जलवायु परिवर्तनका कारण विश्वका नदीहरूमा अक्सिजन तीव्र रूपमा घट्दै : अध्ययन
- जेष्ठ ३, २०८३
प्योङयाङ (केसीएनए) । प्रजातान्त्रिक जनगणतन्त्र (उत्तर) कोरियाको विदेश मन्त्रालयको अमेरिकी अध्ययन संस्थानले सन् १९५० को दशकमा संरा अमेरिकाले प्रजग कोरियाविरुद्ध गरेको आक्रामक युद्धको पूर्ण तस्बिर दिन र आणविक युद्ध भड्काउने दुष्प्रयास गरिरहेको संरा अमेरिकाको आक्रामक स्वभावको पुनः खुलासा गर्न आइतबार एक अनुसन्धान प्रतिवेदन सार्वजनिक ग¥यो ।
प्रतिवेदनले संरा अमेरिका कोरियाविरुद्ध आक्रामक युद्धको मुख्य उत्प्रेरक रहेकोमा जोड दिएको छ ।
सन् १९ औँ शताब्दीको मध्यदेखि नै एसियाली महाद्वीपको प्रवेशद्वार कोरियाली प्रायःद्वीपमा संरा अमेरिकाको लोभी नजर परेको थियो र दोस्रो विश्वयुद्धको अन्त्यपछि नै ‘मुक्तिदाता’ र ‘संरक्षक’ को भेषमा दक्षिण कोरियालाई अवैधरूपमा कब्जा गर्न आइपुगेको थियो ।
संरा अमेरिकाले आफू समर्थित कठपुतली शासनमार्फत दक्षिण कोरियामा आफ्नो राजनीतिक आधार कायम ग¥यो । पूरै कोरियाली प्रायःद्वीपलाई सैन्यरूपमा निल्ने प्रयासमा यसले हतियारको बलद्वारा कोरिया कब्जा गर्न युद्धको तयारीलाई बढावा दियो ।
संरा अमेरिकाले दक्षिण कोरियामा प्रजग कोरियाविरुद्ध आक्रामक युद्ध सुरु गर्नको लागि आफ्नो सेना, हतियार र उपकरण र सैन्य पूर्वाधारलाई तम्तयार राखेको छ । जनवरी १९५० मा यसले कठपुतली सिङमन री गुटसँग ५ सय जनाको बलियो अमेरिकी सैन्य सल्लाहकार समूहलाई दक्षिण कोरियामा तैनाथ गर्ने सम्झौता ग¥यो, जुन त्यो समयको सबैभन्दा विनाशकारी कदम थियो ।
सन् १९४९ को प्रारम्भमा अमेरिकाले म्याकआर्थरको कमान्डको जी–२ र जी–३ लगायतका सूचना र सञ्चालन विभागहरू मात्र नभई ‘हिस्ट्री क्लास’ र ‘काटो प्रतिष्ठान’ लाई पनि परिचालन गरेर प्रजग कोरियाविरुद्ध आक्रामक युद्ध भड्काउने योजनाको नक्साङ्कन गर्न दबाब दियो । ‘काटो प्रतिष्ठान’ जापानी सेनाका पूर्ववरिष्ठ अधिकारीहरू मिलेर स्थापित गरिएको संस्था थियो ।
संरा अमेरिकाले सैनिक कारबाही योजनाको प्रभावकारिता प्रमाणित गर्न दक्षिण कोरियाली कठपुतली सेनालाई निरन्तर सशस्त्र उत्तेजनामा ढकेल्यो । १९४९ मा तिनीहरूको उत्तेजनापूर्ण कदमको सङ्ख्या २६१० मा पुग्यो, जून अघिल्लो वर्षको तुलनामा २.८ गुणा धेरै थियो ।
संरा अमेरिकाले दक्षिण कोरियाली कठपुतली सेनाको पाँच डिभिजन ३८ औँ समानान्तर क्षेत्रमा र सियोल नजिकै परिचालन रिजर्भ कोरको तीन डिभिजन सेना तैनाथ ग¥यो । यसरी आक्रमणको लागि ७० प्रतिशतभन्दा बढी कठपुतली सेना तयार राखेको थियो । विशेषगरी, संरा अमेरिकाले अप्रिल १९५० को अन्तदेखि मिश्रित अभ्यासको बहानामा दुई विमान वाहक, दुई क्रुजर, छ वटा विनाशक तोपहरू, तीन बमवर्षक समूह, छ वटा खोज लडाकु समूह र दुई युद्धक विमान समूहहरू जापानमा ल्यायो र कोरियाली युद्धको लागि तिनीहरूको तत्काल परिचालनको लागि पूर्ण तयारी अवस्थामा राख्यो ।
प्रजग कोरियाविरुद्ध आक्रामक युद्धको तयारीलाई पूर्णता दिएपछि संरा अमेरिकाले युद्धको स्थल पुष्टि गर्नको लागि जून १७, १९५० मा अमेरिकी राष्ट्रपति ट्रुमनको विशेष दूतको रूपमा राज्य विभागको सल्लाहकार डलेसलाई दक्षिण कोरिया पठायो । उसले कठपुतली देशद्रोही सिङमन रीलाई ३८ औँ समानान्तर नजिकै ट्रुम्यानद्वारा अनुमोदित एक युद्ध भड्काउने गोप्य आदेश हस्तान्तरण र उत्तर कोरियामाथि आक्रमण सुरु गर्नको लागि विशेष आदेश दियो ।
संरा अमेरिकाले बनाएको युद्ध परिदृश्यअनुसार, कठपुतली देशद्रोही सिङ्मन रीले जून १९५० को सुरुवातबाट लागू गरिएको ‘आपत्कालीन मार्शल ल’ लाई राति १२ बजेदेखि हटाइयो भनी झूटो जानकारी फैलाउन सबै प्रचार साधनलाई परिचालन गरियो । दक्षिण कोरियाली कठपुतली सेनाका सदस्यहरूलाई तैनाथी छोड्न, बाहिर बस्न र बिदा लिन पूर्णतया बन्द गरियो ।
यसैबिच अमेरिकी राष्ट्रपति ट्रुमन, राज्य सचिव (विदेशमन्त्री) अचेसन, राज्य विभागका सल्लाहकार डलेस र अमेरिकी प्रशासनका अन्य वरिष्ठ अधिकारीहरूले आफूलाई सप्ताहन्तमा आराम, यात्रा र रात्रिभोजमा व्यस्त बनाए र सुदूर पूर्वका अमेरिकी सेनाका कमान्डर म्याकआर्थर विश्वका जनतालाई धोका दिएर युद्धको आदेश जारी गरी आफ्नो शयन कक्षमा निश्चिन्त भई सुते ।
संरा अमेरिकाले अन्ततः जून २५, १९५० मा प्रजातान्त्रिक जनगणतन्त्र कोरियाविरुद्ध आक्रामक युद्ध सुरु ग¥यो । तीन वर्षको युद्धको क्रममा उसले आफ्नो भूमि सेनाको एकतिहाइ, एक पाँचौँ भागसहित २० लाखभन्दा बढी सशस्त्र सेनालाई परिचालन ग¥यो । कोरियाली मोर्चामा आफ्नो वायुसेना, अधिकांश प्यासिफिक फ्लीट, यसको १५ उपग्रह देशहरूका सेनाहरू, दक्षिण कोरियाली कठपुतली सेना र जापानी सैन्यवादीहरू परिचालन ग¥यो र त्यसको लागि २० अर्ब अमेरिकी डलरभन्दा बढी खर्च ग¥यो ।
अमेरिकाले १९५० को दशकको अन्त्यदेखि दक्षिण कोरियामा ‘रक्षा’ र ‘वार्षिक कार्यक्रम’ को बहानामा विभिन्न प्रकारका युद्ध अभ्यासहरू आयोजना गरेको थियो र यसलाई लागू गर्न एक मोबाइल परमाणु शस्त्रागारसहित दक्षिण कोरियाका आणविक अस्त्रवाहकहरू, आणविक पनडुब्बीहरू र आणविक रणनीतिक बमवर्षकहरूलगायतका आणविक आक्रमणका साधनहरू स्थायीरूपमा दक्षिण कोरियामा राखेको छ ।
संरा अमेरिकाले जानाजानी विभिन्न घटनाहरू सिर्जना गर्दै आएको छ र प्रजग कोरियाविरुद्ध आफ्नो आणविक धम्की र ब्ल्याकमेललाई निरन्तर कायम राख्दै आएको छ ।
सन् १९६८ मा यसको सशस्त्र जासुसी जहाज पुएब्लो कब्जामा लिएपछि अमेरिकाले प्रजग कोरियामा आणविक अस्त्र विकासको जाँच ग¥यो र आफ्ना परमाणु अस्त्र सम्पन्न सामरिक बमवर्षकहरूलाई आपत्कालीन अलर्टमा राख्यो भने ठूलो जासुसी विमान भ्ऋ(ज्ञद्दज्ञ लाई १९६९ देखि परिचालन ग¥यो ।
सन् १९७६ मा जब पानमुन्जोम घटना भयो, यसले आफ्ना परमाणु अस्त्रसम्पन्न रणनीतिक बमवर्षकहरूलाई असैनिकीकृत क्षेत्रको नजिकै आकाशमा उडाइदियो, बारम्बार आणविक हमलाको धम्की दिँदै प्रजग कोरियालाई ब्ल्याकमेल गर्न खोज्यो । संरा अमेरिकाले १९८२ मा दक्षिण कोरियालाई ‘आणविक सुरक्षाको छाता’ प्रस्ताव गर्ने आफ्नो आधिकारिक नीति बनायो । त्यसलाई ‘विस्तारित डिटेरेन्स’ को अवधारणाको रूपमा व्याख्या ग¥यो, त्यस नीतिअनुसार प्रतिद्वन्द्वीलाई अमेरिकाको मुख्त्ूमिमाथिको आक्रमणजस्तै लिइने हुन्छ । यही नीतिअनुसार २००९ मा प्रजग कोरियामाथि आणविक आक्रमण गर्न आह्वान गरिएको थियो । यसरी यसले कोरियाली प्रायःद्वीपमा आकस्मिक मात्र होइन कुनै पनि सामान्य समयमा दक्षिण कोरियामा आफ्ना विशाल आणविक अस्त्रहरू ल्याउने र तैनाथ गर्ने बहाना खोज्यो । संरा अमेरिकाको यस कदमले आणविक खतराहरू अधिकतम बनाएको छ ।
संरा अमेरिका–दक्षिण कोरिया संयुक्त सैन्य अभ्यास, जून १९५४ मा कोडनेम फोकस लेन्सअन्तर्गत सुरु भएको थियो । लगभग सात दशक लगातार उलजी फोकस लेन्स, उल्जी फ्रीडम गार्डियन, उल्जी फ्रिडम शिल्ड, फोकस रेटिना, बोल्ट, टीम स्पिरिट, की रिजोल्भ, फोल इगल र फ्रीडम शिल्ड आदि विभिन्न कोडनामहरू राखी मञ्चन गरिएका छन् ।
अमेरिका–दक्षिण कोरिया संयुक्त सैन्य अभ्यास, जसले यसको आवृत्ति र सङ्ख्यामा विश्व कीर्तिमान बनाएको छ, वार्षिकरूपमा ४० पटकभन्दा बढी मञ्चन गरिन्छन् । अमेरिकी सेना, दक्षिण कोरियाली कठपुतली सेना, पिछलग्गू देशहरू, कठपुतली दक्षिण कोरियाली सार्वजनिक अङ्ग र व्यवसायका कर्मचारीहरू र अमेरिकी मुख्य भूमिबाट पनि विशेष बलहरूसहित तिनीहरूमा संलग्न सेनाको सङ्ख्या धेरै पहिले नै ५ लाख नाघेको थियो ।
ह्वाइट हाउसमा रहेका वर्तमान अमेरिकी सत्तारूढ सेनाहरूले दक्षिण कोरियाली कठपुतली शासनको नेतृत्वमा युन सुक येओल आएपछि प्रजग कोरियामाथि पूर्वनिर्धारित आणविक हमला गर्ने प्रयासलाई अझ खुलारूपमा पछ्याइरहेका छन् ।
संरा अमेरिकाको वर्तमान सत्तारूढ नेताहरूले प्रजग कोरियासित सम्बन्ध सुधार गर्ने नारा दिएर चुनाव जितेर आएका हुन् र पदभार ग्रहण गरेपछि ‘वार्ता पुनः सुरु गर्न’ र ‘कूटनीतिक संलग्नता’ लाई जोड दिएका थिए, तर लगत्तै प्रजग कोरियाविरुद्ध आफ्नो शत्रुतापूर्ण सैन्य प्रयासलाई जोड दिइरहेका छन् ।
दक्षिण कोरियामा विभिन्न हतियार र उपकरणहरूको व्यापक तैनाथीका बिच संरा अमेरिकाले तुरुन्तै आफ्नो रक्षा मन्त्रीलाई डिसेम्बर २०२१ मा ५३ औँ अमेरिका–दक्षिण कोरिया वार्षिक सुरक्षा सल्लाहकार बैठकको लागि दक्षिण कोरिया पठायो । त्यहाँ उनले नयाँ आणविक युद्ध परिदृश्यको लागि ‘रणनीति योजना दिशानिर्देशहरू’ दिई दक्षिण कोरियाली सेनालाई समेत युद्धको निम्ति तम्तयार रहन आदेश दिन भ्याए ।
कठपुतली देशद्रोेही युनले दक्षिण कोरियाली शासनलाई संरा अमेरिकी शासकहरूसामु पूर्णतया आत्मसमर्पण गरेपछि, विभिन्न कोडनामहरूअन्तर्गत लगातार युद्ध अभ्यासहरू दक्षिण कोरियाभरि भइरहेका छन् र त्यस्ता युद्ध पूर्वाभ्यासहरू उनीहरूको मात्रा, दायरामा झन् दुस्साहसी र लापरवाहपूर्ण हुँदै गइरहेका छन् ।
उलजी फ्रिडम शिल्ड संयुक्त सैन्य अभ्यासको अन्तिम चरणको चार वर्षपछि ठूलो मात्रामा युद्धाभ्यासको रूपमा पुनः सुरु भएको छ । यो अत्यन्त उत्तेजक र लापरवाहपूर्ण युद्ध परिदृश्य सिर्जना गर्न मञ्चन गरिएको छ । यसको मुख्य लक्ष्य कायसोङ हुँदै प्योङयाङतरि अगाडि बढ्नु हो ।
२०२२ मा अमेरिकाले दक्षिण कोरियाली कठपुतली सेनाहरूसँग मिलेर विभिन्न आणविक युद्ध अभ्यासहरू ग¥यो । यसमा रणनीतिक सम्पत्तिहरू समावेश भएको संयुक्त हवाई अभ्यास, नोभेम्बर २०१७ पछि पहिलोपटक आणविक अस्त्रवाहक समावेश गरिएको क्यारियर स्ट्राइक समूह संयुक्त अभ्यास र संयुक्त नौ सेना युद्धाभ्यासहरू हरेक दिन प्रजग कोरियाविरुद्ध तनाव फैलाउनमा केन्द्रित छ ।
यस वर्ष अमेरिकाले प्रजग कोरियाको सार्वभौमसत्ता र सुरक्षामा अनावश्यक अतिक्रमण गर्ने, चिन्ताजनक शत्रुतापूर्ण कार्यहरू पहिलेको भन्दा बढी दिइरहेको छ र उनीहरूको परिमाण र खतरा विस्फोटको स्थितिमा पुगेको छ जून अब सहन सकिँदैन ।
आणविक युद्ध भड्काउनको लागि अघिल्लो सैन्य कदमको रूपमा संरा अमेरिकाले कोरियाली प्रायःद्वीप र यसको वरपरको क्षेत्रमा अभूतपूर्व मात्रामा प्रजग कोरियाविरुद्ध विभिन्न प्रकारका जासुसी योजनाहरू सञ्चालन गरिरहेको छ ।
संरा अमेरिकाको त्यस्ता शैतानी चालहरूले कोरियाली प्रायःद्वीपमा सैन्य तनावलाई बढाइरहेको छ र उत्तरपूर्वी एसियामा पहिले नै आणविक युद्धको सङ्घारमा पु¥याएको छ र यस क्षेत्रलाई अत्यन्त अस्थिर स्थितिमा पु¥याएको छ ।
यदि ठूला शक्तिहरूको स्वार्थ मिसिएको महत्वपूर्ण भूराजनीतिक स्थितिमा रहेको कोरियाली प्रायःद्वीपमा युद्ध भयो भने यो द्रुतरूपमा विश्वयुद्ध र विश्वमा अभूतपूर्व थर्मोन्युक्लियर (आणविक) युद्धमा विस्तार हुनेछ । त्यस युद्धले कोरियाली प्रायःद्वीप र उत्तरपूर्वी एसिया र बाँकी विश्वमा शान्ति र सुरक्षाको लागि सबैभन्दा विनाशकारी र अपरिवर्तनीय परिणामहरू निम्त्याउनेछ ।
प्रजग कोरियाप्रतिको अमेरिकी अनैतिक र शत्रुतापूर्ण नीति तथा यसका लागि निरन्तर सैन्य धम्कीलाई जरैबाट हटाइएन भने प्रजग कोरियाले आफ्नो सार्वभौमसत्ता, मर्यादा र सुरक्षाको रक्षा गर्न र क्षेत्रीय शान्ति र स्थायित्वको रक्षाको लागि आफ्नो आत्मरक्षा क्षमतालाई सुदृढ पार्ने प्रयासलाई अझ तीव्र बनाउनेछ । एक सार्वभौम राज्यको रूपमा आत्मरक्षाको न्यायपूर्ण अधिकारको प्रयोग भविष्यमा पनि जारी रहनेछ ।
अनुवाद : प्रकाश
Leave a Reply