भर्खरै :

वामपन्थी एकताको साओ पाउलो फोरम ब्राजिलमा सम्पन्न

वामपन्थी एकताको साओ पाउलो फोरम ब्राजिलमा सम्पन्न

ब्रासिलिया, ४ जुलाई (टेलेसुर) । यसको २६ औँ संस्करण विभिन्न महादेशका प्रतिनिधिहरूबाट उनीहरूको लोकप्रिय र साम्राज्यवादविरोधी सङ्घर्षहरूका बारेमा अनुभवहरू आदानप्रदानका साथ सम्पन्न भयो ।
आइतबार, साओ पाउलो फोरमको २६ औँ संस्करण ब्रासिलियामा क्युवा, निकारागुआ र भेनेजुएलाविरुद्ध अमेरिकी नाकाबन्दीको निन्दा गर्दै समापन भयो ।
जून २९ मा, ल्याटिन अमेरिकी एकीकरण र सार्वभौमिकताका साथै आप्रवासीहरूको रक्षाका लागि वकालत गर्ने ५७ सामाजिक संस्थाका २७० प्रतिनिधिहरूको साथमा फोरमको सुरुवात भएको थियो ।
निकारागुआका सांसद विल्फ्रेडो नाभारोले यस क्षेत्रमा अमेरिकी दबाबका उपायहरूविरुद्ध समन्वयात्मक कार्यहरू फोरमको छलफलको मुख्य विषयहरूमध्ये एक भएको बताउनुभयो ।
“सार्वभौम देशविरुद्ध कुनै पनि जबरजस्ती उपाय वा आर्थिक आक्रामकता अस्वीकार गरिनुपर्छ,” उहाँले भन्नुभयो । फोरमले क्युवा, निकारागुआ र भेनेजुएलामा क्रान्तिकारी प्रक्रियामा बाधा पु¥याउने उद्देश्यले अमेरिकी आर्थिक नाकाबन्दीको कडा विरोध गर्दछ ।
“संयुक्त राज्यले ल्याटिन अमेरिका र क्यारिबियनका आप्रवासीहरूलाई आक्रमण गरिरहेको छ,” मेक्सिकोको वामपन्थी शासक पार्टी मोरेनाका प्रतिनिधि मार्था गार्सियाले भन्नुभयो ।
“आप्रवासीहरूले उनीहरूलाई कुनै फाइदा नदिने देशलाई समृद्ध बनाउँछन् । हामी ती अमानवीय र जातीय कानुनहरूसँग बस्न सक्दैनौँ जसले चरमपन्थी समूहहरूमा घृणालाई बढावा दिन्छ,” उहाँले भन्नुभयो ।
साओ पाउलो फोरमको २६ औँ संस्करणले अन्य महादेशका प्रतिनिधिहरूलाई पनि उनीहरूको लोकप्रिय र साम्राज्यवादविरोधी सङ्घर्षहरूका बारेमा अनुभवहरू आदानप्रदान गर्ने अवसर प्रदान ग¥यो ।
“त्रिमहाद्वीपीय भावना हराएको छैन र हामीलाई हाम्रो सङ्घर्षलाई एकताबद्ध गर्ने आवश्यकता देखाउँदछ । साम्राज्यवादीहरूले हाम्रा देशहरूलाई विभाजित गर्न र ल्याटिन अमेरिकालाई अफ्रिकाविरुद्ध खडा गर्ने प्रयास गर्छन् । तिनीहरू किन त्यसो गर्छन् ? … तिनीहरूले लिएको खनिज स्रोतहरू शोषण गर्न खोज्छन् ।”, जाम्बियाको समाजवादी पार्टीका अध्यक्ष फ्रेड एममेम्बेले भन्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *