिई उनका सल्लाहकारले आँटे होलान् यस्ता सङ्गीन अपराध गर्न ? यी दुर्जन आफू त मुछिए मुछिए छोराहरूलाई पनि सहभागी गराएछन् । ‘बादल’ जनयुद्धको तातो गोली खानुपर्ने स्थितिमा सल्लाहकार ठट्टामा राखेका होइन होला ? यी अपराधीको अपराध प्रवृत्ति यो भुटानी नक्कली शरणार्थी यो नै पहिलो होला कि नहोला ? कति जनाको छोरा मात्र कहाँ हो र श्रीमती पनि पोलिएका छन् । यसको छानबिन सूक्ष्म तरिकाले केलाइयो ? केलाइए त यसको छनक कतैबाट आएन । यहाँ त के यति सङ्ख्याले मात्र यस्ता गम्भीर बदमासी गरे होलान् वा यिनका यीभन्दा माथिका नेतासम्म बाछिटा प¥यो हो कि परेन होलान् ? मेरो मनमा शङ्कै छ ।
Leave a Reply