उद्देश्य प्राप्तिको लागि निरन्तर विद्यार्थीहरूले मेहनत जरुरी
- जेष्ठ १, २०८३
शान्तिपूर्ण तरिकाबाट पुँजीवादलाई समाजवादमा रूपान्तरण गर्न सक्छ भन्ने विचार संशोधनवाद हो । संशोधनवादीहरू पुँजीवादी चुनावमार्फत संसद्मा बहुमत ल्याएर राज्यसत्तामा विजय हासिल गर्न सकिन्छ भन्ने विचार राख्छन् । यो खोटो विचार हो । यो माक्र्सवादविरोधी विचार हो । सशस्त्र क्रान्तिबाट सर्वहारावर्गले राज्यसत्ता कब्जा गर्न सकिन्छ भन्ने विचार माक्र्स र एङ्गेल्सको हो । सर्वहारावर्गको हित छोडेर अस्थायी फाइदा या स्वार्थको लागि मुख्य मुख्य फाइदा या सवाल छोड्ने काम संशोधनवादी नीति हो । कम्युनिस्ट आन्दोलनमा बर्नस्टिनले सुरु गरेको संशोधनवाद अरू विभिन्न देश हुँदै नेपाल पनि छिरेको छ ।
आफूलाई कम्युनिस्ट भनिएका ठूला दलका नेताहरूले वर्गसङ्घर्षको बाटो छोडेका छन् । उनीहरू पुँजीवादी व्यवस्थाको सरकारमा रहेर समाजवादी व्यवस्थाअनुसार काम गर्न सक्ने बताउँछन् । उनीहरू वर्गसङ्घर्षको बाटो लिनेहरू कम्युनिस्ट होइन भन्छन् । वर्गसङ्घर्षको बाटो छोड्ने कम्युनिस्ट पार्टीले देशमा कस्तो समाजवाद ल्याउने हो ? ती नेताहरू जनताको अधिकार सबै प्राप्त भएको हुँदा अब कुनै सङ्घर्ष गर्न नपर्ने बताउँछन् । यही कारण नेपालको संविधानमा समाजवाद उन्मुख उल्लेख भए पनि अहिलेसम्म तद्अनुसार सरकारले कुनै पनि नीति तथा कार्यक्रम तय गरेको देखिँदैन । त्यो काम न माओवादी नेतृत्वको सरकारले ग¥यो न त एमालेको नेतृत्वमा बनेको सरकारले नै ग¥यो ।
नेपालका कम्युनिस्ट शासकहरूले सत्ता स्वार्थको लागि भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादको पृष्ठपोषण गरे । उनीहरूले नेपाल र नेपालीको अहितमा र भारत र अमेरिकाको हितमा काम गरे । समाजवादी क्रान्तिबारे जनतालाई सुसूचित गर्नुपर्ने, समाजवादी आन्दोलनको नेतृत्व गरेका दलका नेताहरू माक्र्स, लेनिन, माओ त्सेतुङ, स्तालिनको योगदानबारे जनतामाझ पु¥याएर सङ्गठित गर्नुपर्ने नेताहरू उनीहरूकै खोइरो खन्छन् र पुँजीवादी विचारको प्रचारप्रसार गर्छन् । के यो कम्युनिस्टविरोधी काम होइन ? कम्युनिस्ट पार्टीले कम्युनिस्टको सिद्धान्त र विचारको विरोध गर्नु के जनतामाथि विश्वासघात होइन ? यसकारण, नेपालको कम्युनिस्ट आन्दोलनलाई सही दिशा निर्देश गर्न देशमा सच्चा कम्युनिस्ट पार्टीहरूको जरुरत छ । सिद्धान्त र विचारको राजनीति गर्ने इमानदार, देशभक्त, देश र जनताप्रति समर्पित, बहुसङ्ख्यक जनताको प्रतिनिधित्व गर्ने दल र दलका नेताहरूको खाँचो छ । आफूलाई कम्युनिस्ट भनिने देशका सबै दलहरू नेमकिपाझैँ अघि बढेमा जनता छिट्टै सचेत र सङ्गठित हुनेछन् र आमूल परिवर्तनमा ठूलो टेवा पुग्नेछ ।
Leave a Reply