भर्खरै :

के प्रधानमन्त्री दाहाल सत्ताबाट बाहिरिँदै ?

काठमाडौँ, २५ असार । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधिसभामा आफ्नो सरकार छिट्टै सत्ताबाट हट्ने सङ्केत दिनुभयो । प्रम दाहालले भन्नुभयो, “मैले गर्न सक्ने कुरा १० दिन प्रधानमन्त्री भए पनि बल गर्छु, १५ दिन भए पनि सम्झेर गर्छु, मलाई प्रधानमन्त्री हुन्छु भन्ने छैन ।”
असार २० गते प्रमुख विपक्षी एमालेले प्रधानमन्त्रीको राजीनामा माग गरी अवरोध गरेको संसद् सोमबार सुफ् भएको थियो । प्रधानमन्त्री दाहालले आफूलाई प्रधानमन्त्री बनाउन प्रितम सिंह भन्ने व्यक्ति धेरै पटक दिल्ली पुग्नुभएको भनी असार १८ गते बताएपछि एमालेले संसद् अवरोध गरेको थियो ।
प्रधानमन्त्री दाहालको सचिवालयले असार २१ गते वक्तव्य प्रकाशित गरी एमालेको संसद् अवरोधको कारण मिटरब्याजीलाई कारबाही गर्न ल्याइएको विधेयकसमेत पारित नभएको आरोप लगायो ।
असार २२ गते पनि एमालेबाट अवरोध हुने भएकोले सूचना प्रकाशित गरी असार २४ गतेको लागि संसद्को बैठक सारियो ।
संसद् बस्नुअगावै प्रम दाहालको सचिवालयले एमालेलाई लगाएको आरोपकै कारण संसद् बैठक चल्ननसक्ने दाबी भएपछि सूचना जारी गरी बैठक असार २५ गते सारियो ।
असार २४ गते बिहान र असार २५ गते बिहान देउवा, ओली, दाहालबिच बैठक भएको थियो । असार २५ गतेको बैठकमा दाहालले प्रधानमन्त्रीले असार १८ गते आफूलाई भारतले बनाएको स्वीकार गरेको हुँदा एमालेले असार २० गतेको बैठकमा प्रधानमन्त्री दाहालको राजीनामा नभएसम्म संसद् चल्न नदिने दाबी गरेको थियो । यो दाबीलाई एमालेका ओलीले असार २४ गते संसद् भवन अगाडि पत्रकारहफ्सँग पनि दोहो¥याउनुभएको थियो । तर, असार २५ गते देउवा, ओली र दाहालबिच सहमति कसरी भयो ?
बैठकमा देउवाले ओलीलाई आश्वासनसमेत दिएको चर्चा छ । त्यो आश्वासन सत्ता परिवर्तन नै भएको चर्चा छ ।
संसद् भवन परिसरमा तीन दलको सहमतिबारे यसरी चर्चा चल्यो – एमालेको समर्थनमा नेकाका देउवा छिट्टै प्रधानमन्त्री हुने, अर्थ विधेयकमा रहेको पौने एक खर्ब फ्पैयाँ भागबन्डा हुने, समिति सभापति, संवैधानिक नियुक्ति, न्यायाधीश र राजदूतहफ् पनि भागबन्डा हुने आदि ।
तीन दलबिच सहमति गरिए पनि प्रचण्डले आफूलाई भारतले प्रधानमन्त्री बनाएको र मिटरब्याजीलाई कारबाही गर्न ल्याइएको विधेयकलाई एमालेले पारित गर्न अवरोध गरेको आरोप यथावत नै रहनेछ ।
यसरी राष्ट्रपति र अन्य प्रधानमन्त्री भएकाहफ्ले आ–आफूलाई कुन कुन विदेशीले पदमा पु¥याएको हो सार्वजनिक गर्नु जफ्री छ । नगरिए एक दिन खुल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *