भर्खरै :

डकर्मीहफ्बिच भ्रष्टाचारविरोधी आन्दोलनको स्मरण

डकर्मीहफ्बिच भ्रष्टाचारविरोधी आन्दोलनको स्मरण

भक्तपुर, २५ असार । नेपाल क्रान्तिकारी डकर्मी सङ्घ भक्तपुर जिल्ला समितिको आयोजनामा ऐतिहासिक भ्रष्टाचारविरोधी आन्दोलन ‘२०२५ साउन २’ र ‘२०२६ असार १९’ को दिनलाई स्मरण गरी डकर्मीहफ्बिच प्रवचन कार्यक्रम भयो ।
कार्यक्रममा नेमकिपाका वैकिल्पक केन्द्रीय सदस्य एवं नेपाल क्रान्तिकारी मजदुर सङ्घका केन्द्रीय अध्यक्ष राजेन्द्र चवालले भारतीय विस्तारवादको विरोध गर्दै भारतीयहफ्ले विशेषगरी नेपाललाई एउटा प्रान्तको फ्पमा कसरी कब्जा गर्ने भन्ने योजनाबद्ध तरिकाले लागिरहेको छ र त्यसको विरोध संसद् र सडकमा नेमकिपाले गरिरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “अहिले भारतीयहफ् विभिन्न फ्पमा नेपालको कुनाकाप्चामै फैलिएको प्रति सचेत हुनु जफ्री छ ।”
अध्यक्ष चवालले अगाडि भन्नुभयो, “बीस वर्षअगाडि नेपाल र भारत दुवै देशबाट तलब खानेहफ् नेपालमा २२ हजारभन्दा बढी छन् भन्ने कुरा बाहिर आएकै हो । त्यसको विरोध नेमकिपाले गर्दै आइरहेको छ । नेमकिपाको विरोध भारतीय जनतासँग होइन भारतीय एकाधिकार पुँजीसँग हो ।”
नेपाल क्रान्तिकारी मजदुर सङ्घ भक्तपुरका अध्यक्ष उपेन्द्र सुवालले भ्रष्टाचारीहफ्लाई जनकारबाही गरी उल्टो टोपी लगाई नगर परिक्रमा गराएको बताउनुभयो ।
भ्रष्टाचारीविफ्द्ध निरन्तर जनकारबाही चलाउनुपर्ने अहिलेको आवश्यकता भएको उहाँले उल्लेख गर्नुभयो ।
आयोजक समितिका अध्यक्ष विष्णुराम दुमफ्को सभापतित्वमा भएको उक्त कार्यक्रममा सूर्यनारायण र रमेश दुमफ्ले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *