नयाँ प्यालेस्टिनी नेताका लागि इजरायली जेलमा रहेका नेता बरघोटीको चर्चा
- बैशाख ११, २०८३
भक्तपुर, ३ असोज । नेपालभाषा साहित्य तःमँुज्याको आयोजनामा नयाँ वर्ष नेपाल सम्बत् ११३८ को अवसरमा साँस्कृतिक ¥याली भयो । झण्डै ७० वटा विविध बाजा तथा साँस्कृतिक समूहको सहभागितामा भएको भव्य ¥यालीमा हजारौं जनताको सहभागिता थियो ।
¥यालीमा सहभागी अधिकांशहरुले सहभागीहरुले नेवारी मौलिक भेषभूषा लगाएका थिए ।
भक्तपुरको सूर्यमढीबाट शुरु भएको ¥याली नगर परिक्रमा गरी खौमामा पुगेर सभामा परिणत भएको थियो । खौमा रहेको नेपालभाषा आन्दोलनका आदि व्यक्तित्व मास्टर जगतसुन्दर मल्लको अर्धकद शालिकमा माल्यार्पण गरी उहाँको सम्मान गरिएको थियो ।
¥यालीमा सहभागी सबै समूह र टोलीका प्रतिनिधिहरुले मल्लको शालिकमा माल्यार्पण र पुष्पाञ्जली अर्पण गरेका थिए ।
सोही स्थानमा आयोजित कार्यक्रममा बोल्दै नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले नेपाली जनताका मौलिक भाषा र संस्कृतिको सम्बद्र्धन गर्न नेपाल सरकारले गम्भीरतापूर्वक पहलकदमी लिन नसकेको बताउनुभयो ।
सत्ता स्वार्थको लागि मात्र राजनीतिक गरेकाले शासक दलहरुले जनताको भाषा र संस्कृतिको विकासमा ध्यान दिन नसकेको उहाँको भनाई हो ।

उहाँले भारतको चाहनाअनुसार नेपालको संविधान संशोधन गर्न दुईतिहाई पु¥याउन वाम तथा प्रजातान्त्रिक गठबन्धनको नाटक मञ्चन भइरहेको प्रष्ट पार्नुभयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले कला संस्कृति र सभ्यताको संरक्षणमा नगरपालिकाले गर्दै आएका गतिविधिलाई जनताको साथमा अझ अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
नयाँ वर्षको अवसरमा आयोजित सभामा आयोजक नेपाल भाषा साहित्य तःमुँज्याका अध्यक्ष चन्द्रबहादुर उलक, लक्ष्मीनारायण दुवाल, बलराम सिंबञ्जार, राजकृष्ण गोरा लगायतका वक्ताहरुले बोल्नुभएको थियो ।
Leave a Reply