नयाँ प्यालेस्टिनी नेताका लागि इजरायली जेलमा रहेका नेता बरघोटीको चर्चा
- बैशाख ११, २०८३
ब्युनस आयर्स (टेलेसुर) । अर्नेस्टो ‘चे’ ग्वेभाराकी कान्छी बहिनी सेलिया ग्वेभारा डे ला सेर्नाको बुधबार अर्जेन्टिनाको ब्युनस आयर्समा ९३ वर्षको उमेरमा निधन भएको छ ।
सन् १९२९ मा जन्मिएकी सेलिया क्रान्तिकारी नेता चेभन्दा डेढ वर्ष कान्छी हुनुहुन्थ्यो ।
अमेरिकी कला र सौन्दर्य अनुसन्धान संस्थान ‘मारियो जे. बुशियाजो’, ब्यूनस आयर्स विश्वविद्यालयको वास्तुकलाको सङ्कायको एकेडेमिक स्पेसले संस्थाको मुख्य अनुसन्धानकर्ताको मृत्युको पुष्टि ग¥यो ।
“हाम्रो संस्थानका प्रमुख अन्वेषक र धेरै अनुसन्धान परियोजनाका निर्देशक हुनुहुने विकासोन्मुख देशका वास्तुविद् तथा विशेषज्ञ सेलिया ग्वेभाराको निधन भएकोमा हामी दुःखी छौँ,” संस्थानले सामाजिक सञ्जालमार्फत व्यक्त गरेको छ ।
सेलिया ग्वेभारा एक वास्तुकार र विकासशील देशहरूमा एक विशेषज्ञ हुनुहुन्थ्यो । संस्थाले “धेरै अनुसन्धान परियोजनाहरूको निर्देशक हुनुहुन्थ्यो, विशेष गरी न्द्यब् (ग्रेटर ब्यूनस आयर्स) को उत्तरी कोरिडोरमा, जसमा उनले वैज्ञानिक बैठकहरूमा धेरै प्रकाशनहरू र प्रस्तुतीकरणहरू गर्नुभयो ।”
बोलिभियाका पूर्व राष्ट्रपति ते मोरालेसले शोक सन्देश पठाउनुभयो । “हामी उहाँको परिवार र हाम्रा ल्याटिन अमेरिकी दाजुभाइ तथा दिदीबहिनीहरू, विशेषगरी अर्जेन्टिना र क्युबालीहरूप्रति हाम्रो ऐक्यबद्धता व्यक्त गर्दछौँ, जसले यस क्षतिमा शोक व्यक्त गर्दछन्,” उहाँले ट्वीट गर्नुभयो ।
ल्याटिन अमेरिकी र क्यारिबियन कन्टिनेन्टल नेटवर्क अफ सोलिडारिटी विथ क्युबा र जस्ट काजले पनि सेलियाका आफन्त र प्रियजनहरूलाई सन्देश पठायो ।
“ल्याटिन अमेरिकी र क्यारिबियन कन्टिनेन्टल नेटवर्क अफ सोलिडारिटी विथ क्युवा एन्ड जस्ट कजले वीर गुरिल्लाकी बहिनी सेलिया ग्वेभारा डे ला सेर्नाको शारीरिक प्रस्थानप्रति गहिरो दुःख व्यक्त गर्दछ । हामी उनको परिवार र प्रियजनहरूप्रति हार्दिक समवेदना पठाउँदछौँ ।”
वाम र मजदुर मोर्चा–एकताका लागि अर्जेन्टिनाका उपनेता वानिना बियासीले सेलियाको समर्पणमाथि प्रकाश पार्नुभयो । “एउटी एकेडेमियामा समर्पित, कम प्रोफाइल, र सधैँ जीवनको दाहिने पक्षमा, लडाकुहरूको पक्षमा रहेको महिला,” उहाँले ट्विटरमार्फत भन्नुभयो ।
सन् १९२९ मा जन्मिएकी सेलिया क्रान्तिकारी नेता चेभन्दा डेढ वर्ष कान्छी हुनुहुन्थ्यो । उहाँहरूले आफ्नो बाल्यकाल र युवावस्था नजिक बसेर बिताउनुभएको थियो ।
Leave a Reply