नयाँ प्यालेस्टिनी नेताका लागि इजरायली जेलमा रहेका नेता बरघोटीको चर्चा
- बैशाख ११, २०८३
चीनप्रति वाशिङ्टनको आर्थिक दृष्टिकोण ‘दुई–जोखिम’ वा ‘महत्वपूर्ण आपूर्ति शृङ्खलालाई विविधीकरण गर्ने’ बाट सरेको छ भने अचम्मको कुरा होइन । अमेरिकी बयानबाजीमा परिवर्तन कुनै नयाँ कुरा होइन, नयाँ बोतलमा पुरानो रक्सी मात्र हो ।
ह्वाइट हाउसका अधिकारीहरूको मनसाय अपरिवर्तित रहन्छ – चीनलाई नियन्त्रण गर्ने । यदि तिनीहरूले चीनसँगको व्यापार र आर्थिक सम्बन्धहरूलाई ‘जोखिमपूर्ण’ भनेर लेबल लगाउन जारी राखेनन् भने पनि तिनीहरूको कार्यले तिनीहरूको नियतलाई धोका दिन्छ । चीनसँग नियमित प्रविधि आदानप्रदानमा बाधा पु¥याउँछ र प्रमुख औद्योगिक र आपूर्ति श्रृङ्खलाहरूलाई विश्वको दोस्रो ठूलो अर्थतन्त्रबाट बाहिर धकेल्छ ।
कोभिड–१९ महामारी र युक्रेन सङ्कटको प्रकोपपछि विश्वव्यापी आपूर्ति श्रृङ्खलाहरूको लचिलोपनको बारेमा चिन्ताहरू जारी छन् । त्यहाँ उचित चिन्ताहरू भए तापनि, वाशिङटनले यो मानसिकतालाई सुरक्षा जोखिमहरू सामान्य बनाउन र चीनलाई यी तथाकथित जोखिमहरूसँग जोड्न प्रयोग गर्दछ ।
नयाँ राजनीतिक बयानबाजीले “घरेलु व्यापार र लगानीको वातावरणलाई ध्यानमा राखी चीनसँगको व्यापार स्वाभाविकरूपमा जोखिमपूर्ण छ भन्ने सङ्केत गर्दछ,” – पूर्व स्विडेनी प्रधानमन्त्री कार्ल बिल्ड्टले तर्क गरे । चिनियाँ अधिकारीहरूले उनीहरूले जोखिममुक्त र सम्बन्ध विच्छेदबिच कुनै अर्थपूर्ण भिन्नता देख्दैनन् भने यो उचित थियो ।
‘डि–रिस्किङ’ (जोखिम मुक्ति) अभियानले चीनविरुद्ध वाशिङटनको नियन्त्रण रणनीतिलाई पुनः प्याकेजिङ गर्ने कार्य गरेको छ । अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार ज्याक सुलिभानले भनेका छन् – संरा अमेरिकाले चीनबाट ‘दुई–जोखिम’ होइन ‘जोखिम हटाउन’ खोजिरहेको छ, उसको ‘सानो बारी र उच्च घेराबार’ रणनीतिले टेक्नोलोजी आदानप्रदानमा चीनलाई महत्वपूर्ण आपूर्ति शृङ्खलाबाट बाहिर राख्न खोज्दछ, चीनको औद्योगिक मूल्य शृङ्खलाहरूमा अगाडि बढ्नमा बाधा पु¥याउँछ र चीनको विकासलाई पछाडि धकेल्न सक्छ ।
संरा अमेरिकाको अन्तर्निहित आवेग सबैतिर आफ्नो सर्वाेच्चता कायम राख्ने इच्छामात्र हो किनभने संरा अमेरिका स्वयम्ले आफू चीनबाट अलग नहुने दाबी गरेको छ । तर, यसको सट्टा चीनको विकासलाई पछाडि धकेल्ने उसको प्रयासले गति लिएको छ ।
मे महिनाको प्रारम्भमा, अमेरिकी सिनेटको बहुमतका नेता चक शूमरले ‘चीन प्रतिस्पर्धा ऐन २.०’ नामक संसदीय योजना घोषणा गरे । जुन योजनाले देशमा लगानी र प्रविधिको प्रवाहलाई प्रतिबन्ध लगाएर चीनविरुद्धको ‘प्रतिस्पर्धा’ जित्ने प्रयास गर्दछ । जुन १२ का दिन अमेरिकी वाणिज्य विभागले उड्डयनसम्बन्धी क्षेत्रमा थप ३१ चिनियाँ संस्थाहरूलाई निर्यात नियन्त्रण सूचीमा राख्यो ।
हालको अमेरिकी प्रशासनले चीन र संरा अमेरिकाबिचको हाइ इन्ड सेमिकन्डक्टरहरूमा नयाँ र थप निर्यात नियन्त्रणहरू मात्र स्थापित गरेको छैन बरु आफ्ना सहयोगीहरूलाई पनि त्यसलाई पछ्याउन बाध्य पारेको छ ।
तथाकथित ‘समृद्धिको लागि इन्डो–प्यासिफिक इकोनोमिक फ्रेमवर्क’, ‘चिप ४ गठबन्धन’, र यूएस–ईयू ट्रेड एन्ड टेक्नोलोजी काउन्सिल जस्ता अमेरिकी नेतृत्वको गुटहरूमा, वाशिङटनले आपूर्ति श्रृङ्खला गठबन्धनको ‘समानान्तर प्रणाली’ स्थापना गरेको छ जसमा चीनलाई समावेश गरिएको छैन ।
अचम्मको कुरा होइन, वाशिङटनको ‘डि–रिस्किङ’ (जोखिम मुक्ति) रणनीतिले व्यापक चिन्ता जगाएको छ । स्कटिश–अमेरिकी इतिहासकार नियाल फग्र्युसनले लेखेका छन् कि युरोपेलीहरूको तीन वटा शङ्का छन् । पहिलो, तिनीहरू मुद्रास्फीति न्यूनीकरण ऐनलाई बाइडेनको ‘अमेरिका फर्स्ट’ एजेन्डाको संस्करणको रूपमा हेर्छन् । दोस्रो, उनीहरूलाई थाहा छ कि सुलिभाानको ‘उच्च घेरा बार’ नीतिले उनीहरूलाई कृत्रिम बुद्धिमत्ताको दौडबाट टाढा राख्छ । तेस्रो, उनीहरूले चीनको प्राविधिक नियन्त्रणको अमेरिकी नीतिको अप्रत्याशित परिणामहरूको बारेमा चिन्तित छन् ।
यसैबिच, अन्तर्राष्ट्रिय शान्तिका लागि कार्नेगी सहयोग संस्थाको रिपोर्टले चेतावनी दिएको छ कि “राष्ट्रिय हित र शक्तिको लागि आधारभूत अमेरिकी प्रविधिको आधार विश्वमा व्यापक फैलिएको टेक्नोलोजिकल वेबमा चीनसँग पूर्णरूपमा जोडिएको छ ।”
“यस वेबका धेरै प्रवृत्तिहरूलाई नयाँ ढाँचामा पुनः बुन्नु डरलाग्दो र खतरनाक हुनेछ,” प्रतिवेदनमा अगाडि भनिएको छ ।
‘डिकपलिङ’ देखि ‘डि–रिस्किङ’ वा ‘विविधीकरण’ सम्म, शब्दहरू जतिसुकै परिवर्तन भए तापनि चीनप्रतिको अमेरिकी दृष्टिकोण शीतयुद्धको मानसिकताद्वारा शासित रहेको र अपरिवर्तित रहेको पुष्टि हुन्छ ।
अमेरिकी ट्रेजरी सेक्रेटरी (अर्थमन्त्री) जेनेट येलेनले भर्खरै आफ्नो पेइचिङ भ्रमणमा भनिन् कि उनले चीनको चिन्ता सुनेको छ कि ‘डि–रिस्किङ’ (जोखिम मुक्ति) भनेको ‘डिकपलिङ’ (सम्बन्ध विच्छेद) हो, यो मुद्दालाई सम्बोधन गर्न ‘अत्यन्तै महत्वपूर्ण’ थियो ।
कुरो भन्दा कामले बढी बोल्छ । संरा अमेरिकाले चीनको चासो बुझेको छ कि छैन भन्ने स्पष्ट छैन । चीनसँगको सहयोग जारी राख्ने आफ्नो प्रतिबद्धता देखाउन वाशिङ्टनले चीनलाई नियन्त्रण गर्ने रोकथामको खराब इच्छालाई मौलिकरूपमा सम्बोधन गर्न ठोस कदम चाल्नुपर्छ ।
Leave a Reply