कैलालीमा सन्देशमूलक कार्यक्रम
- बैशाख ११, २०८३
भक्तपुर, ६ साउन । चाँगुनारायण नगरपालिका वडा नं. ५ ढुङ्गेपाटी (बेन्चो) मा शनिबार बिहान एक फर्निचर कारखानामा आगलागी भयो । स्थानीय प्रवीण दुवालले सञ्चालन गरिरहेको कारखानामा आगलागीबाट तयारी फर्निचरहरू र प्लाइउडको स्टक जल्दा करिब ६५ लाखको क्षति भएको बताइएको छ ।
आगोले ठुलो रुप लिएर ताप बढेपछि मात्र छिमेकीले चाल पाएर दमकल (अग्निनियन्त्रक टोली) लाई खबर गरेका थिए । भक्तपुरको वारुण यन्त्रको टोली, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको करिब २ घण्टाको प्रयासपछि मात्र आगो निभाउन सकिएको थियो । आगलागि भएको बेला कारखानामा कोही नभएकोले मानवीय क्षति भने भएको छैन । विद्युत् सर्ट भई आगलागी भएको अनुमान गरिएको छ ।
आगलागी के कति कारणले भएको हो र के कति क्षति भयो त्यसको अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
Leave a Reply