कार्यकर्ताहरूले सैद्धान्तिक र राजनीतिक अध्ययनलाई जोड दिनुपर्ने
- जेष्ठ ४, २०८३
सुर्खेत, २० असार । अन्तर्राष्ट्रिय महिला नेतृ क्लारा जेट्किनको १६६ आँै जन्मदिवसको अवसरमा ‘केटीहरू’ बुलेटिन अङ्क १५ को अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।
नेपाल क्रान्तिकारी महिला सङ्घ सुर्खेतका अध्यक्ष तुल्सी खड्काको अध्यक्षतामा भएको कार्यक्रममा शोभा प्रधानप्रति श्रद्धाञ्जली अर्पण गरी उहाँको योगदानको चर्चा गरिएको थियोे
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य नर्मा गुरुङले शोभा प्रधानको सरल, मिलनसार र हँसिलो व्यवहारबारे चर्चा गर्नुभयो ।
त्यसैगरी क्लारा जेट्किनको १६६ औँ जन्मदिवस मनाइयो ।
कार्यक्रममा नेमकिपा सुर्खेतका अध्यक्ष हरिबहादुर बोहराले प्रधानप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभयो ।
नेपाल क्रान्तिकारी किसान सङ्घका केन्द्रीय सदस्य प्रेमकुमार थापाले महिला दिदीबहिनीहरू राजनीतिक र सांस्कृतिकरूपमा सचेत र सङ्गठित नभएसम्म परिवर्तन सम्भव नहुने बताउनुभयो ।
नेक्रायुसङ्घका केन्द्रीय उपाध्यक्ष लालबहादुर थापाले रुसमा स्तालिनको छोरीलाई समेत साम्राज्यवादीहरूले आफ्नै बुबाको विरुद्धमा प्रयोग गरेको स्मरण गराउँदै एक दुई जनाले मात्रै राजनीति बुझेर हुँदैन सबैले बुझ्नुपर्छ भन्नुभयो ।
नेपाल क्रान्तिकारी महिला सङ्घका केन्द्रीय सदस्य बिजुकला रानाले हामीले अन्तर्राष्ट्रिय महिला नेतृ क्लारा जेट्किन र प्रधानको जीवनीबाट पाठ सिक्नुपर्ने बताउनुभयो ।
नेमकिपा वीरेन्द्रनगर नगर समितिका अध्यक्ष शेरबहादुर शाहीले क्लारा जेट्किनको जीवनीबारे चर्चा गर्नुभयो ।
उक्त कार्यक्रममा नेमकिपा सुर्खेतका सदस्य गणेश खड्का, नेपाल कर्मचारी समाजका केन्द्रीय सदस्य धनबहादुर रावत, नेपाल क्रान्तिकारी महिला सङ्घ सुर्खेतका उपाध्यक्ष जानकी सुनार, सुनिता थापा र बिन्दु हमाललगायतले कार्यक्रमको विषयमा बोल्नुभएको थियो ।
Leave a Reply