नयाँ प्यालेस्टिनी नेताका लागि इजरायली जेलमा रहेका नेता बरघोटीको चर्चा
- बैशाख ११, २०८३
लिमा, २० जुलाई (टेलेसुर) । पेरूवासीहरूले राष्ट्रपति–निर्वाचित डिना बोलुआर्टे, दक्षिणपन्थी बहुल संसद् (राष्ट्रिय सभा) को विरोधमा प्रदर्शनी गर्दै राजधानी लिमाका सडक कब्जा गरेका छन् ।
तथाकथित ‘थर्ड टेकओभर अफ लिमा’ को भागको रूपमा पेरूमा बुधबारदेखि प्रदर्शन, सडक अवरूद्ध र झडपहरू भइरहेका छन् ।
राजधानी लिमामा प्रदर्शनकारीहरू राष्ट्रिय सभाको प्राङ्गण अगाडि पुगेका थिए । यसैबिच प्रहरीले प्रदर्शनकारीलाई तितरबितर पार्न अश्रुग्यास प्रहार ग¥यो । सहरको मुख्यमार्गहरूमध्ये एक एबन्के एभिन्यूमा ढुङ्गा हानाहान, लाठी र आतिशबाजीका साथ झडप भएको थियो ।
जननिर्वाचित राष्ट्रपति पेड्रो कास्टियोको अपदस्थीको विरोध र शीघ्र निर्वाचनको माग गर्दै पेरुभियाली जनताले आन्दोलन गर्दै आएका छन् ।
आन्दोलनका कारण देशभरका करिब सात राजमार्ग अवरूद्ध भएको सार्वजनिक यातायात, कार्गो तथा सामानको भूमि यातायात महाशाखा
(सुत्रन) ले जनाएको छ । अवरोधहरू लिमा (केन्द्र), लोरेटो (उत्तर), र ला लिबर्टाड (उत्तर), साथै अयाकुचो (दक्षिण) र ह्वान्कावेलिका (दक्षिण) सहरहरूमा ठूला प्रदर्शन भइरहेका छन् ।
मिडिया रिपोर्टहरूका अनुसार पेरूभियाली राष्ट्रिय पुलिसका सदस्यहरूले ह्वान्कावेलिका सहरमा सडक कब्जा गरिबसेका करिब ३,००० प्रदर्शनकारीहरूमाथि अश्रुग्यास र बम प्रहार गरेका थिए । प्रदर्शनकारी कार्यकर्ताहरूले ढुङ्गा हानेर वा प्रहरी बलले प्रयोग गरेको अश्रुग्यास बमलाई जवाफ फर्काएका थिए ।
जब केही कार्यकर्ताहरूले ह्वान्कावेलिकाको क्षेत्रीय प्रिफेक्चरको कार्यालयको ढोकामा आगो लगाए, झडप सुरु भएको थियो । पूर्वसांसद इन्दिरा हुइल्काले “पुलिसले ह्वान्कावेलिकाको स्क्वायरमा शान्तिपूर्ण प्रदर्शनमाथि आक्रमण गरेकोमा निन्दा गरे । त्यहाँ पेरूको झन्डा बोकेका महिला र पुरूषहरू थिए ।”
यस क्षेत्रलाई स्थायी जनपरिचालनअन्तर्गत उनीहरूले जनताको क्षेत्र घोषणा गरे । पसलहरूले आफ्नो काम ठप्प पारे र विश्वविद्यालय सहर पातुरपाम्पाको क्याम्पस बन्द रहेका छन् ।
यसैबिच, महान्यायाधिवक्ताको कार्यालयले हिंसालाई अस्वीकार गर्दै र नागरिकहरूलाई शान्त रहन आह्वान गरेको छ । “हिंसाले विरोध गर्ने अधिकारलाई मात्र अवैध बनाउँछ ।” संस्थाले ट्विटरमार्फत भन्यो ।
Leave a Reply