भर्खरै :

चीनबाट ‘जोखिम मुक्त गर्ने’ भन्नु गलत अवधारणा हो

चीनबाट ‘जोखिम मुक्त गर्ने’ भन्नु गलत अवधारणा हो

बेइजिङ, ३ जूलाई (सिन्ह्वा) । हालैको समर डाभोस फोरमका सहभागीहरूले पश्चिमी जोखिम मुक्त गर्ने अवधारणामा चिसो पानी खन्याए – यो शून्ययोगफल सिद्धान्त र मिथ्यामा आधारित गलत अवधारणा हो ।
हङ्गेरीका विदेश मामिला र व्यापारमन्त्री पिटर सिज्जार्टोले यसै हप्ता भन्नुभएको थियो – सम्बन्धविच्छेद वा जोखिमयुक्त गर्ने विचार युरोपेली अर्थतन्त्रले गरेको ‘आत्महत्या’ को क्रूर कार्य हुनेछ । उहाँले उत्तरी चीनको तियान्जिनमा आयोजित १४ औँ वार्षिक बैठकमा नयाँ च्याम्पियन वा समर डाभोसमा यस्तो टिप्पणी गर्नुभयो र चीन र युरोपबीचको सम्बन्ध तोड्दा युरोपेली अर्थतन्त्रलाई ठूलो नोक्सान हुने बताउनुभयो ।
केही पश्चिमी राजनीतिज्ञहरूले यस वर्ष चीनबाट जोखिम मुक्त गर्ने विचारलाई बढावा दिएका छन् । यद्यपि, फोरममा सहभागी कम्पनीका कार्यकारीहरूले सिन्ह्वालाई भने कि उद्यमहरूलाई यस्तो भ्रममा बहकाउनु हुँदैन र विश्वको दोस्रो ठूलो अर्थतन्त्रको विशाल बजार र उद्योग वातावरणलाई ध्यानमा राख्दै चीनसँग सहकार्य नगर्नु उनीहरूको व्यापारिक विकासको लागि सबैभन्दा ठूलो जोखिम हुनेछ । तथ्य, प्रवृति र तर्कले जोखिम मुक्त गर्ने अवधारणालाई अवास्तविक र गलत साबित गर्छ ।
आर्थिक भूमण्डलीकरणको लामो इतिहासपछि, आजको संसार ‘वैश्विक गाउँ’ हो । देशहरू एकअर्कासँग जोडिएका हदसम्म यसअघि कहिल्यै नभेटेका हुन्छन् । देशहरूका साझा हितहरू झन्–झन् व्यापक हुँदै गइरहेका छन् । ठूला विश्वव्यापी सङ्कट र चुनौतीबाट कुनै पनि देश अलग रहन सक्दैन ।
सामूहिक प्रयासले काम पूरा हुन सक्छ । साझा समृद्धिको लागि जीत–जीत सहयोगको सही मार्गमा रहँदै मानव जाति र विश्वले सामना गरिरहेका प्रमुख सङ्कटहरूको सामना गर्न सबै देशहरू एकसाथ काम गर्न दृढ हुनुपर्छ । यसका लागि दृश्य र अदृश्य अवरोधहरू हटाउनुपर्छ र मतभेदहरू मिलाउन र साझा आधारलाई विस्तार गर्न संवादलाई बलियो बनाउनुपर्छ ।
नयाँ युगमा डिजिटल प्रविधि र कृत्रिम बुद्धिमत्ता (आर्टिफिसियल इन्टेलिजेन्स) जस्ता नयाँ प्रविधिको तीव्र विकासले आर्थिक भूमण्डलीकरणका लागि थप अनुकूल परिस्थितिहरू सिर्जना गरिरहेको छ । संसार फेरि कहिल्यै एक्लोपन वा एक्लोपनको अवस्थामा फर्कनुहुँदैन । सहयोग छनौटको कुरा होइन, बरु यो एक मात्र र अपरिहार्य विकल्प हो ।
वैचारिक रेखाहरू कोर्ने वा समूह राजनीति र गुटको टकरावलाई बढावा दिनाले विश्वलाई विभाजित मात्रै बनाउँछ र विश्वव्यापी विकास र मानव प्रगतिमा बाधा पु¥याउँछ । जोखिम मुक्त गर्ने र सम्बन्ध तोड्ने अवधारणाले मानवीय पहलकदमीहरूको लागि आर्थिक ‘आत्महत्या’ तिरको मार्गबाहेक अन्त कतै जाने मार्ग देखाउँदैन ।
बहुपक्षीयता, ऐक्यबद्धता र सहकार्य विश्वव्यापी चुनौतीहरू, विशेषगरी आर्थिक र व्यापारिक समस्याहरूको सामना गर्न अपरिहार्य विकल्पहरू हुन् भनी इतिहासले प्रमाणित गरेको छ । सबै देशले विभाजनलाई एकताले, टकरावलाई सहयोगले र बहिष्कारलाई समावेशिताले प्रतिस्थापन गर्नुपर्छ ।
तथाकथित जोखिम मुक्त गर्ने विचारले स्वतन्त्र व्यापारको आधारभूत सिद्धान्तहरूलाई उल्लङ्घन गर्छ र बहुपक्षीय व्यापार प्रणालीलाई कमजोर बनाउँछ । यो अपरिवर्तनीय प्रवृत्तिको विरुद्धमा जान्छ जुन विश्व अर्थतन्त्रहरू लामो समयदेखि एकअर्कासँग गाँसिएका छन्, देशहरू बिचको सहयोग, समन्वय र पूरकता प्रमुख विशेषताहरू हुन् ।
विश्व अर्थतन्त्रमा गहिरोरूपमा एकीकृत भएर चीनले विश्वव्यापीकरणलाई अँगालेको छ र विश्वमा स्वतन्त्र व्यापार र स्थिर वृद्धिको लागि एक महत्वपूर्ण उद्घोषक र प्रेरणाको स्रोतको रूपमा सेवा गरेको छ । चीनको वस्तुको व्यापार लगातार छ वर्षदेखि विश्वमा शीर्ष स्थानमा छ । चीन युरोप र संरा अमेरिकासहित १४० भन्दा बढी देश र क्षेत्रहरूको एक प्रमुख व्यापार साझेदार हो । औसतमा, विगत दशकमा विश्वव्यापी वृद्धिमा चीनको योगदान ३० प्रतिशतभन्दा बढी रहेको छ ।
पश्चिमी जोखिम मुक्त गर्ने अवधारणाले विश्व अर्थतन्त्रको लागि जोखिम, खण्डीकरण र अनिश्चितता बढाउनेछ । जोखिम मुक्त गर्ने दाबी गर्नेहरूले आफ्नो देशलाई धेरै नोक्सान गर्नुअघि तर्क र वास्तविकतामा फर्कनुपर्छ ।
अनुवाद : प्रकाश

Leave a Reply

Your email address will not be published. Required fields are marked *