उद्देश्य प्राप्तिको लागि निरन्तर विद्यार्थीहरूले मेहनत जरुरी
- जेष्ठ १, २०८३
भक्तपुर, २३ असार । शिक्षा, स्वास्थ्य, यातायात, खानेपानी, ठूलठूला निर्माण, अन्तर्राष्ट्रिय व्यापार राज्यको जिम्मामा हुनुपर्छ । यसले भ्रष्टाचार नियन्त्रण गर्न मद्दत पु¥याउनेछ ।”
नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले चाँगुनारायण नपाको विभिन्न वडामा भएको भ्रष्टाचारविरोधी कार्यक्रममा उक्त भनाइ राख्नुभएको हो ।
उहाँले भन्नुभयो, “बहुदलीय व्यवस्था पुनःस्थापनाको ३४ वर्ष यता सरकारमा गएका प्रधानमन्त्री र मन्त्रीहरूले दाल, चामल, तरकारीसमेत विदेशबाट किन्नुपर्ने अवस्थामा पु¥याए । युवालाई वैदेशिक रोजगारीको नाममा बहुराष्ट्रिय कम्पनीको सस्तो ज्यामी बन्न बाध्य पारे ।”
संरा अमेरिकाको संसदीय चुनावमा ९१ प्रतिशत विजेताहरूलाई त्यहाँका आर्थिक अपराधीबाट सहयोग प्राप्त भएको उल्लेख गर्दै सांसद सुवालले भारतमा पनि ४० प्रतिशत सांसदहरू फौजदारी अभियोग लागेका भएको समाचार प्रकाशित भएको बताउनुभयो ।
सांसद सुवालले उल्लेख गर्नुभयो, “सबभन्दा धनी एक प्रतिशतले उनीहरूभन्दा गरिब ९० प्रतिशत अमेरिकीको तुलनामा ४० गुणा बढी कमाउँछन् । नेपालमा पनि वर्षको ४० अर्ब रूपैयाँ नाफा कमाउने शासक दलका सांसदसमेत छन् ।”
सांसद सुवालले अगाडि भन्नुभयो, “निजी बैङ्क तथा वित्तीय संस्था सञ्चालकहरूले जनताकै रकम निक्षेप गराई जनताकै घर–जग्गा खरिद गर्ने र वस्तु एवम् सेवाको मूल्य बढाई शोषण गर्छन् । सिंहदरबार कब्जा गर्नेहरू सिद्धान्तमा अडिग नभएसम्म आर्थिक अपराध र अनियमितता नियन्त्रण हुनेछैन । यसबारे आम नेपाली जनता सचेत हुनु जरूरी छ ।”
सांसद सुवालले कम्युनिस्टहरू सभ्य, सुसंस्कृत र देशभक्त हुने चर्चा गर्दै उहाँले नक्कली कम्युनिस्टहरू प्रजातन्त्रको नाममा पुँजीवादी पार्टीहरूसँग संयुक्त चुनाव र सरकारमा गएर जनतालाई धोका दिने उल्लेख गर्नुभयो ।
Leave a Reply