रुस–युक्रेनबिच युद्धबन्दी साटासाट
- जेष्ठ १, २०८३
अमेरिकी पत्रिका फरिन अफेयर्समा भर्खरै प्रकाशित एक लेख अनुसार विश्व पश्चिमोत्तर प्रणालीको युगमा प्रवेश गरिरहेको छ र चीन तथा अन्य देशहरू अगाडि बढेका छन् भने संरा अमेरिका स्थिर रहेको या तयार नभएको कुरा औंँल्याएको छ । चीनले पश्चिमोत्तर प्रणालीको आगमनको लागि तयारी गरिरहेको छ, जबकि संरा अमेरिकाले केही गरिरहेको छैन ।
अहिलेको विश्व कठिन परिस्थितिमा फसेको छ । अस्थिरता र विखण्डीकरण प्रमुख विशेषताहरू हुन्, जसलाई अन्तर्राष्ट्रिय मामिलाका पर्यवेक्षकहरूले विश्व परिस्थितिलाई परिभाषित गर्न प्रयोग गर्छन् । पछिल्ला केही दशकहरूमा, चीन दोस्रो ठूलो अर्थतन्त्रको साथै र विश्व मञ्चमा सधैं महत्वपूर्ण उपस्थिति देखाउँदै एक प्रमुख शक्तिको रूपमा पुनः उभिन आएको छ । धेरैले विश्वमा चीनको महत्वपूर्ण भूमिकाबारे चर्चा गर्न थालेका छन् ।
वर्तमान विश्व प्रणाली पश्चिमा सोचका आधारमा स्थापित र विकसित भएको थियो । शक्ति र प्रभावका हिसाबले युरोप र संरा अमेरिकाको सापेक्षिक गिरावटसँगै विश्व प्रणाली पहिलेको भन्दा भिन्न हुने निश्चित छ । विश्व बिस्तारै पश्चिमोत्तर प्रणालीतर्फ सर्दै गएको पृष्ठभूमिमा, संसारलाई नयाँ र तर्कसङ्गत प्रणाली आवश्यक छ ।
शान्तिपूर्ण विकास र कूटनीतिक सिद्धान्तहरूप्रति चीनको लामो समयदेखिको प्रतिबद्धताले यसले अन्तर्राष्ट्रिय विश्वसनीयता अभिवृद्धि गरेको छ र धेरै देशहरूले चीनलाई न्यायपूर्ण र व्यावहारिक अन्तर्राष्ट्रिय राजनीतिक र आर्थिक व्यवस्थाको प्रवद्र्धन गर्ने प्रमुख चालकको रूपमा हेर्छन् । यद्यपि, यो स्पष्ट छ कि पश्चिमलाई अल्छी भएर बस्न कठिन छ, र पश्चिमका सांस्कृतिक विशेषताहरूले पनि निर्धारण गर्दछ कि उनीहरूले अन्य देशहरूको शान्तिपूर्ण विकासको ‘पीडा’ सहन गर्न सक्दैनन् ।
संरा अमेरिकाले दुई विश्वयुद्धको माध्यमबाट आफ्नो सैन्यशक्ति र व्यापक राष्ट्रिय शक्तिलाई उल्लेखनीय रूपमा बढायो । विशेषगरी दोस्रो विश्वयुद्धको अन्त्यपछि, परम्परागत पश्चिमी शक्तिहरू युद्धले नष्ट वा कमजोर भएका थिए । परिणामस्वरूप अमेरिकी ‘एकध्रुवीय विश्व’ समाजवादी सोभियत सङ्घको द्रुत आर्थिक पुनःरुत्थान र उदयको सामना गर्दै छोटो अवधिको लागिरह्यो । संरा अमेरिकाले आफ्नो बलियो शक्ति र प्रभावमा उपयोग गर्दै, युरोप र अन्य विकासशील देशहरूलाई अनुदान दिएर पश्चिमी संसारलाई पुनर्निर्माण गर्ने प्रयास ग¥यो । उसका कदम वास्तविक अन्तर्राष्ट्रियतावादका लागि नभई दोस्रो विश्वयुद्धपछि आफ्नो प्रभुत्व कायम राख्न र सोभियत सङ्घका चुनौतीहरूको जवाफ दिनको लागि मात्र थिए ।
दोस्रो विश्वयुद्धको अन्त्यदेखि, विशेषगरी शीतयुद्धको अन्त्यपछि संरा अमेरिकाले राष्ट्रिय शक्तिमा आफ्नो पूर्ण लाभ कायम राख्न र सम्पूर्ण विश्वमा अमेरिकी प्रभुत्व स्थापित गर्न खोजिरहेकोे छ । त्यसलाई हासिल गर्नका लागि उसले आफ्ना सहयोगी र साझेदारहरूलाई सक्रियरूपमा भेला गर्नु महत्वपूर्ण माध्यम र विधि हो । सोभियत सङ्घको विघटनपछि पनि संरा अमेरिकाले त्यसलाई निरन्तरता दिएको छ । यसले ‘हामी’ र ‘उनीहरू’ बिचको भिन्नता देखाउन पश्चिमी मूल्य र राजनीतिक प्रणालीहरूलाई जोडदार रूपमा बढावा दिइरहेको छ ।
एकातिर, शान्तिपूर्ण विकास र जीत–जीत सहयोगलाई प्रवद्र्धन गर्ने उद्देश्यका चीनका केही पहल र प्रस्तावहरूलाई विरोध वा बेवास्ता गर्दै अमेरिकाले ‘चीन खतरा सिद्धान्त’ को प्रचार गर्छ । यसले पूर्वको उदय र पश्चिमको पतन प्रवृत्तिको सामनामा संरा अमेरिकाको रणनीतिक चिन्तालाई प्रतिबिम्बित गर्दछ । पहिलो यसको आधिपत्य स्थितिको चिन्ता हो र दोस्रो उसको अन्तर्राष्ट्रिय प्रणालीको नेतृत्व गर्ने चिन्ता हो ।
आफ्नो स्थापना कालदेखि जनवादी गणतन्त्र चीनले सधैंँ राष्ट्रहरूबिच समानता, विविधतामा सद्भाव, विश्व र अन्तर्राष्ट्रिय सम्बन्धहरूमा लोकतन्त्रीकरण तथा विधिको शासनको वकालत गरेको छ । अराजक संसारले कुनै पनि देशमा ल्याउन सक्ने चुनौतीहरू चीनलाई राम्ररी थाहा छ । आधुनिक समयदेखि नै कमजोर राष्ट्रिय शक्तिका कारण चीनलाई पश्चिमी शक्तिहरूले आक्रमण गर्दा राष्ट्र विलुप्त हुने खतरा पनि सामना गर्नुपरेको थियो । सङ्कटको बेला चिनियाँ जनताले बलियो राष्ट्रिय एकता र देशभक्ति प्रदर्शन गरेका थिए ।
जारी रुस–युक्रेन द्वन्द्वको मुद्दामा पनि चीन र अमेरिकाको अन्तर्राष्ट्रिय दृष्टिकोणको भिन्नता झल्किन्छ । संरा अमेरिकाको नेतृत्वमा रहेको नाटो शीतयुद्धको अन्त्यपछि विघटन भएन बरु रुसको रणनीतिक क्षेत्रलाई निरन्तर निचोड गर्दै पूर्वतिर धेरैपटक विस्तार भयो । संरा अमेरिकाको वाह्य कार्यहरूले यसको रणनीतिक सोचलाई प्रतिबिम्बित गर्दछ, जसले अमेरिकी प्रभुत्व र पश्चिमी सर्वोच्चतालाई प्राथमिकता दिन्छ । तथाकथित नियममा आधारित अन्तर्राष्ट्रिय प्रणालीले आफ्नो स्वार्थ कायम राख्न संरा अमेरिकाको नेतृत्वमा रहेको पश्चिमले आफूले बनाएका नियमहरूको सेटलाई जोड दिन्छ । त्यसो गरेर यसले पश्चिम विशेषगरी संरा अमेरिकाको दीर्घकालीन प्रभुत्व कायम राख्ने वा सुनिश्चित गर्ने र यसलाई अनुकूल हुने अन्तर्राष्ट्रिय व्यवस्थालाई वर्चस्व र आकार दिने लक्ष्य राख्दछ ।
चीनले रुस–युक्रेन द्वन्द्वमा युक्रेन र रुस दुवैको सार्वभौमसत्ता र हितलाई समर्थन गर्ने आवश्यकतालाई जोड दिन्छ । युक्रेनको सार्वभौमसत्ताको दाबीलाई समर्थन गर्दछ र रुसको सुरक्षा हित र मागहरू विचार गर्नुपर्ने आवश्यकतालाई पनि जोड दिन्छ । चीनले रुस–युक्रेन द्वन्द्वमा वास्तवमै वस्तुनिष्ठ अडान राख्दै संयुक्त राष्ट्र सङ्घको बडापत्र र अन्तर्राष्ट्रिय कानूनमा आधारित अन्तर्राष्ट्रिय प्रणालीलाई समर्थन गर्दै र पश्चिमी वर्चस्व र शक्ति राजनीतिको विरोध गर्दै आएको छ ।
(यो लेख चिनियाँ समाजशास्त्र प्रतिष्ठानको अन्तर्राष्ट्रिय रणनीति अध्ययन प्रतिष्ठानका रिसर्च फेलो सन सिहुईसँगको अन्तर्वार्ताको आधारमा ग्लोबल टाइम्स रिपोर्टरद्वारा सङ्कलित विचार हो ।)
– ग्लोबल टाइम्सबाट
अनुवादः प्रकाश
Leave a Reply