भर्खरै :

संरा अमेरिकाको समुद्री र हवाई आधिपत्य समाप्त हुनुपर्छ

संरा अमेरिकाको समुद्री र हवाई आधिपत्य समाप्त हुनुपर्छ

बीसौँ साङग्रिला संवादको क्रममा संरा अमेरिकाले बितेको हप्ता दक्षिण चीन सागरमा अमेरिकी गुप्तचरी विमानको नजिक तथाकथित अनावश्यकरूपमा आक्रामक चाल भनी दुष्प्रचार गर्न आफ्ना सहयोगीहरूसहित जुट्यो । चीनमाथि अन्तर्राष्ट्रिय नियम र सुरक्षा मापदण्डहरू पालना नगरेको आरोप लगाइएको छ । यद्यपि, यो समस्या उत्पन्न गर्ने देश संरा अमेरिका थियो र त्यसपछि जानाजानी जनताबिच भ्रम छर्ने काम गर्यो । २० औँ साङग्रिला संवादको समयमा संरा अमेरिकाले तथाकथित प्रचार गर्न आफ्ना सहयोगीहरूलाई भेला ग¥यो ।
घटनाको मूल कारण अमेरिकाको समुद्री र हवाई गुण्डागर्दी हो । यसको विपरीत, चीनले सधैँ समग्र अवस्थालाई ध्यानमा राखेको छ र अधिकतम संयम कायम राख्दै व्यावसायिकरूपमा स्थितिलाई जवाफ दिँदै आएको छ । संरा अमेरिकाका यस्ता उत्तेजक कार्यले द्विपक्षीय सम्बन्धलाई असर गर्ने र अन्तर्राष्ट्रिय तथा क्षेत्रीय शान्ति र स्थायित्वमा हानि पु¥याउने चिन्ताको विषय छ ।
संरा अमेरिका विश्वभर आधिपत्यवादी र धम्कीपूर्ण व्यवहार अपनाउन अभ्यस्त छ । हालैका वर्षहरूमा संरा अमेरिकाले ऐतिहासिक र वस्तुनिष्ठ तथ्यहरूलाई बेवास्ता गरेको छ, जानाजानी क्षेत्रीय सार्वभौमसत्ता र सामुद्रिक अधिकार र दक्षिण चीन सागरमा हितमा विवाद उक्साएको छ र क्षेत्रीय देशहरूबिच विवाद उत्पन्न गरेको छ । संरा अमेरिका स्थिरताको सबैभन्दा ठूलो कमजोरी हो र दक्षिण चीन सागरमा सैन्यकरणको सबैभन्दा ठूलो प्रवद्र्धक हो ।
संरा अमेरिकाले लामो समयदेखि तथाकथित ‘नेभिगेसनको स्वतन्त्रता’ लाई अन्य देशहरूको सामुद्रिक अधिकार र सुरक्षा सरोकारहरूलाई बेवास्ता गर्न, अरूको सार्वभौमसत्ता र सुरक्षाको उल्लङ्घन गर्न र क्षेत्रीय शान्तिलाई कमजोर पार्न बारम्बार युद्धपोत र युद्धक विमानहरू पठाउने बहानाको रूपमा प्रयोग गर्दै आएको छ ।
यसले आफ्ना सहयोगीहरूलाई बारम्बार चीनलाई उक्साउन लगाउन र जहाजहरू पठाउन बाध्य पार्छ, तिनीहरूलाई अगाडि धकेलेर तनाव उत्पन्न गर्छ । चीनको तर्कसङ्गत, शक्तिशाली र संयमित प्रतिक्रिया र परिस्थितिलाई नियन्त्रण गर्ने क्रममा संरा अमेरिकाले चीनलाई अव्यावसायिक भनेर गाली ग¥यो । यो यस्तो स्थिति हो जसरी लुटेराहरूले प्रायः घरको ढोकामा जासुस गर्छन् र अरूलाई उक्साउँछन्, कहिलेकाहीँ घरभित्र सताउँछन्, जबकि घरधनीलाई रिस थाम्न र केही नबोल्न धम्की दिइन्छ ।
परिस्थितिलाई जवाफ दिँदै चीनले सधैँ समग्र स्थितिलाई ध्यानमा राखेको छ र संरा अमेरिका र उसका सहयोगीहरूले जानाजानी उक्साहटको सामना गर्दा पनि संयमता अपनाएको छ । क्षेत्रीय स्थायित्व र चीन–अमेरिका सम्बन्धको समग्र स्थायित्व कायम गर्न चीनले व्यावसायिक, सुरक्षित र अन्तर्राष्ट्रिय कानुनको सिद्धान्तअनुरूप र निन्दनीय कार्यहरू गरेको छ ।
वास्तवमा क्षेत्रीय देशहरूको संयुक्त प्रयासले दक्षिण चीन सागरको समग्र स्थिति सामान्यतया स्थिर छ । क्षेत्रीय शान्ति र स्थायित्व कायम गर्न सम्बन्धित देशहरू, विशेषगरी ठूला शक्तिहरूले कुनै कारणले समस्या सिर्जना गर्नुभन्दा रचनात्मकरूपमा योगदान गर्नुपर्छ ।
चीनले अन्तर्राष्ट्रिय कानुनअन्तर्गत दक्षिण चीन सागरका देशहरूले भोगेको नेभिगेसन र ओभरफ्लाइटको स्वतन्त्रतालाई सधैँ सम्मान गर्दै आएको छ र यसलाई क्षेत्रीय देशहरूको सार्वभौमसत्ता र सुरक्षामा हानि पु¥याउने बहानाको रूपमा प्रयोग गर्ने कडा विरोध गर्दछ । संयुक्त राष्ट्र सङ्घले अमेरिकालाई ‘नेभिगेसनको स्वतन्त्रता’ कायम राख्नको लागि कहिल्यै अधिकार दिएको छैन, जबकि संरा अमेरिका सामुद्रिक कानुनमा संयुक्त राष्ट्र सङ्घीय महासन्धिमा सम्मिलित भएको छैन ।
यद्यपि, वाशिङ्गटनले बारम्बार आफ्नो इच्छा कार्यान्वयन गर्न आफ्नो सैन्यशक्ति प्रयोग गरेको छ, अन्तर्राष्ट्रिय व्यवस्थालाई चुनौती दिँदै र सामुद्रिक र हवाई आवागमनको सुरक्षालाई खतरामा पार्दै क्षेत्रीय तनाव बढाउँदै छ ।
केही समयदेखि वासिङ्टन चीन–अमेरिका सम्बन्धलाई सम्हाल्ने क्रममा विरोधाभासपूर्ण देखिएको छ । एकातिर, यसले द्विपक्षीय सम्बन्धका लागि तथाकथित गार्डरेलहरू स्थापना गर्ने आशा गर्दै चीनसँग सैन्य सञ्चार र आदानप्रदानलाई सुदृढ गर्ने आफ्नो इच्छा बारम्बार व्यक्त गरेको छ । अर्कोतर्फ, उसले चीनको चासोलाई बेवास्ता गरेको छ र चीनलाई लगातार उक्साएको छ, जसले उसको इमानदारीमाथि शङ्का खडा गरेको छ ।
संरा अमेरिकाको शत्रुतापूर्ण कारबाहीको शृङ्खला, जसमा चीनको विरुद्ध बारम्बार नजिकको सैन्य जासुसीले दुई सेनाहरूबिचको आपसी विश्वासलाई गम्भीररूपमा कमजोर पारेको छ र द्विपक्षीय सम्बन्धलाई असर गरेको छ । विशेषगरी, ताइवान प्रश्नमा अमेरिकाको उत्तेजक र साहसिक कार्यहरू अत्यन्तै चिन्ताजनक छन् । आज ताइवान प्रश्न दुई ठूला शक्तिहरूबिच सैन्य सङ्घर्षको लागि सबैभन्दा सम्भावित फ्ल्यासपोइन्ट हो । ताइवान प्रश्नले चीनको मूल हित र चिनियाँ जनताको राष्ट्रिय भावनासँग सरोकार राख्छ र कुनै पनि विदेशी हस्तक्षेपलाई अनुमति दिँदैन । एक चीन सिद्धान्त चीन–अमेरिका सम्बन्धको आधार हो । कुनै पनि बहानामा ताइवानका अधिकारीहरूसँगको कुनै पनि आधिकारिक सम्बन्धले एक चीन सिद्धान्त र तीन चीन–अमेरिका संयुक्त विज्ञप्तिको प्रावधानको उल्लङ्घन गर्छ र चीन–अमेरिका सम्बन्धलाई अनिवार्यरूपमा गम्भीर क्षति पु¥याउँछ ।
हालैका वर्षहरूमा संरा अमेरिकाले ताइवान प्रश्नमा एक–चीन सिद्धान्तलाई बारम्बार चुनौती दिएको छ, जुन ताइवान जलडमरूमा तनावको मूल कारण हो । अमेरिकाको उक्साहटको जवाफमा चिनियाँ सेनाले यसलाई कदापि सहने छैन र राष्ट्रिय सार्वभौमसत्ता, सुरक्षा र विकास हितको रक्षा गर्न दृढतापूर्वक र दृढताका साथ क्षेत्रीय शान्ति र स्थिरता कायम राख्न निर्णायक कदम चाल्नेछ । समुद्र र आकासमा अमेरिकाको धम्कीपूर्ण कार्यहरूको अन्त्य हुनुपर्छ ।
(लेखक चाइना पिपुल्स लिबरेसन आर्मी नेसनल डिफेन्स युनिभर्सिटीका सहायक प्राध्यापक हुन् ।)
–ग्लोबल टाइम्स्बाट अनुदित
अनुवाद : प्रकाश

Leave a Reply

Your email address will not be published. Required fields are marked *