भर्खरै :

चिनियाँ नौ सेनाको ‘शान्ति जहाज’ को ‘समन्वय कार्यभार २०२३

चिनियाँ नौ सेनाको ‘शान्ति जहाज’ को ‘समन्वय कार्यभार २०२३

जुलाई ३ का दिन बिहान चिनियाँ नौ सेनाको ‘शान्ति जहाज’ नामक चिकित्सा जहाज चीनको चच्याङ प्रान्तको चौशानको एउटा सैनिक बन्दरगाहबाट प्रस्थान गरेर ‘समन्वय कार्यभार २०२३’ आरम्भ गरेको छ ।
यस पटकको कार्यभार योजनाअनुसार, ‘शान्ति जहाज’ले क्रमशः किरिबाटी, टोंगा, भानुअतु, सोलोमन टापु, पूर्वी टिमोर गरी यी पाँच मुलुकमा सात दिने चिकित्सा सेवा प्रदान गर्ने छ ।
कार्यभार अवधिमा चिकित्सा जहाजले यी पाँच मुलुकका स्थानीय बासिन्दा, त्यहाँ तैनाथ चिनियाँ संस्थाका कर्मचारी र चिनियाँ मूलका प्रवासीलाई निःशुल्क चिकित्सा सेवा प्रदान गर्ने छ ।
चिनियाँ नौ सेनाको ‘शान्ति जहाज’ नामक चिकित्सा जहाज चीन आफैले डिजाइन र निर्माण गरेको पहिलो महासागर चिकित्सा जहाज हो । सन् २००८ को डिसेम्बरमा सञ्चालन आएदेखि उक्त चिकित्सा जहाजले प्रशान्त, हिन्द, अटलान्टिक महासागरका ४३ वटा मुलुक र क्षेत्रमा गएर २ लाख ५० हजार बिरामीलाई सेवा दिएको छ । तस्बिर ः सिन्ह्वा

Leave a Reply

Your email address will not be published. Required fields are marked *