जनतालाई उत्पादन बढाउन उत्साहित गरेमा देशको अर्थतन्त्र चलायमान हुने
- श्रावण १, २०८३
राजनीतिक कार्यकता गुण्डा हुँदैन र गुण्डा राजनैतिक कार्यकर्ता हुँदैन । हाम्रो देशका राजनीतिक पार्टीहरूले यति कुरालाई मनन गरिदिएको भए आज देशको राजनीति यति अव्यवस्थित, असभ्य र अराजनीतिक हुने थिएन । राजनीतिक पार्टीको उद्देश्य आफ्नो समाज र देशलाई सही मार्गनिर्देशन गर्दै अगाडि जाने हो । राजनीतिक कार्यकता गुण्डा हुँदैन र गुण्डा राजनैतिक कार्यकर्ता हुँदैन । हाम्रो देशका राजनीतिक पार्टीहरूले यति कुरालाई मनन गरिदिएको भए आज देशको राजनीति यति अव्यवस्थित, असभ्य र अराजनीतिक हुने थिएन । राजनीतिक पार्टीको उद्देश्य आफ्नो समाज र देशलाई सही मार्गनिर्देशन गर्दै अगाडि जाने हो । शुभ दिपावलीको अवसरमा कार्तिक १ गते भक्तपुरको नासमनामा एमालेले आयोजना गरेको चियापान कार्यक्रममा एमाले नेताहरूद्वारा व्यक्त विचाराहरू सुनें । पूर्वउद्योगमन्त्री भइसकेका एमालेका ‘नेता’ महेश बस्नेतले प्रदेशसभा र प्रतिनिधिसभाको चुनाव ४ करोड होइन ४ अर्ब खर्च गरेर भए पनि जित्ने घोषणा गर्नुभयो । महेश बस्नेतजस्ता मन्त्रीले जनतामाझ गरेको यो कबोलमा भक्तपुरका जनता सायद आश्चर्यमा होलान् । किनभने भक्तपुरका जनतालाई थाहा छ कि मन्त्री भएर पैसा कमाउने काम सजिलो होला, तर जनताको विश्वास जित्न त्यति सजिलो नहोला । मतदाताको मत इमानदारिताका साथ जित्न नसक्नेले पैसाले किन्न खोज्छन् भनी महेश बस्नेतको भनाइबाट प्रस्ट हुन्छ । निर्वाचन आयोगको आचारसंहिताभन्दा बढ्ता खर्च गर्न पाइँदैन भन्ने हेक्का पूर्वमन्त्री बस्नेतसँग हुनुपर्ने हो । यसैगरी अर्का एक वक्ताले नेपाल मजदुर किसान पार्टीलाई भक्तपुरमा मात्र बसेर भएन, मिलेर फैलिने बाटोमा जानुप¥यो भन्ने विचार राखे । फोहोर पानीमा नुहाएर कहिल्यै सफा हुन सकिन्न । एकताका एमाले अध्यक्ष केपी ओलीले ‘काँतरले मात्र माओवादीसँग एकता गर्छ’ भन्नुभएको थियो । तर आज माओवादी–केन्द्र र नयाँ शक्तिको पार्टीसँगको चुनावी गठबन्धनले ओली आफ्नो बोलीको मर्यादा राख्न सक्दैनन् भन्ने सावित हुँदैछ । हुन त गुण्डा दल पाल्ने नेताबाट नेपाली जनताले के नै आशा गर्न सक्छन् र ! सोही कार्यक्रममा अर्का वक्ताले नेमकिपाले विकास कार्य गरेन भनेर प्रतिक्रिया दिए । विकास तथा निर्माणको काम राजनीतिक पार्टीले होइन, सरकारले गर्छ । सरकारको नीति नियमले गर्छ । नेपाल मजदुर किसान पार्टीले निरन्तर सैद्धान्तिक र राजनीतिक सङ्घर्ष अगाडि बढाइराखेकोमा वक्ता अनभिज्ञ हुनु स्वाभाविक हो । ‘के पैसावालले राजनीति गर्न पाइँदैन ?’ भनी एक अर्का वक्ताले प्रश्न गरे । पैसा हुनेले राजनीति गर्न पाउँछ तर पैसाकै आडमा चलखेलले देशको राजनीतिलाई फोहोर बनाउन भने पाइँदैन । हाम्रो देशमा आफ्नो व्यक्तिगत पैसाले राजनीति गर्ने भन्दा पनि सरकारको ढुकुटी र एनजीओ÷आइएनजीओको पैसाले राजनीति गर्नेहरूको बाहुल्यता छ । पैसाले राजनीति गर्दैन, विचारले राजनीति गर्छ ।
– हसिना, भक्तपुर
Leave a Reply