भर्खरै :

के सत्य फिर्ता होला र ?

के सत्य फिर्ता होला र ?
  • प्रधानमन्त्री पुष्पकमल दाहालले प्रितम सिंहले आफूलाई प्रधानमन्त्री बनाउन धेरै मेहनत गर्नुभएको र धेरै पटक दिल्ली जान भएको सार्वजनिक गर्नुभयो ।
    प्रधानमन्त्रीको यो भनाइ एउटा सत्यको उद्घाटन हो । प्रधानमन्त्री दाहाललाई चिन्न थप सजिलो भयो । प्रधानमन्त्रीले आफूले बोलेको यो भनाइ फिर्ता लिनु भएप नि नेपाल स्वाभिमान ठहरिने छैन । किनभने, प्रधानमन्त्रीले आफ्नो भनाइ फिर्ता लिए पनि सत्य फिर्ता होला र ?
  • एउटा शासक दलको बा¥हाँै महाधिवेशनको लागि भारतीय राष्ट्रपतिसँग रकम मागेको सार्वजनिक भयो । २०१५ सालको संसद्को निर्वाचनमा पनि विदेशी जासुसी संस्थाबाट शासक दलहरूलाई रकम प्राप्त भएको सार्वजनिक भएको थियो । सरकार जोगाउन सांसद खरिद बिक्री र अपहरण गरिएको तथा तारे होटलमा थुनेर सुरासुन्दरीको फिल्म देखाइएको पनि सार्वजनिक भएको थियो ।
  • नेपाली लेण्डुपहरू को को हुन् ? अब दूधको दूध पानीको पानी छुट्याउनु जरुरी छ । प्रधानमन्त्री र राष्ट्रपति भएकाहरूलाई कुन कुन विदेशीले आशीर्वाद दिए ? लुकाउनु भएन, सबैले खोल्नु जरुरी छ । राष्ट्रपति, प्रधानमन्त्री र मन्त्री भएर देश र जनतालाई सत्य नबताउनेहरू कसरी देशभक्त र जनसेवी हुनसक्लान् ?
  • २०७४ को निर्वाचनलगत्तै प्रधानमन्त्री बनाउन तत्कालीन भारतीय विदेशमन्त्री नेपाल आएकी थिइन् । खुला सिमाना भएको देशमा बसेर नेपालमा सशस्त्र द्वन्द्व चलाइएको विषय पनि यो संसद्मा उठेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *