रुस–युक्रेनबिच युद्धबन्दी साटासाट
- जेष्ठ १, २०८३
ग्लोबल टाइम्सको सम्पादकीय
भारतीय चलचित्र ‘भारतीयन्स’ शुक्रबारबाट प्रदर्शनमा आएको छ । केही भारतीय मिडिया आउटलेटहरू र राजनीतिज्ञहरूले जबरजस्तीपूर्ण र असामान्य तरिकाले चलचित्रको प्रशंसा गरेका छन् र यसलाई सबै भारतीयहरूले हेर्नैपर्ने देशभक्तिपूर्ण चलचित्र भनेका छन् । यसको सबैभन्दा ठूलो बिक्रीबिन्दु चलचित्रको कलात्मक स्तर वा कथानकको आकर्षणलाई होइन बरु अत्यधिक उत्तेजक चीनविरोधी भावनालाई बनाइएको छ । केही गम्भीर भारतीय सञ्चारमाध्यमहरूले यसमा थोरै छुटेका कुराहरू छन् भन्दै कला र प्रविधिको परिप्रेक्ष्यबाट चलचित्रको आलोचना गरे ।
चलचित्रको मुख्य कथानक ‘गुप्त अभियान’ मा चिनियाँ क्षेत्रमा घुसपैठ गर्ने छ जना युवा भारतीयहरूको वरिपरि घुम्छ । तर, संवाद र दृश्यहरूले गलवान उपत्यकाको द्वन्द्वको पृष्ठभूमिलाई जानाजानी महत्व दिएको देखिन्छ । चलचित्र निर्माण टोलीले गलवान उपत्यकामा भएको झडपमा सैनिकको हताहतिप्रति दुःख व्यक्त गर्दै भारतीय नागरिकहरूबिच एकताको लागि आह्वान गरेको छ ।
चलचित्र निर्माण कम्पनीले सिनेमा रिलिजअघि गलवान उपत्यकाको द्वन्द्वलाई बारम्बार हाइप र सनसनीपूर्ण बनाएको थियो । यो स्पष्ट छ कि यो अब एक सामान्य चलचित्र होइन, तर यो चीनविरोधी प्रचारको एक भाग हो ।
केही भारतीय सञ्चारमाध्यमले यसलाई ‘देशभक्तिपूर्ण चलचित्र’ भनेका छन् । यो गलत भाष्यलाई सच्याउनुपर्छ । यो कुनै पनि अर्थमा देशभक्तिको चलचित्र होइन बरु घृणालाई बढावा दिने सङ्कीर्ण राष्ट्रवादी चलचित्र हो । यो त्यस्तो चीज हो जुन कुनै पनि आधुनिक सभ्य देशले सहन सक्दैन र सिनेमा र टेलिभिजन कार्यका तल्लो रेखा पार गरेको छ । चीनलाई ‘खलनायक’ र ‘भारतको शत्रु’ भनेर चित्रण गरिएको छ । जसका कारण चलचित्र निर्माण टोली र भारतीय जनमतले गरेको प्रचारको अन्तिम प्रभाव भारतीय समाजमा वैचारिक विषाक्तता फैलाउनु हुनेछ । जति धेरै मानिसहरूले यसलाई हेर्छन्, प्रदूषणको दायरा फराकिलो हुनेछ ।
भारतमा यही नै यस्तो एक्लो घटना होइन । २०२० मा गलवान उपत्यका द्वन्द्वको लगत्तै, भारतमा केहीले घटनाको बारेमा चीनविरोधी अति नाटक उत्पादन गर्न थाले । त्यहाँ चलचित्र निर्देशकहरू यस वर्षभरि आफ्नो चलचित्रको योजना घोषणा गर्दै छन् । यस्ता चलचित्र बनाउनुको उद्देश्य हामीलाई थाहा छैन । यो नतिजा विचार नगरी ध्यानको खोजी हुनसक्छ, निर्देशक र टोलीको गलत व्याख्या र चलचित्रहरूमार्फत चीनप्रति खराब नियतको परिणाम वा तथाकथित ‘देशभक्ति’ बेच्न ‘चीनविरोधी’ भावनाको शोषण गर्ने तरिका हुनसक्छ । यद्यपि, एउटा कुरा निश्चित छः यो निश्चितरूपमा ‘प्रेमपूर्ण’ भारतको बारेमा होइन । यो चलचित्र सिनेमा कलाको अपमान र दुरूपयोग हो ।
यो कथानक ढाँटेको कुरामात्र होइन, हानिकारक सन्देश छ । यसले चीन–भारत सम्बन्धको पृष्ठभूमिलाई देखाउन खोज्छ । तर, द्विपक्षीय सम्बन्धको आधारभूत वास्तविकता र तथ्यहरूलाई पूर्णरूपमा बेवास्ता गर्दछ । यसले उत्प्रेरित गरेको चीनविरोधी भावना अन्ततः कुनै न कुनै रूपमा प्रकट हुनेछ । त्यसले गर्दा भारतका लागि तर्कहीन भावनाहरूको ‘बाँधित ताल’ निर्माण हुनेछ । यसले चीन–भारत सम्बन्धलाई मात्र असर गर्दैन तर भारतमा नै थप कडा प्रतिक्रिया निम्त्याउने छ । यो हल्का रूपमा लिनुपर्ने विषय होइन, यस्ता चलचित्र बहिष्कार गर्नुपर्छ ।
बलिउडमा बर्सेनि करिब २ हजार फिल्म बन्छन् । केही भारतीय चलचित्रहरूले प्रायः स्वदेशी र विदेशी बक्स अफिस र दर्शकहरूको सार्वजनिक प्रशंसा जितेका छन् । बलियो बलिउड स्वाद भएका चलचित्रहरूले पर्याप्त विदेशी प्रशंसाको आधार प्राप्त गरेका छन् । तर, हालैका वर्षहरूमा बलिउडले पनि भारतियन्स जस्ता कम गुणस्तर र विषाक्त फिल्महरू निर्माण गरेको छ । यी चलचित्रहरूले साझा विशेषताहरू साझा गर्दैनन् बरु तथ्यहरूको विकृति, कथानकको चरम बढाइचढाइ, चिनियाँ पात्रहरूलाई कमजोररूपमा प्रस्तुत गर्दा भारतीय पात्रहरूलाई अजेयको रूपमा चित्रण गर्ने र आध्यात्मिक विजयको हास्यास्पद धारणाहरूले भरिएका छन् । यस्ता चलचित्र बनाउन भारतलाई लाज लाग्नुपर्छ, भारतका सच्चा बुद्धिजीवीहरू यसप्रति चिन्तित र सचेत हुनुपर्छ ।
चीनले भारतसँग कुनै द्वेष वा शत्रुता राख्दैन । हामी दुई देशबिच मैत्रीपूर्ण सहअस्तित्वको आशा गर्दछौँ । यो सत्य हो कि चीन र भारतले सीमा विवाद भोगेका छन् र केही विवादहरू बाँकी छन् ।
यद्यपि, चीनले यी मुद्दाहरूको समाधान गर्न ठूलो संयम देखाएको छ र मतभेदहरू व्यवस्थापन गर्न निरन्तर काम गरिरहेको छ । चीनले आधिपत्यवादी शक्तिहरूले जस्तो शक्तिको माध्यमबाट बोल्ने उपाय गर्दैन । हामी आशा गर्छौँ कि भारतले चीनको सद्भावना र इमानदारीको पूर्ण कदर गर्नेछ र ‘चीनविरोधी अतिनाटकहरू’ भारतीय समाजमा विषाक्त प्रभाव बन्नेबारे सतर्क रहन सक्छ । यो चीन–भारत सम्बन्धका लागि पक्कै पनि लाभदायक छैन, न त भारतका लागि नै लाभदायक छ ।
जून १५, २०२३
अनुवाद : प्रकाश
Leave a Reply